१९ साउन, हेटौँडा । भीमफेदी गाउँपालिकालाई प्रदेश सरकारले दिएको एक करोड रुपैयाँ जग्गा अभावका कारण खर्च हुन सकेन । पाँच शय्यासहितको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न प्रदेश सरकारले ०७५/०७६ मा भीमफेदीलाई ससर्त अनुदान एक करोड रुपैयाँ उपलब्ध गराएको समाचार आजको कान्तिपुरमा छ ।
‘पुरानो स्वास्थ्य केन्द्रको भवन पुरातात्त्विक विभागले भत्काउन दिएन, अन्यत्र जग्गा पाइएन, एक करोड रुपैयाँ फ्रिज भयो,’ गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने, ‘भीमफेदी बजारस्थित स्वास्थ्य केन्द्र रहेको स्थानमा पुराना भवनहरू छन्, ती भत्काएर त्यहाँ नयाँ भवन बनाउन सकिन्थ्यो तर पुरातत्त्व विभागले पुरानो भत्काउन रोक लगायो ।’ भीमफेदी बजारमा विसं १९६४ मा निर्मित पृथ्वीचन्द्र अस्पताल भवन छ । ०७२ मा भूकम्प जानुअघिसम्म उक्त भवनबाटै स्वास्थ्य सेवा प्रदान दिइँदै आएको थियो ।
भूकम्पले भवन चिराचिरा बनाएपछि भवनबाट सेवा बन्द गरिएको छ । भवन रहेकै स्थानमा वरिपरिका खाली जग्गामा ससाना टहराहरू बनाएरै भए पनि स्वास्थ्य केन्द्रले सेवा सुचारु राखेको छ । जीर्ण भवन भत्काएर अर्को बनाउन गाउँपालिकाले प्रक्रिया अगाडि बढाइसकेको थियो । तर पुरातत्त्वले गाउँपालिकालाई भवन भत्काउन रोक लगायो । ‘पुरातत्त्व विभागका कर्मचारी गाउँपालिकामै आएर पुरातात्विक भवन भएकाले नभत्काउन अनुरोध गरे,’ अध्यक्ष लामाले भने, ‘यो भवन नभत्काएसम्म अर्को बनाउने जग्गा भएन, प्रदेश सरकारले दिएको बजेट फ्रिज भयो ।’ पुनर्निर्माण प्राधिकरणले समेत उक्त भवन जोखिमयुक्त भएकाले तत्कालै भत्काउनुपर्ने गाउँपालिकालाई सुझाव दिएको थियो ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















