२९ पुस, हेटौंडा । मकवानपुरगढी-४ शिखरकटेरीमा रहेको श्रमिक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा हरिकुमार हुमागाई चयन भएका छन् । संस्थाको शुक्रबार सम्पन्न २३ औं बार्षिक साधारणसभाले हुमागाईको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा मानकुमारी पन्त र सदस्यहरुमा गौतम थिङ, रामहरी बुढाथोकी, घगराज न्यौपाने, विविमाया रुम्बा, सानुकाजी बजगाई, विष्णु चौरेल, हेमनाथ न्यौपाने चयन भएका छन् ।
सभामा संस्थाका अध्यक्ष ईन्द्रबहादुर गोलेले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक राजबिर मोक्तानबाट लेखा परिक्षण प्रतिवेदन र चालू आव ०७३र०७४ का लागि १ करोड ४८ लाख ४५ हजार ४ सय १८ रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाको विकासमा सहयोग पुर्याउने कर्णबहादुर थिङ, पूर्व अध्यक्ष बीरबहादुर गोले हरिकुमार हुमागाई, कृष्णप्रसाद हुमागाई, चुडामणी घिमिरे र खिलनाथ तिमल्सिनालाई सम्मान गरिएको थियो । त्यसैगरी, दूध विक्रितर्फ पहिलो हुने विष्णुप्रसाद चौरेल, दोस्रो हुने कृष्णबहादुर भोलुन, तेस्रो हुने चुडाबहादुर घिमिरे र सान्त्वना पुरस्कार गौतम थिङ, गुणस्तरीय दूध विक्रि गर्ने चक्रबहादुर दोङ, कृष्णबहादुर भोलुन, सफा दूध विक्रि गर्ने विविमाया रूम्बा, ईन्द्रबहादुर गोलेलाई सम्मान गरिएको थियो ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका संचालक सदस्य अर्जुनप्रसाद गौतमको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष ईन्द्रबहादुर गोलेको अध्यक्षतामा भएको कार्यक्रममा चण्डिका मावि स्रोतकेन्द्रका स्रोतब्यक्ति दोर्जे लामा स्याङ्तान, संस्थाका पूर्व अध्यक्ष बीरबहादुर गोले, बंशगोपाल माविका अध्यक्ष रामप्रसाद पुडासैनी, कुर्ले कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




