६ कार्तिक, हेटौँडा । हेटौँडा बजारको सुरक्षाका लागि जडान गरिएका सिसी क्यामाराको भुक्तानी जडान गर्ने कम्पनीले २ बर्षसम्म पनि नपाएको खुलेको छ ।
मकवानपुर उद्योग बाणिज्य संघका तत्कालिन अध्यक्ष राजकुमार न्यौपाने र कार्यकारी सचिव विवेक मानन्धरको मौखिक आग्रहमा काम गरेपनि अहिलेसम्म भुक्तानी नपाएको क्यामारा जडान गर्ने द क्रियटिभ ग्रुप्सले प्रष्टखबरलाई जनाएको छ । ‘तत्कालिन अध्यक्ष राजकुमार न्यौपाने र कार्यकारी अधिकृत विवेक मानन्धरको मौखिक आग्रहमा काम गरियो, त्यसपछि उहाँहरुले पनि भुक्तानीका लागि आश्वासन दिनुभयो तर नयाँ कार्यसमितिले यसबारे अनविज्ञता देखायो ।’–ग्रुप्सकी संचालिका जानुका श्रेष्ठले भनिन्–‘संघले सामान नै प्रयोग नगरेको भन्दै विल समेत फिर्ता पठाएको छ ।’
दुबै कार्यसमितिले पटक पटक आश्वासन मात्रै दिएको उनको भनाई छ । क्रियटिभले २०७४ साउनमा न्यौपानेसंगको सहमतिमा बसपार्क, कान्तिराजपथ, मेनरोड, बुद्धचोक, बैकरोड लगायतका क्षेत्रमा ११ वटा नयाँ क्यामारा र बाँकी यसअघि कम्युटर नेटवर्किङ एशोसियसन काठमाडौंले जडान गरिदिएको क्यामारा मर्मत गरी २० वटा संचालन गरी दिएको थियो । तर नयाँ क्यामारा, जडान र मर्मतको ५ लाख ५४ हजार ९ सय ९४ रुपैँया २ बर्ष हुँदा पनि नपाएको क्रियटिभले जनाएको छ ।
आफुले विश्वासमा काम गरेपनि अहिले आएर आफुलाई अघिल्लो कार्यसमिति र अहिलेको कार्यसमितिले रकम भुक्तानी नदिएर धोका दिएको श्रेष्ठको भनाई छ । ‘व्यवसायीको हित गर्ने संस्था हो भनेर विश्वासमा काम गरियो, अहिले आएर धोका दिने काम भयो ।’–उनले भने । क्रियटिभलाई सिसि क्यामाराको काम दिने राजकुमार न्यौपाने नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य छन् भने विवेक मानन्धरले संघ छोडिसकेका छन् ।
यता, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले निवर्तमान अध्यक्ष न्यौपाने र तत्कालिन कार्यकारी सचिव मानन्धरसंग मौखिक कुरा भएको भन्ने जानकारी बाहेक संघमा औपचारिक रुपमा कुनै पनि कागजात नभएकाले भुक्तानी गर्न अहिलेको कार्यसमिति असमर्थ भएको बताए । उनले संस्थाले व्यक्तिको भनाई भन्दा पनि आधिकारिक कागजात खोज्ने र अहिलेको कार्यसमितिले विना कागजात भुक्तानी गर्दा आर्थिक अनुशासन उल्लंघन हुने कार्यसमितिको निर्णय अनुसार नै भुक्तानी हुन नसकेको बताए ।
भुक्तानी पाउनुपर्ने हो, अहिलेको नेतृत्वले समन्वय गरेन : न्यौपाने
सिसी क्यामारा जडानको मौखिक सहमति दिने संघका तत्कालिन अध्यक्ष राजकुमार न्यौपानेले पनि व्यवसायीले गरेको कामको भुक्तानी पाउनुपर्ने बताएका छन् । मकवानपुर उद्योग बाणिज्य संघ र हेटौँडा उपमहानगरपालिकाको समन्वयमा काम गर्ने तय भएपछि मौखिक सहमतिमा काम अघि बढेको बताउँदै उनले कामको मूल्यांकन गरी भुक्तानी दिनुपर्ने बताए । उनले आफ्नो कार्यकाल सकिएपनि संस्थागत कामको जिम्मेवारी संघ नेतृत्वले लिनुपर्नेमा जोड दिंदै उनले अहिलेको नेतृत्वले समन्वय गर्न नसकेको बताए । ‘मेरो कार्यकालमा नगरपालिकासंगको समन्वयमा काम शुरु भयो, पछि काम सकिएपछि भुक्तानी दिन समन्वय गनुपर्ने भएपनि संघको नेतृत्वले समन्वय गरेन ।’–उनले भने ।
आफुले काम गर्ने व्यवसायी मारमा पर्न नहुने भन्दै संघको कार्यसमिति र हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतसंग कुरा राखेको बताए । तर दुबै पन्छिएको अवस्था आएको उनले बताए । सिसी क्यामारा नगर सुरक्षाका लागि आवश्यक भएकाले संघ र नगरपालिकाको सहमतिमा काम अघि बढाएको बताउँदै यसको भुक्तानीका लागि दुबैको पहल हुनु जरुरी रहेको उनको भनाई छ ।
मर्मतका लागि सबै सरोकारवालासंग आग्रह गरेका छौं : एसपी सिंह
मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले सिसी क्यामाराको जडानका लागि आफुले सबै सरोकारवालासंग आग्रह गरेको बताए । उनले सिी क्यामारा जडान भए सुरक्षा व्यवस्था मजबुद बनाउन थप मद्धत पुग्ने भएकाले सबैलाई क्यामारा मर्मतका लागि आग्रह गरेको बताए । उनले व्यवसायिक संस्था, बैंर्कस, सरकारी निकाय सबैसंगको समन्वयमा सिसी क्यामारा जडान हुने विश्वास व्यक्त गरे । यसअघि जडान गरिएका क्यामारा पुराना प्रविधिको भएकाले मर्मतमा केही समस्या भने रहेको उनले बताए ।
सिसी क्यामाराको बन्द रहेको जिल्ला प्रहरी कार्यालयस्थित मोनिटर
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















