७ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक दिपनराज आचार्यले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्य, संचारकर्मी, ज्येष्ठ शेयर सदस्य, उद्यमी, नियमित बचतकर्ता, असल कारोबारी, खेलाडि लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वर्गीय जगनाथ पौडेल स्मृति ट्रष्टले बंशगोपाल माविमा अध्ययनरत विनित राई र अनुशा गौतमलाई जनही नगद ५ हजार रुपैँया छात्रबृत्ति प्रदान गरिएको थियो ।
हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठ, उद्योग संघ हेटौँडाका अध्यक्ष नवराज अर्याल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, चौघडा सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, साईराम सहकारीका अध्यक्ष राजेन्द्र पौडेल, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष साधुराम चौलागाई, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञानबहादुर क्षेत्री, संस्थाका सल्लाहकार गणेशकुमार श्रेष्ठ, बद्रीबहादुर पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
आव ०७५/०७६ मा शेयर पूँजी २ करोड ४ लाख २५ हजार, कूल सदस्य बचत १२ करोड ३५ लाख र ऋण लगानी १३ करोड ४० लाख ६१ हजार रहेको संस्थाले जनाएको छ । संस्थामा करिब २ हजार ५ सय शेयर सदस्यहरु रहेका छन् ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







