Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

'सहकारी महिला सशक्तिकरणको माध्यम'

१० माघ, हेटौँडा । दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको सातौं बार्षिकोत्सव कार्यक्रम शुरू भएको छ ।

पहिलो कार्यक्रम अन्तर्गत मङ्गलबार हेटौंडा–१४ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थासँगको समन्वयमा सहकारीमा महिलाको सहभागिता बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । 
कार्यक्रममा सहभागी सहकारी सदस्य महिलाहरुले चुल्होचौको एवम् घाँसदाउरामा व्यस्त रहन बाध्य रहेका महिलाहरु सहकारीको माध्यमबाट सशक्तिकरण भएको बताउँदै महिलाहरुलाई सहकारीमा आबद्ध हुनका लागि अनुरोध गरेका छन् । 
सहकारीमा आबद्धता भएकै कारण अहिले विभिन्न संघसंस्थाको नेतृत्व गर्ने तहमा पदमपोखरीका महिलाहरु पुगेको उनीहरुको भनाई थियो । केही बर्ष अघिसम्म महिलाको नाममात्रको प्रतिनिधित्व हुने गरेको जानकारी दिंदै सहकारीका पूर्व अध्यक्ष लक्ष्मी थिङले पछिल्लो समय विभिन्न संघसंस्थामा नेतृत्व लिनको लागि महिलाहरु चुनाव लड्न समेत तयार हुने गरेको बताईन् ।

सहकारीमा महिलाहरु आबद्ध रहेकै कारण पदमपोखरीको गलत पहिचान अहिले सकारात्मक भएको कार्यक्रमका सहभागीको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि एवं रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले महिलाले नेतृत्व गरेको सहकारीहरु देशमै उत्कृष्ट भैरहेको भन्दै अब विकास र राजनीतिमा समेत महिलाको नेतृत्व आवश्यक रहेकोमा जोड दिए ।

यस्तै ग्रामीण महिला सेवा केन्द्र मकवानपुर अध्यक्ष लक्ष्मी मोक्तानले सहकारीमा निम्न वर्गका महिलाको निम्ति छुट्टै नीति आवश्यक रहेको बताइन् । महिला मिलन सहकारी अध्यक्ष बिष्णुमाया लामाको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो मकवानपुरका स्टेशन संयोजक राममणि दाहाल, सयपत्री थापा मगर, लक्ष्मी लामा घलान, रमा रिसाल, अनिता सिन्तान, अमिरा स्याङ्तान, सरिता राना मगर, उर्मिला लामा, दिपा लामा, हेमन्ती थापा मगर, सुमित्रा वाइवा, संगीता वाइवालगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार