Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडामा खाद्यान्नमा सहुलियत दर कायम (पसलको नामसहित)

Mcci1-1569335494.jpg

७ असोज, हेटौंडा । हेटौंडामा दशैलाई लक्षित गरेर केही खाद्यान्नमा सहुलियत दर कायम गरिएको छ । हेटौँडा बजारका विभिन्न खाद्यान्न पसलमार्फत सहुलियत दरमा खाद्य सामग्री विक्रि हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बडा दशैंको उपलक्ष्यमा सुपथ मूल्य पसल राख्नको लागि अनुरोध गरे अनुसार हेटौँडामा दशैं लक्षित सुपथ मूल्य पसल संचालन हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघमा भदौ ३१ गते खाद्यान्न व्यवसायी संघ मकवानपुरका प्रतिनिधिसंग भएको छलफलपछि सहुलियत दर कायम गरी विक्रि गर्ने व्यवस्था मिलाएको संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले जानकारी दिए ।
सहुलियत दर अन्तर्गत जिरा मन्सुली (स्टिम २५ किलो) प्रति बोरा रु. १६२५।–, जिरा मसिनो (स्टिम गोरखनाथ २५ किलो) प्रति बोरा रु. १५२५।–, १ नं सोना मन्सुली (३० किलो) प्रति बोरा रु. १२५०।–, स्टिम चिउरा (२० किलो) प्रति बोरा रु. १२००।–, स्टिम चिउरा (साधारण) (५ किलो) प्रति बोरा रु ३२५।–, धारा तोरी तेल (१० लिटर) प्रति कार्टुन रु. १९९०।– र सोयाबिन तेल (१० लिटर) प्रति कार्टुन रु. १३००।– को दरले उपलब्ध गराइने छ ।
घटस्थापना देखि पूर्णिमासम्म हेटौंडाका श्री वैद्यनाथ बाबा आलु प्याज भण्डार, हेटौंडा-२, प्रभाकरपथ, मणी खाद्यँन्न सेन्टर, हेटौंडा-२, प्रभाकर पथ, माहामती खाद्यान्न भण्डार, हेटौंडा-२, प्रभाकरपथ, माँ वैष्णव खाद्यान्न भण्डार, हेटौंडा-४, कान्तिराजपथ, स्मृति खाद्यान्न भण्डार, हेटौंडा-२, कान्तिराजपथ, माहाबीर किराना पसल, हेटौंडा-२, कान्तिराजपथ, जमादार स्टोर्स, हेटौंडा-२, कान्तिराजपथ, राधाकृष्ण खाद्यान्न भण्डार, हेटौंडा-२, कान्तिराजपथ, एच पि सप्लायर्स, हेटौंडा-२, कान्तिराजपथ, शिवशक्ति सप्लायर्स, हेटौंडा-२, मउवासंघ चोक र उत्सव सप्लायर्स, हेटौंडा-४, भुटनदेवी स्कुल रोड गरी ११ वटा पसलहरुबाट मात्र उक्त सहुलियत दररेटमा उपभोक्ताले खरिद गर्न सक्ने संघका सचिव तथा प्रवक्ता काब्यमणी अधिकारीले जानकारी गराएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार