Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

क्रसर सञ्चालनको माग गर्दै ज्ञापनपत्र

IMG_20190828_194249-1567000901.jpg

११भदौ, हेटौंडा।हेटौंडा उपमहानगरपालिका भित्रका क्रसर तथा बालुवा उद्योगी व्यवसायीले उद्योग सञ्चालनको लागि हेटौंडा उपमहानगरपालिका मा ज्ञापनपत्र बुझाएका छन् । 

क्रसर तथा बालुवा उद्योगीहरुले उपमहानगरपालिका मार्फत प्रदेश तीनकोे आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, जिल्ला समन्वय समति मकवानपुर र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् । 

 उद्योगीहरुले ७ बुदेँ ज्ञापनपत्र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई पेश गरेका हुन् । ज्ञापनपत्रमा प्रदेश सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । प्रदेश सरकारले प्रदेश तीन भित्र रहेका सबै क्रसर उद्योगहरु बन्द गराउन नसकेको र मकवानपुर जिल्लाका मात्रै क्रसर उद्योगहरु बन्द गराएको व्यवसायीहरुले आरोप समेत लगाएका छन् । प्रदेशका अन्य जिल्लामा निर्वाद रुपमा क्रसर उद्योगहरु सञ्चालनमा छन्, ज्ञापनपत्रमा उल्लेख छ, प्रदेश सरकारले मकवानपुर जिल्लालाई मात्र किन अन्याय ग¥यो । १३ वटै जिल्ला बरावरी हैनन् र ?।’ 

उपमहानगरपालिका क्षेत्रमा रहेका २ दर्जन क्रसर उद्योगले जिल्लाका १ हजार भन्दा बढीलाई रोजगार दिएको क्रसर उद्योगलाई राज्यले उपेक्षा गरेको व्यवसायीहरुको गुनासो रहेको छ । प्रदेश सरकार १५ करोड  र केन्द्र सरकारलाई २० करोड भन्दा बढी रकम राजश्व बुझाउने क्रसर उद्योगहरुलाई सरकारले ध्यान नदिएको ज्ञापनपत्रमा उल्लेख छ । श्रावण महिनामा सरकारले बनाएको नियम मान्दै उद्योग बन्द गरिएको र भाद्र महिनामा खोलामा पस्न नपाएपनि उद्योगमा रहेको स्टक भएको ग्राभल,प्रशोधन गरी उद्योग सञ्चालन गर्न पाउनुपर्नेए माग व्यवसायीहरुले राखेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार