१७ भदौ, हेटौंडा । आर्थिक वर्ष २०७५–०७६ मा आर्थिक वृद्धि ७.१ प्रतिशत रहेको अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको आर्थिक स्थितिमा उक्त अनुमान गरेको हो ।
गत बर्ष कृषि क्षेत्रको वृद्धि ५.० प्रतिशत, उद्योग क्षेत्रको ८.२ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ७.३ प्रतिशत रहेको राष्ट्र बैंकको अनुमान छ ।
आर्थिक वर्ष २०७५–०७६मा कुलगार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत, उद्योगको १५ दशमलब २ प्रतिशत र सेवा क्षेत्रको अंश ५७ दशमलबर ८ प्रतिशत रहेको पनि जनाइएको छ ।
आर्थिक वर्ष २०७५–०७६ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको २०.५ प्रतिशत पुगेको पनि राष्ट्र बैंकले जनाएको छ । गत बर्ष कुल पर्यटक आगमनमा २३.९ प्रतिशतले वृद्धि भई पर्यटक संख्या १२,३८,५८९ पुगेको पनि राष्ट्र र्बैंकले जनाएको छ ।
यो बर्ष वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो ।
कुल वस्तु व्यापार घाटा साढें १३ प्रतिशतले विस्तार भई रु.१३ खर्ब २१ अर्ब ४३ करोड पुगेको छ । व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३८.१ प्रतिशत रहेको छ ।
निर्यात बृद्धिदर केही बढेपनि आयात अत्यधिक बढ्दै गएका कारण व्यापार घाटा उच्च दरले बढेको हो । यस अवधिमा कुल वस्तु आयात १३.९ प्रतिशतले बढेर रु.१४१८ अर्ब ५४ करोड पुगेको छ ।
अघिल्लो वर्षयस्तो आयात २५.८प्रतिशतले बढेको थियो । कुल वस्तु निर्यात १९.४ प्रतिशतले वृद्धि भई रु.९७ अर्ब ११करोड पुगेको छ । अघिल्लो वर्षयस्तो निर्यात जम्मा ११.४ प्रतिशतले वृद्धि भएकोे थियो ।
शोधनान्तर स्थिति रु.६७ अर्ब ४० करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.९६ करोडले बचतमा रहेको थियो ।
यस अवधिमा चालु खाता रु.२६५ अर्ब ३७ करोडले घाटामा रहेको जनाइएको छ । अघिल्लो वर्ष यस्तो घाटा रु.२४७ अर्ब ५७ करोड रहेको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







