Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

फोर्स मोटर्सको सेवा अब हेटौंडामा

IMG_20190908_161849-1567939002.jpg

२२भदौ,हेटौंडा। फोर्स मोटर्सको आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रालिले हेटौंडामा आधिकारिक रुपमा सेवा आरम्भ गरेको छ।

 हेटौंडा र आसपासका क्षेत्रमा फोर्स गाडीको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रालिले आइतबार हेटौंडामा स्वरुम सञ्चालनमा ल्याएसंगै सेवा आरम्भ गरेको हो ‌।  आइतबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाले हेटौंडा–४ सानोपोखरामा रहेको स्वरुमको उद्घाटन गरेका हुन् ।

विगत ५ वर्षदेखि हिमालयनअर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स गाडीको आयात तथा बिक्री गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे ट्रयाक्स क्रुजर जीप बिक्री गर्दै आइरहेको छ । साथै कार्गो किङ्ग पिकअप, ट्राभलर बस, मिनी बसहरु तथा एम्बुलेन्स पनि बजारमा बिक्री गरिरहेको जनाएको छ ।नेपालभरका २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स बिक्री भइरहेको प्रबन्ध निर्देशक निरन केसीले बताएका छन् । 

फोर्सले चाडपर्वको अवसरमा ग्राहकलाई विशेष छुटको योजनासमेत ल्याएको छ । फोर्स गाडी किन्ने ग्राहकले करिब चार लाखसम्मको छुट तथा विशेष उपहारहरु प्रदान गर्न सुरु गरेको प्रालिले जनाएको छ। गाडीहरुमा तीन लाख किमि वा तीन वर्षको वारेन्टी सुविधासमेत दिइएको हेटौंडा शाखाका प्रबन्धक विशाल भण्डारीले बताए ।

आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुवबहादुर थापाको  अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा अटोमाबाइल एशोसिएसनका अध्यक्ष सागर सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक हरिविष्णु ढकाल, लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का भाइस गभर्नर शम्भु नकर्मी, डिष्ट्रिक कोचिफ एभडभाइजर राम श्रेष्ठ, हिमालयन अर्गनाइजेशनका प्रबन्ध निर्देशक मिलन थापा, डाइरेक्टर सौरव थापा, आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक निरन केसी लगायतकाको उपस्थित रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार