Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सहकारी बैंक हेटौँडामा २८३ सहकारी आवद्ध

Sahakari-Bank-1564930387.jpg

१९ साउन, हेटौडा । राष्ट्रिय सहकारी बैंक स्थापनाको अवसरमा आइतबार हेटौडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 
राष्ट्रिय सहकारी बैकले २०६१ साल साउन १९ गतेबाट बैकिङ सेवा शुरु गरेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्यालले सहकारीका लागि विद्यमान कानून अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि विभिन्न सहभागीहरुले सुझाव प्रस्तुत गरेका थिए । 

राष्ट्रिय सहकारी बैंक हेटौडा शाखाका समन्वय उपसमितिका संयोजक नारायणप्रसाद देवकोटाको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य बद्रीप्रसाद लम्साल, केन्द्रीय लेखा समितिका सदस्य तारा गुरुङ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्तान, राष्ट्रिय सहकारी बैंक हेटौडाका संचालक सदस्य राजु गौतम, हेटौडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधि, बैंकका कर्मचारी र संचाकर्मीहरुको सहभागिता रहेको थियो ।

देशभर ४४ शाखा रहेको राष्ट्रिय सहकारी बैक हेटौैडा शाखा स्थापना भएको ८ वर्ष पूरा भै ९ वर्षमा प्रवेश गरेको छ । हाल बैकमा २ सय ८३ वटा सहकारी संस्थाहरु आवद्ध रहेका छन । बैंकले गत आव ०७५/०७६ मा शेयर पूँजी २ करोड ७१ लाख र निक्षेपमा ६८ करोड ३१ लाख र ऋण लगानीमा ५५ करोड कारोवार गर्न सफल भएको वरिष्ट सहायक अप्सरा देवकोटाले बताईन । संस्थाले आगामी दिनमा थप सहकारी संस्थाहरुलाई बैंकमा आवद्ध गराउने योजना समेत सार्वजनिक गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार