Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

वैदेशिक अनुदानमा सरकारलाई धक्का

mof-1565748353.jpg

२९ साउन, हेटौँडा । गएको आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५र७६ मा लक्ष्य अनुसार वैदेशिक अनुदान जुटाउन सरकार असफल भएको छ ।
गएको आर्थिक वर्षको बजेटमा सरकारले  ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ वैदेशिक अनुदान ल्याउने लक्ष्य राखेको थियो । तर गत वर्ष जम्मा ३३ अर्ब ४३ करोड रुपैयाँ अनुदान सहायता आएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै ऋण २ खर्ब २ अर्ब ५३ करोड रुपैयाँ वैदेशिक ऋण ल्याउने लक्ष्य राखेको सरकारले १ खर्ब ४ अर्ब ८३ करोड रुपैयाँ ऋण ल्याएको छ ।  यो रकम आर्थिक वर्ष २०७४/७५ को भन्दा ८ दशमलव १ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७४/७५ मा सरकारले अनुदान र ऋण गरेर १ खर्ब ५० अर्ब ४९ करोड रुपैयाँ ल्याएको थियो । 
अर्थ मन्त्रालयले गएको आर्थिक वर्षमा ७ दशमलव शून्य ५ प्रतिशत आर्थिक वृृद्धिदर हासिल भएको जनाएको छ । कृषि उत्पादन बढेको, बजेट खर्च बृद्धि भएको र विकास निर्माणले तीव्र रुप लिएकाले आर्थिक वृद्धिदर बढ्दै गएको मन्त्रालयले जनाएको छ ।
पछिल्ला ३  वटा  आर्थिक वर्षमा सरकारले लगातार ६ प्रतिशत भन्दा धेरैको आर्थिक वृद्धिदर हासिल गर्दै गएको छ । २०७३/७४ को आर्थिक वृद्धिदर ७ दशमलव ७४ प्रतिशत रहेको  थियो भने २०७४/७५ को आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत थियो । २०७५/७६ मा पनि ७ दशमलव शून्य ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रारम्भिक अनुमान गरिएको अर्थ मन्त्रालयले गरेको छ । (साभारः उज्यालो)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार