Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सहकारी बैंक हेटौँडामा २८३ सहकारी आवद्ध

Sahakari-Bank-1564930387.jpg

१९ साउन, हेटौडा । राष्ट्रिय सहकारी बैंक स्थापनाको अवसरमा आइतबार हेटौडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 
राष्ट्रिय सहकारी बैकले २०६१ साल साउन १९ गतेबाट बैकिङ सेवा शुरु गरेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्यालले सहकारीका लागि विद्यमान कानून अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि विभिन्न सहभागीहरुले सुझाव प्रस्तुत गरेका थिए । 

राष्ट्रिय सहकारी बैंक हेटौडा शाखाका समन्वय उपसमितिका संयोजक नारायणप्रसाद देवकोटाको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य बद्रीप्रसाद लम्साल, केन्द्रीय लेखा समितिका सदस्य तारा गुरुङ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्तान, राष्ट्रिय सहकारी बैंक हेटौडाका संचालक सदस्य राजु गौतम, हेटौडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधि, बैंकका कर्मचारी र संचाकर्मीहरुको सहभागिता रहेको थियो ।

देशभर ४४ शाखा रहेको राष्ट्रिय सहकारी बैक हेटौैडा शाखा स्थापना भएको ८ वर्ष पूरा भै ९ वर्षमा प्रवेश गरेको छ । हाल बैकमा २ सय ८३ वटा सहकारी संस्थाहरु आवद्ध रहेका छन । बैंकले गत आव ०७५/०७६ मा शेयर पूँजी २ करोड ७१ लाख र निक्षेपमा ६८ करोड ३१ लाख र ऋण लगानीमा ५५ करोड कारोवार गर्न सफल भएको वरिष्ट सहायक अप्सरा देवकोटाले बताईन । संस्थाले आगामी दिनमा थप सहकारी संस्थाहरुलाई बैंकमा आवद्ध गराउने योजना समेत सार्वजनिक गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार