Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सरकार र निजी मेडिकल कलेजबीच सहमति

Medicalclz-1-1574819231.jpg

११ मंसिर, हेटौंडा । मेडिकल कलेज सञ्चालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्ने भएका छन । 
मंगलबार राती अबेर सम्म शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकबीच भएको छलफलमा अतिरिक्त शुल्क समायोेजन गर्ने सहमति भएको हो । 
बिभिन्न ५ बुँदामा सहमति गरेका मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने प्रकृया बुधबारदेखि नै थाल्नेछन् । सहमति पत्रमा शैक्षिक सत्र २०७४÷७५ र २०७५÷०७६ मा सरकारले गरेको निर्णयअनुसार नै शुल्क समायोजन हुने उल्लेख छ । 
यस्तै दोस्रो बुँदाको २०७२÷०७३ र २०७३÷०७४ को हकमा विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन आयोगसमक्ष आग्रह गर्ने उल्लेख छ । 
यस्तै चालु शैक्षिक सत्र २०७६÷७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सुचारु गर्ने सहमति भएको छ । 
यस्तै दोस्रो बुँदाको अन्तिम सहमतिअनुसार आउँदो शैक्षिक सत्र र त्यसपछिका लागि वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि चिकित्सा शिक्षा अयोागबाट काम अघि बढाइनेछ । 
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, शिक्षा सचिव महेश दाहाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकूलपति धर्मकान्त बाँस्कोटा र निजी मेडिकल कलेज सञ्चालकहरुको सहभागिता थियो । 
यता सरकार र निजी मेडिकल कलेजबीच सहमति भएसँगै महिनौदेखि चलिरहेको विद्यार्थीको आन्दोलन पनि स्थगित हुने अपेच्छा संचालकहरुले लिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार