Sketch
८ मंसिर, काठमाडौँ । एक युवतीलाई बलात्कार प्रयास गरेको अभियोगमा सिनामंगलस्थित कन्सल्टेन्सी मिता इन्टरनेसनल प्रालिका सञ्चालक रोहितकुमार ढुंगाना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ढुंगानालाई पक्राउ गरेको समाचार कान्तिपुर दैनिकमा छ । उनले जागिर लगाइदिने प्रलोभनमा बलात्कार प्रयास गरेको पीडितको भनाइ छ ।
ढुंगानालाई सहयोग गरेको भन्दै प्रहरीले नेपालगन्जका दुई युवतीलाई समेत काठमाडौंबाटै पक्राउ गरेको छ । ललितपुर प्रहरी प्रवक्ता एसपी दुर्गा सिंहले उनीहरूलाई अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान अघि बढाउन लागिएको जानकारी दिइन् ।
ढुंगानाले बिहीबार कन्सल्टेन्सीमा जागिर मिलाइदिने भन्दै ती युवतीलाई बानेश्वर बोलाएका थिए । ढुंगानाका साथमा रहेका दुईमध्ये एक युवतीलाई उनले मीत बहिनी बनाएका थिए । उनै बहिनीमार्फत पीडित युवती जागिर खोज्दै ढुंगानाको सम्पर्कमा आएको खुलेको छ । ‘बिहीबार ढुंगानाले मीत बहिनी, उनकी साथी र पीडित युवतीलाई बानेश्वरको अलाइन्स रेस्टुराँमा खानारखाजा खानेगरी बोलाएका थिए,’ स्रोतले भन्यो, ‘त्यहाँ खाना खाएपछि दिउँसो ४ बजेतिर ढुंगानाले जागिरका लागि अंग्रेजीमा अन्तर्वार्ता लिनुपर्छ भन्दै ट्याक्सीमा युवतीलाई गोदावरीस्थित वृन्दावन रिसोर्ट पुर्याएका थिए ।’
रिसोर्टमा ढुंगानाले साथमा भएकी युवतीलाई साली नाता लगाएर कोठा बुक गरेका थिए । मादक पदार्थ सेवन गरेर ढुंगानाले बलात्कार प्रयास गरेपछि राति नै युवतीले रिसोर्टका कर्मचारीसँग सहयोग मागेकी थिइन् । हल्ला भएपछि ढुंगाना राति २ बजे नै भागेका थिए ।
शुक्रबार घटनाबारे ललितपुर प्रहरीमा उजुरी परेपछि ढुंगानासहित दुई युवती पक्राउ गरेका हुन् ।
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...





-1795309426.jpg)



-nepal-1795226549.jpg)




_edit_12985189-1794274603.jpg)



