१४ भदौ, हेटौँडा । हेटौँडा-५ मा रहेको सखित्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः बालकृष्ण शर्मा घिमिरे चयन भएका छन् ।
संस्थाको शनिबार सम्पन्न नवौ बार्षिक साधारण सभाले घिमिरेको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पुरुषोतम पौडेल, सचिवमा लिलानाथ ढुंगेल, कोषाध्यक्षमा सन्दिप सापकोटा र सदस्यहरु दुर्गा सञ्जेल, निशा मानन्धर, अर्जुन देवकोटा, सुनिता ढुंगेल, मुनालराज न्यौपाने चयन भएका छन् । त्यसैगरी, लेखा समिति संयोजकमा गोविन्द पोखरेल, सदस्यहरुमा रामु कँडेल र जानकी शर्मा चयन भएका छन् ।
हेटौँडा वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष बालकृष्ण शर्मा घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष घिमिरेले बार्षिक प्रतिवेदन, सचिव लिलानाथ ढुंगेलले प्रगति र लेखा समिति प्रतिवेदन र ऋण समिति संयोजक गोविन्द पोखरेलले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सल्लाहकार देवीराम लामा, उपाध्यक्ष पुरुषोतम पौडेल, पूर्व उपाध्यक्ष विष्णुहरी पण्डित, हेटौँडा क्याम्पसका प्रमुख देबचन्द्र मानन्धर, सदस्य दुर्गा सञ्जेल, शेयर सदस्यहरु दाशरथी उपाध्याय, रामबाबु भण्डारी, उत्तम अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए । ४ सय ६५ शेयर सदस्य रहेको संस्थाले गत आर्थिक बर्षमा २ करोड ७६ लाख ५५ हजार २ सय ४० रुपैँया कारोबार गरेको संस्थाले जनाएको छ । साधारणसभाको अवसरमा संस्थाले मामाघर नेपालमा आश्रित बालबालिकालाई विहानको भोजन गराएको थियो ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















