Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हिमचुली सहकारीको साधारणसभा सम्पन्न

Sahakari-1566024724.jpg

३२ साउन, हेटौंडा । हेटौडा–१६ चिसापानीमा रहेको हिमचुली कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष ठाकुरदत्त खतिवडाले संस्थागत प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक नविनराज दाहालले आव ०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा ज्येष्ठ शेयर सदस्य भक्तकुमारी धिताल, हरीप्रसाद बास्तोला र असली बचतकर्ता चेतकुमारी तिमल्सिनालाई सम्मान गरिएको थियो । हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष ठाकुरदत्त खतिवडाको अध्यक्षतामा साधारणसभा भएको थियो । 
साधारणसभामा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य कृष्णबहादुर राई, चिसापानी बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटा, जनप्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ र्चालागाई,चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाका संचालक सदस्य भीमप्रसाद पुडासैनी, संस्थाका सचिव ठाकुरप्रसाद नेपाल, प्रकाशमान सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
१ सय १७ जना शेयर सदस्य रहेको संस्थाले आव ०७५/०७६ मा ३१ लाखको कारोवार गरेको संस्थाले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार