Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

२० बर्षदेखि चुच्चेखोलामा खुवा बेच्दै मानन्धर

IMG_20190813_070849-1565659537.jpg

सुनिल शिवाकोटी

२८ साउन, हेटौँडा । श्याम कुमार मानन्धर,खुवा पारखीहरुका लागि यो नाम नयाँ नहुन सक्छ । विगत २० बर्ष देखि हेटौँडा ६ चुच्चेखोलामा खुवा बेच्दै आएका एक सफल खुवा व्यवसायी हुन मानन्धर।  

प्रदेश ३ को राजधानी हेटौँडा बजारबाट ८ किलोमिटरको दुरी रहेको  चुच्चेखोला । हेटौंडा उपमहानगरपालिका ६ र १७ नम्बर वडाको सिमानामा पर्ने चुच्चेखोला हेटौंडाबजारबाट कान्तिलोकपथ हुदै पुग्न सकिन्छ। चुच्चे खोला अहिले खुवा पारखीहरुको आर्कषणको केन्द्र बन्दै गएको छ।

पूर्वपपश्चिम राजमार्गको सप्तरीको बरमजीयामा पाइने बाजेको पेडा जस्तै चर्चीत छ यहाँको खुवा । हरेक दिन बिहान देखि बेलुकैसम्म आगो नै बालेर सफा र शुद्ध तरिकाले खुवा बनाएको प्रष्ट देख्न सकिन्छ । 

 राजपथको उत्तरपट्टि रहेको छ मानन्धरले संचालन गरेको कृष्ण कन्हैया खुवा भण्डार। उक्त स्थानमा लहरै रहेका झण्डै एक दर्जन भन्दा बढी खुवा पसलहरु भएतापनि  उनको भण्डारमा ग्राहकहरुको बाक्लो भिड लाग्ने गरेको देख्न सकिन्छ । 

२०५६ साल तिरबाट खुवाबनाउन सुरु गरेका मानन्धरले अहिले खुवा बेचेर फुर्सद पाउदैनन्। दैनिक १५० लिटर दुध खपत गरेर २० किलो भन्दा बढी खुवा बनाउने गरेको मानन्धरले बताएका छन्।  

 स्थानिय कृषक तथा डेरीबाट दुध किनेर खुवा बनाउने गरेको बताउदै मानन्धरले खुवाको प्रचार हुँदै जाँदा अहिले पसलको खुवा हेटौंडामा मात्रै नभई पोखरा विरगञ्ज, चितवन, जनकपुर काठमाडौसम्म पुग्ने गरेको बताउछन मानन्धर। विसं २०५६ सालबाट खुवा बेच्दै आएका मानन्धर खुवाकै व्यापारबाट अहिले मासिक ५० हजार आम्दानी गर्दछन। 

प्रति किलो ५ सय पर्ने खुवा सबैैैलेेे देख्ने गरि बनाइन्छ जसको मीठो बासनाले गर्दा होला लोकपथ भएर यात्रा गर्ने होस या गर्मी छल्न आउने भिआपी,मन्त्री वा सर्वासाधरण जो कोहि पनि खुवाको मीठो बास्नालाई स्वादमा परिणत गरेर जाने गर्दछन ।

चुच्चेखोलाको खुवाको चर्चा धेरै सन्ने गरेको तर आज कान्तिलोकपथ भएर यात्रा गर्ने क्रममा खुवा चाख्ने मौका मिल्यो, मानन्धरको पसलमा खुवा खादै गरेका रौतहट फतुवा विजयपुर नगरपालिका १० बस्ने लुटावन चौधरीले बताए।

चौधरीले आफु तराईकोे बसिन्दा भएपनि खुवा चाख्ने मौका मिलेको र यहाँको खुवाका स्वाद निकै स्वादिष्ट भएको प्रतिक्रिया दिए ।  

खुवा घोटदै मानन्धरले दुधलाई ३ चरणमा फरक–फरक चुल्होमा तताएपछि चौथो चरणमा मात्रै खुवा तयार हुने र खुवा तयार गर्न ३० मिनेट देखि ४५ मिनेट लाग्ने बताए ।  यस पेशाबाट आफुले घर व्यबहार चलाएको र जग्गा पनि किनेको बताउदै मानन्धरले आफु यस व्यवसायबाट सन्तुष्ट गरेको बताए । मानन्धरले यस व्यवसायलाई फराकिलो बनाएका छन।उनले  अहिले खुवा र दुधबाट बन्ने मिठाई व्यापार समेत सुरु गरेका छन।

उनको २० बर्ष देखीको पेशा र पेशा प्रतिको मेहनत र लगावले मानन्धर अहिले जिल्लाकै सफल खुवा व्यवसायीको नाम कमाउन सफल भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार