Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सहकारीले आर्थिक उपार्जनमा जोड दिनु पर्छ : चौलागाई

Janakalyan-1568102220.jpg

२४ भदौ, हेटौडा । हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले सहकारी संस्थाले आर्थिक उपार्जन र उत्पादनको क्षेत्रमा काम गर्नु पर्ने आवश्यकता औल्याएका छन् ।
हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै वडा अध्यक्ष चौलागाईले सहकारी एकिकरण सबैको सहमती र आवश्यकताको आधारमा गर्नु पर्नेमा जोड दिए । नयाँ सहकारी ऐन र नियम सहकारीमा आवद्ध सदस्यहरुको हितमा रहेकोले सबै सहकारी संस्थाहरुले वुद्धिमतापूर्वक एकिकरणमा जानुको विकल्प नरहेको चौलागाईको भनाई थियो ।
कार्यक्रममा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी सहसचिव मीना चौरेल, संजीवनी बचत तथा ऋण सहकारीका अध्यक्ष रणबहादुर कार्की, संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, सल्लाहकार बद्रीबहादुर पाठक, संचारकर्मी भीमसेन पौडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष केशव धिताल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञान बहादुर क्षेत्री, सिर्जना टोल विकास संस्थाकी अध्यक्ष जीवकुमारी पौडेल, संस्थाका उपाध्यक्ष श्यामप्रसाद भट्टराई, सचिव मीना अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा संस्थाका कोषाध्यक्ष चेतनाथ खतिवडाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा हाल २ हजार ४ सय शेयर सदस्य, २ करोड ६ लाख ६६ हजारको शेयर पूँजी, १२ करोड २० लाख निक्षेप, १३ करोड १७ लाख ऋण लगानी र १५ करोड ७४ लाख कुल सम्पति रहेको कोषाध्यक्ष खतिवडाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले वार्षिकोत्सवको अवसरमा विशेष छुट दिई करीव २ सय भन्दा बढी शेयर सदस्य बनाएको छ भने हेटौडा हेल्थपोष्ट, चौघडालाई एक थान सर्जिकल बेड हस्तान्तरण गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार