७ असोज, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः निर्मलाकुमारी लम्साल चयन हुन भएको छ । संस्थाको मंगलवार भएको सातौ वार्षिक साधारणसभाले लम्सालको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मानकुमारी पाख्रिन सदस्यहरुमा संगिता घलान, सकुन्तला गिरी कुमारी गोङवा, मन्जुकुमारी गोले, सुजता आले र भुवनकुमारी तिमल्सिना चयन भएका छन । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा राधिका सापकोटा सदस्यहरुमा कल्पनाकुमारी गौतम र कृष्णमाया पाख्रिन सर्वसम्मत चयन भएका छन ।
साधारणसभामा संस्थाकी अध्यक्ष निर्मलाकुमारी लम्सालले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिकी संयोजक राधिका सापकोटाले लेखा समितिको प्रतिवेदन र उपाध्यक्ष मानकुमारी पाख्रिनले पशुधन वीमाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा उत्कृष्ठ विद्यार्थी निलम पाख्रिन, अनिल घिमिरे, राजन पाख्रिन र सौगात दाहाल, उत्कृष्ठ ऋणीमा अनिसा भ्लोन, ठक्करकुमारी वजगाई, अन्जु थापा, शारदा दाहाल, सावित्री सापकोटा र सरस्वती गौतम,उत्कृष्ठ तरकारी खेती गर्ने निरमाया थोकर लगायतकालाई सम्मान गरिएको थियो ।
मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष निर्मलाकुमारी लम्सालको सभाध्यक्षतामा भेला भएको थियो । भेलामा मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियार, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, साना किसान लघुवित्त प्रमुख शेर बहादुर चौधरी, मकवानपुरगढी गाउँपालिका पशु शाखा प्रमुख सत्यनारायण शाह, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद दहाल, हिमाल महिला बहुउद्धेश्यीय सहकारीकी अध्यक्ष जानुका दाहाल, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी,भानु मावि व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१ हजार ३ सय ४६ जना शेयर सदस्यहरुको रहेको यो संस्थाले ११ करोडको आर्थिक कारोवार गरेको संस्थाकी व्यवस्थापक गिता लम्सालले बताईन् ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







