Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बचत कर्ताको निक्षेपमा खेलवाड गर्न पाइन्नः अर्थमन्त्रि खतिवडा

yubraj-khatiwada-1567042593.png

१२ भदौ, हेटौंडा । अर्थमन्त्रि युवराज खतिवडाले बचत कर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंकहरुलाई सचेत गराएका छन् ।
बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचत कर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न सचेत गराएका हुन् । 
अर्थमन्त्री खतिवडाले राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबै बाणिज्य बैंकको तुलनामा कम रहेको प्रति अचम्म मान्दै यसलाई निक्षेप कर्ता माथिको खेलबाड भएको बताए । बैकहरुमा आउने तरलताको संकट पनि बचत कर्ताको निक्षेप माथिको अन्यायले गर्दा आउने भएकोले आधार दर बढाएर न्याय गर्न निर्देशन दिए ।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकिंग कार्यक्रमहरु संचालन गर्दा समय समयमा मध्यकालीन योजना ल्याएर परिमार्जन गर्न सुझाव पनि दिए । बैंकले गर्ने काम कारबाही बारे संसदमा प्रश्न उठ्दा अर्थमन्त्रीले जवाफ दिनु पर्ने भन्दै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वयत्ततालाई जिम्मेवारी पुर्वक निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा अर्थ मन्त्रि खतिवडाले प्रदेश १ मा २ वटा प्रदेश २ मा ५ वटा प्रदेश ३ मा २ वटा गण्डकी प्रदेशमा ४ वटा र प्रदेश ५ मा १ वटा राष्ट्रिय बाणिज्य बैंकका शाखा हरुको एकैपटक उद्घाटन गरेका थिए । शाखा विस्तारसँगै राष्ट्रिय बाणिज्य बैंक मुलुकका सबै ७७ जिल्लामा पुग्ने पहिलो बैंक बनेको छ । फोटोः गुगल
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार