४ असोज, हेटौडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिवार भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष मधुसुदन न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक रमेशकुमार पराजुलीले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक रामप्रसाद भट्टले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा ज्येष्ठ शेयर सदस्य रामप्रसाद रिमाल, ऐच्छिक बचतमा दिवयराज धमला, असली ऋणी तर्फ विष्णुप्रसाद न्यौपाने र कमलाकुमारी दहाल, बाल बचत तर्फ प्रधिका न्यौपाने र प्रशंसा न्यौपानेलाई पुरस्कृत गरिएको थियो । यसैगरी छोरा दिव्यराज धमलाले आफनो आमा नरमाया धमलाको नाममा स्थापना गरेको छात्रवृति रकम राजदेवी माविमा कक्षा ६ मा अध्ययनरत एलिसा पटेललाई प्रदान गरिएको थियो ।
साधारणसभा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्यक्षतामा भएको थियो । भेलामा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी संचालक सदस्य विष्णुमाया लामा, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणी दहाल,राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिना, सञ्चारकर्मी भीमसेन पौडेल, संस्थाका सचिव श्यामलाल श्रेष्ठ, शेयर सदस्य विष्णुप्रसाद न्यौपाने, श्रीदेवी न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले आव ०७५/०७६ मा ऋण लगानी २ करोड २१ लाख, निक्षेप संकलन २ करोड ९लाख र लगानीबाट व्याज २७ लाख ३६ हजार रहेको संस्थाले जनाएको छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







