Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाली क्रिकेट टोलीको घोषणा

Nepal-nation-cricket-team-1568956079.jpg

३ असोज, हेटौंडा । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
नेपालले बिहिबार पत्रकार सम्मेलन गरी कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् ।
नेपालले घोषणा गरेको टिममा दुई नयाँ अनुहार छन् । जसमा ईशान पाण्डे र कुशल मल्ल रहेका छन् । घरायसी कामले ज्ञानेन्द्र मल्ल टिममा नहुदा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिईएको छ ।
यस्तै अनुभवी खेलाडी शरद भेषवाकर र भेट्रान बलर बसन्त रेग्मी टिममा परेका छैनन् । सिंगापुर क्रिकेटको आयोजनामा हुने टी ट्वान्टी सिरिज सेप्टम्बर २७ बाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे रहेका छन् ।
नेपालले सेप्टेम्बर २७ मा जिम्वाबेसँग खेल्नेछ । यस्तै २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर १ मा दोस्रो खेल खेल्नेछ ।
यस्तै २ अक्टोबरमा सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । बिहिबार घोषणा गरिएको टीममा पारस खड्का (कप्तान),दिपेन्द्र सिंह ऐरी (उपकप्तान),सोमपाल कामी,करण केसी,विनोद भण्डारी,ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, ईशान पाण्डे, सन्दीप जोरा र रोहित कुमार पौडेल रहेका छन् ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार