Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जग्गा अभावले भीमफेदीको एक करोड फ्रिज

Bhimfedi1-1564889953.jpg

१९ साउन, हेटौँडा । भीमफेदी गाउँपालिकालाई प्रदेश सरकारले दिएको एक करोड रुपैयाँ जग्गा अभावका कारण खर्च हुन सकेन । पाँच शय्यासहितको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न प्रदेश सरकारले ०७५/०७६ मा भीमफेदीलाई ससर्त अनुदान एक करोड रुपैयाँ उपलब्ध गराएको समाचार आजको कान्तिपुरमा छ । 
‘पुरानो स्वास्थ्य केन्द्रको भवन पुरातात्त्विक विभागले भत्काउन दिएन, अन्यत्र जग्गा पाइएन, एक करोड रुपैयाँ फ्रिज भयो,’ गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने, ‘भीमफेदी बजारस्थित स्वास्थ्य केन्द्र रहेको स्थानमा पुराना भवनहरू छन्, ती भत्काएर त्यहाँ नयाँ भवन बनाउन सकिन्थ्यो तर पुरातत्त्व विभागले पुरानो भत्काउन रोक लगायो ।’ भीमफेदी बजारमा विसं १९६४ मा निर्मित पृथ्वीचन्द्र अस्पताल भवन छ । ०७२ मा भूकम्प जानुअघिसम्म उक्त भवनबाटै स्वास्थ्य सेवा प्रदान दिइँदै आएको थियो ।
भूकम्पले भवन चिराचिरा बनाएपछि भवनबाट सेवा बन्द गरिएको छ । भवन रहेकै स्थानमा वरिपरिका खाली जग्गामा ससाना टहराहरू बनाएरै भए पनि स्वास्थ्य केन्द्रले सेवा सुचारु राखेको छ । जीर्ण भवन भत्काएर अर्को बनाउन गाउँपालिकाले प्रक्रिया अगाडि बढाइसकेको थियो । तर पुरातत्त्वले गाउँपालिकालाई भवन भत्काउन रोक लगायो । ‘पुरातत्त्व विभागका कर्मचारी गाउँपालिकामै आएर पुरातात्विक भवन भएकाले नभत्काउन अनुरोध गरे,’ अध्यक्ष लामाले भने, ‘यो भवन नभत्काएसम्म अर्को बनाउने जग्गा भएन, प्रदेश सरकारले दिएको बजेट फ्रिज भयो ।’ पुनर्निर्माण प्राधिकरणले समेत उक्त भवन जोखिमयुक्त भएकाले तत्कालै भत्काउनुपर्ने गाउँपालिकालाई सुझाव दिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार