Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

हिमचुली सहकारीको साधारणसभा सम्पन्न

Sahakari-1566024724.jpg

३२ साउन, हेटौंडा । हेटौडा–१६ चिसापानीमा रहेको हिमचुली कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष ठाकुरदत्त खतिवडाले संस्थागत प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक नविनराज दाहालले आव ०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा ज्येष्ठ शेयर सदस्य भक्तकुमारी धिताल, हरीप्रसाद बास्तोला र असली बचतकर्ता चेतकुमारी तिमल्सिनालाई सम्मान गरिएको थियो । हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष ठाकुरदत्त खतिवडाको अध्यक्षतामा साधारणसभा भएको थियो । 
साधारणसभामा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य कृष्णबहादुर राई, चिसापानी बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटा, जनप्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ र्चालागाई,चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाका संचालक सदस्य भीमप्रसाद पुडासैनी, संस्थाका सचिव ठाकुरप्रसाद नेपाल, प्रकाशमान सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
१ सय १७ जना शेयर सदस्य रहेको संस्थाले आव ०७५/०७६ मा ३१ लाखको कारोवार गरेको संस्थाले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपराष्ट्रपति र इजरायली राजदूतबीच भेटवार्ता
vet_N5Vvq6UnNw-1778894163.jpg

२ जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासलबीच भेटवार्ता...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1778893337.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र...

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg