Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रधानमन्त्री तहबाटै भारतसंग कुरा गर्न शान्ति समाजको माग

Santi-Samaj-1573130624.jpg

२१ कार्तिक, हेटौँडा । भारतले नेपाली भु-भाग अतिक्रमण गरी जारी गरेको नक्साबारे प्रधानमन्त्री तहबाटै भारतसंग छलफल गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ । समाजका सभापति उत्तम पुडासैनीद्वारा जारी विज्ञप्तिमा यस्तो माग गरिएको हो ।

विज्ञप्तिमा नेपाली भूभागको संवेदनशिल विषयमा नेपाल सरकार दृढताका साथ प्रस्तुत भई यस विषयमा भारतसँग तत्काल प्रधानमन्त्री स्तरमै छलफलका लागि प्रक्रिया अघि बढाउन शान्ति समाजले माग गरेको छ । समाजले भारतले कालापानी, लिपुलेक लगायत नेपाली भूभागलाई भारतीय क्षेत्रका रुपमा चित्रित गरी प्रकाशित गरेको नयाँ राजनीतिक नक्साप्रति आपत्ति समेत जनाएको छ । विज्ञप्तिमा विगत ६ दशक देखी नेपालको कालापानी भूमी माथि भएको भारतीय अतिक्रमणलाई सच्याउनु पर्नेमा पुन पुरानै गल्ती दोहोर्याउँदै त्यस्तो नक्सा प्रकाशित गर्नु दुर्भाग्यपूर्ण भएको जनाएको छ । 

भारतको यस्तो गल्तीले नेपाल भारतबीच विद्यमान सौहार्दपूर्ण, सुमधुर एवं नागरिक स्तरमा समेत घनिष्ठ र सद्भावयुक्त सम्बन्धमा आँच पुग्ने विज्ञप्तिमा उल्लेख छ । उक्त गल्तीलाई शिघ्र सच्याउँदै नेपाली भूभाग र नेपाली स्वाभिमानप्रति पूर्ण सम्मान व्यक्त गर्न भारत सरकारलाई शान्ति समाजले आग्रह गरेको छ । विज्ञप्तिमा ऐतिहासिक सत्यलाई लत्याउँदै पुरानै गल्तीलाई निरन्तरता दिँदा दक्षिण एशियामा भारत एक्लिएर जान सक्ने संभावनाप्रति भारत सरकार गम्भीर हुनुपर्नेमा जोड दिईएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार