सुनिल शिवाकोटी
२८ साउन, हेटौँडा । श्याम कुमार मानन्धर,खुवा पारखीहरुका लागि यो नाम नयाँ नहुन सक्छ । विगत २० बर्ष देखि हेटौँडा ६ चुच्चेखोलामा खुवा बेच्दै आएका एक सफल खुवा व्यवसायी हुन मानन्धर।
प्रदेश ३ को राजधानी हेटौँडा बजारबाट ८ किलोमिटरको दुरी रहेको चुच्चेखोला । हेटौंडा उपमहानगरपालिका ६ र १७ नम्बर वडाको सिमानामा पर्ने चुच्चेखोला हेटौंडाबजारबाट कान्तिलोकपथ हुदै पुग्न सकिन्छ। चुच्चे खोला अहिले खुवा पारखीहरुको आर्कषणको केन्द्र बन्दै गएको छ।
पूर्वपपश्चिम राजमार्गको सप्तरीको बरमजीयामा पाइने बाजेको पेडा जस्तै चर्चीत छ यहाँको खुवा । हरेक दिन बिहान देखि बेलुकैसम्म आगो नै बालेर सफा र शुद्ध तरिकाले खुवा बनाएको प्रष्ट देख्न सकिन्छ ।
राजपथको उत्तरपट्टि रहेको छ मानन्धरले संचालन गरेको कृष्ण कन्हैया खुवा भण्डार। उक्त स्थानमा लहरै रहेका झण्डै एक दर्जन भन्दा बढी खुवा पसलहरु भएतापनि उनको भण्डारमा ग्राहकहरुको बाक्लो भिड लाग्ने गरेको देख्न सकिन्छ ।
२०५६ साल तिरबाट खुवाबनाउन सुरु गरेका मानन्धरले अहिले खुवा बेचेर फुर्सद पाउदैनन्। दैनिक १५० लिटर दुध खपत गरेर २० किलो भन्दा बढी खुवा बनाउने गरेको मानन्धरले बताएका छन्।
स्थानिय कृषक तथा डेरीबाट दुध किनेर खुवा बनाउने गरेको बताउदै मानन्धरले खुवाको प्रचार हुँदै जाँदा अहिले पसलको खुवा हेटौंडामा मात्रै नभई पोखरा विरगञ्ज, चितवन, जनकपुर काठमाडौसम्म पुग्ने गरेको बताउछन मानन्धर। विसं २०५६ सालबाट खुवा बेच्दै आएका मानन्धर खुवाकै व्यापारबाट अहिले मासिक ५० हजार आम्दानी गर्दछन।
प्रति किलो ५ सय पर्ने खुवा सबैैैलेेे देख्ने गरि बनाइन्छ जसको मीठो बासनाले गर्दा होला लोकपथ भएर यात्रा गर्ने होस या गर्मी छल्न आउने भिआपी,मन्त्री वा सर्वासाधरण जो कोहि पनि खुवाको मीठो बास्नालाई स्वादमा परिणत गरेर जाने गर्दछन ।
चुच्चेखोलाको खुवाको चर्चा धेरै सन्ने गरेको तर आज कान्तिलोकपथ भएर यात्रा गर्ने क्रममा खुवा चाख्ने मौका मिल्यो, मानन्धरको पसलमा खुवा खादै गरेका रौतहट फतुवा विजयपुर नगरपालिका १० बस्ने लुटावन चौधरीले बताए।
चौधरीले आफु तराईकोे बसिन्दा भएपनि खुवा चाख्ने मौका मिलेको र यहाँको खुवाका स्वाद निकै स्वादिष्ट भएको प्रतिक्रिया दिए ।
खुवा घोटदै मानन्धरले दुधलाई ३ चरणमा फरक–फरक चुल्होमा तताएपछि चौथो चरणमा मात्रै खुवा तयार हुने र खुवा तयार गर्न ३० मिनेट देखि ४५ मिनेट लाग्ने बताए । यस पेशाबाट आफुले घर व्यबहार चलाएको र जग्गा पनि किनेको बताउदै मानन्धरले आफु यस व्यवसायबाट सन्तुष्ट गरेको बताए । मानन्धरले यस व्यवसायलाई फराकिलो बनाएका छन।उनले अहिले खुवा र दुधबाट बन्ने मिठाई व्यापार समेत सुरु गरेका छन।
उनको २० बर्ष देखीको पेशा र पेशा प्रतिको मेहनत र लगावले मानन्धर अहिले जिल्लाकै सफल खुवा व्यवसायीको नाम कमाउन सफल भएका छन् ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















