Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत

NRB-26062017083334-1000x0-1567473196.jpg

१७ भदौ, हेटौंडा । आर्थिक वर्ष २०७५–०७६ मा आर्थिक वृद्धि ७.१ प्रतिशत रहेको अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको आर्थिक स्थितिमा उक्त अनुमान गरेको हो ।
गत बर्ष कृषि क्षेत्रको वृद्धि ५.० प्रतिशत, उद्योग क्षेत्रको ८.२ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ७.३ प्रतिशत रहेको राष्ट्र बैंकको अनुमान छ ।
आर्थिक वर्ष २०७५–०७६मा कुलगार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत, उद्योगको १५ दशमलब २ प्रतिशत र सेवा क्षेत्रको अंश ५७ दशमलबर ८ प्रतिशत रहेको पनि जनाइएको छ ।
आर्थिक वर्ष २०७५–०७६ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको २०.५ प्रतिशत पुगेको पनि राष्ट्र बैंकले जनाएको छ । गत बर्ष कुल पर्यटक आगमनमा २३.९ प्रतिशतले वृद्धि भई पर्यटक संख्या १२,३८,५८९ पुगेको पनि राष्ट्र र्बैंकले जनाएको छ ।
यो बर्ष वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो ।
कुल वस्तु व्यापार घाटा साढें १३ प्रतिशतले विस्तार भई रु.१३ खर्ब २१ अर्ब ४३ करोड पुगेको छ । व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३८.१ प्रतिशत रहेको छ ।
निर्यात बृद्धिदर केही बढेपनि आयात अत्यधिक बढ्दै गएका कारण व्यापार घाटा उच्च दरले बढेको हो । यस अवधिमा कुल वस्तु आयात १३.९ प्रतिशतले बढेर रु.१४१८ अर्ब ५४ करोड पुगेको छ ।
अघिल्लो वर्षयस्तो आयात २५.८प्रतिशतले बढेको थियो । कुल वस्तु निर्यात १९.४ प्रतिशतले वृद्धि भई रु.९७ अर्ब ११करोड पुगेको छ । अघिल्लो वर्षयस्तो निर्यात जम्मा ११.४ प्रतिशतले वृद्धि भएकोे थियो ।
शोधनान्तर स्थिति रु.६७ अर्ब ४० करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.९६ करोडले बचतमा रहेको थियो ।
यस अवधिमा चालु खाता रु.२६५ अर्ब ३७ करोडले घाटामा रहेको जनाइएको छ । अघिल्लो वर्ष यस्तो घाटा रु.२४७ अर्ब ५७ करोड रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार