१० माघ, हेटौँडा । दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको सातौं बार्षिकोत्सव कार्यक्रम शुरू भएको छ ।
पहिलो कार्यक्रम अन्तर्गत मङ्गलबार हेटौंडा–१४ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थासँगको समन्वयमा सहकारीमा महिलाको सहभागिता बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी सहकारी सदस्य महिलाहरुले चुल्होचौको एवम् घाँसदाउरामा व्यस्त रहन बाध्य रहेका महिलाहरु सहकारीको माध्यमबाट सशक्तिकरण भएको बताउँदै महिलाहरुलाई सहकारीमा आबद्ध हुनका लागि अनुरोध गरेका छन् ।
सहकारीमा आबद्धता भएकै कारण अहिले विभिन्न संघसंस्थाको नेतृत्व गर्ने तहमा पदमपोखरीका महिलाहरु पुगेको उनीहरुको भनाई थियो । केही बर्ष अघिसम्म महिलाको नाममात्रको प्रतिनिधित्व हुने गरेको जानकारी दिंदै सहकारीका पूर्व अध्यक्ष लक्ष्मी थिङले पछिल्लो समय विभिन्न संघसंस्थामा नेतृत्व लिनको लागि महिलाहरु चुनाव लड्न समेत तयार हुने गरेको बताईन् ।
सहकारीमा महिलाहरु आबद्ध रहेकै कारण पदमपोखरीको गलत पहिचान अहिले सकारात्मक भएको कार्यक्रमका सहभागीको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि एवं रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले महिलाले नेतृत्व गरेको सहकारीहरु देशमै उत्कृष्ट भैरहेको भन्दै अब विकास र राजनीतिमा समेत महिलाको नेतृत्व आवश्यक रहेकोमा जोड दिए ।
यस्तै ग्रामीण महिला सेवा केन्द्र मकवानपुर अध्यक्ष लक्ष्मी मोक्तानले सहकारीमा निम्न वर्गका महिलाको निम्ति छुट्टै नीति आवश्यक रहेको बताइन् । महिला मिलन सहकारी अध्यक्ष बिष्णुमाया लामाको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो मकवानपुरका स्टेशन संयोजक राममणि दाहाल, सयपत्री थापा मगर, लक्ष्मी लामा घलान, रमा रिसाल, अनिता सिन्तान, अमिरा स्याङ्तान, सरिता राना मगर, उर्मिला लामा, दिपा लामा, हेमन्ती थापा मगर, सुमित्रा वाइवा, संगीता वाइवालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...















-1786686763.jpg)

