Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

साढे २ घण्टामा आगो नियन्त्रण, कपास नष्ट

K1-1572191962.jpg

१० कार्तिक, हेटौंडा । हेटौँडा–१ चौकीटोलमा कपास गोदाममा लागेको आगो साढे २ घण्टामा नियन्त्रणमा आएको छ ।
साँझ करिव ७ बजेबाट शुरु भएको आगो साढे ९ बजे नियन्त्रणमा आएको हो । आगो निभाउन हेटौँडा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकल परिचालन गरिएको थियो । आगो निभाउन सुरक्षा निकाय र स्थानीय समेत खटिएका थिए । जेसिभीको प्रयोग गरी उद्योगको कपास तानेर आगो निभाउने काम गरिएको थियो । 
आगलागीबाट उद्योग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । हेटौँडा–१ चौकीटोलमा विनोद ढकालको घरमा रहेको कपास उद्योगमा आगलागी भएको थियो । रामविश्वास यादव र पाश्वत दासले संयुक्त रुपमा गरेको उद्योगमा भएको आगलागीबाट मानवीय क्षति नभएपनि घटनाबाट आत्तिएका यादवलाई अर्धचेत अवस्थामा अस्पताल लगिएको थियो । 
घटनास्थलमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने लगायत पुगेर आगो निभाउन सहजिकरण गरेका थिए । क्षतिको विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ ।

K2-1572192061.jpg
K3-1572192062.jpg
K4-1572192914.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार