Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

फोर्स मोटर्सको सेवा अब हेटौंडामा

IMG_20190908_161849-1567939002.jpg

२२भदौ,हेटौंडा। फोर्स मोटर्सको आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रालिले हेटौंडामा आधिकारिक रुपमा सेवा आरम्भ गरेको छ।

 हेटौंडा र आसपासका क्षेत्रमा फोर्स गाडीको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रालिले आइतबार हेटौंडामा स्वरुम सञ्चालनमा ल्याएसंगै सेवा आरम्भ गरेको हो ‌।  आइतबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाले हेटौंडा–४ सानोपोखरामा रहेको स्वरुमको उद्घाटन गरेका हुन् ।

विगत ५ वर्षदेखि हिमालयनअर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स गाडीको आयात तथा बिक्री गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जीप बिक्री गर्दै आइरहेको छ । साथै कार्गो किङ्ग पिकअप, ट्राभलर बस, मिनी बसहरु तथा एम्बुलेन्स पनि बजारमा बिक्री गरिरहेको जनाएको छ ।नेपालभरका २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स बिक्री भइरहेको प्रबन्ध निर्देशक निरन केसीले बताएका छन् । 

फोर्सले चाडपर्वको अवसरमा ग्राहकलाई विशेष छुटको योजनासमेत ल्याएको छ । फोर्स गाडी किन्ने ग्राहकले करिब चार लाखसम्मको छुट तथा विशेष उपहारहरु प्रदान गर्न सुरु गरेको प्रालिले जनाएको छ। गाडीहरुमा तीन लाख किमि वा तीन वर्षको वारेन्टी सुविधासमेत दिइएको हेटौंडा शाखाका प्रबन्धक विशाल भण्डारीले बताए ।

आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाको  अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा अटोमाबाइल एशोसिएसनका अध्यक्ष सागर सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक हरिविष्णु ढकाल, लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का भाइस गभर्नर शम्भु नकर्मी, डिष्ट्रिक कोचिफ एभडभाइजर राम श्रेष्ठ, हिमालयन अर्गनाइजेशनका प्रबन्ध निर्देशक मिलन थापा, डाइरेक्टर सौरव थापा, आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक निरन केसी लगायतकाको उपस्थित रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार