Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुदायिक वनको अधिकार कटौतिको विरोध

Community-Forest-Logo-1486466296.jpg

२५ माघ, हेटौँडा । सरकारले सामुदायिक वन समूहको अधिकार कटौति गर्दै लगेको भन्दै सरोकारवालाहरुले विरोध गरेका छन् । हेटौँडा रेञ्जपोष्ट महासंघसँग सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) केन्द्रिय कार्यालयमा भएको अन्तरक्रियामा महासंघका केन्द्रिय पदाधिकारीहरुले अधिकार कटौतिको विरोध गरेका हुन् । 
कार्यक्रममा केन्द्रिय अध्यक्ष गणेशबहादुर कार्की, उपाध्यक्ष भीमप्रकाश खड्का, महासचिव भारती पाठक, सचिव तिर्थबहादुर शाही, सचिवालय सदस्य पार्वता गौतम लगायतले चुरे वन संरक्षण र बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले सामुदायिक वनको अधिकार कटौति गरेको बताए । उनीहरुले सरकारले सामुदायिक वनको हित विपरित विभिन्न ऐन, नियम र मार्गनिर्देशन ल्याई उपभोक्ताको अधिकार कटौति गरेको भन्दै यसको विरोधमा एकजुट हुन सामुदायिक वन समूहलाई आग्रह गरे । कार्यक्रममा फेकोफन केन्द्रिय कार्यालय गरिरहेका काम र नयाँ संविधान अनुसार फेकोफनको सात प्रदेशको खाकाबारे जानकारी दिईएको थियो । 
अन्तरक्रियापछि पाटन औद्योगिक क्षेत्र पुगेको हेटौँडा रेन्जपोष्टको टोलीलाई उड कार्मिङ इण्डष्ट्रिजकी सुपरभाईजर विना खड्काले उद्योगले काठबाट तयार गर्ने हस्तकलाका सामग्रीहरुको बारेमा जानकारी दिएकी थिईन् । टोलीले राष्ट्रिय कला संग्राहलय भक्तपुर, ५५ झ्याले दरबार, तलेजु भगवतिको मन्दिर, मकर मेला लाग्ने काभ्रेको वनेपामा रहेको इन्द्रेश्वर महादेव मन्दिरको अवलोकन गरेको टोलीमा सहभागी रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले बताए ।
काभ्रे पुगेको टोलीलाई काभ्रेको धनेश्वर बैकिवा सामुदायिक वन उपभोक्ता समूहका सचिव बद्री अधिकारीले समूहले गरेको गतिविधि र फेकोफन काभ्रेका अध्यक्ष विनोदप्रसाद सापकोटाले काभ्रेका सामुदायिक वनको अवस्थाबारे जानकारी दिएका थिए । टोलीले मंगलबार नै ऐतिहासिक सिन्धुली गढीको समेत अवलोकन गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार