Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विचार

फाल्गुन २१ को मत क्रान्ति र कांग्रेसको भबिष्य

1000039572-1773997370.jpg

✍️ बिनोदचन्द्र कोइराला

सत्तासिनहरुको अहंकार ,अहमता, असहिष्णुता, स्वेच्छाचारिता र भ्रष्टाचारले सिमा नाघ्न थालेको प्रति चिन्तित युवा जमातले उल्लेखित आचरणको बिरोध स्वरुप आह्वान गरेको भाद्र २३ को शान्तिपुर्ण आन्दोलनमा अहंकारी शासकले सत्ता लम्ब्याउने उद्धेश्यले अमानवीय प्रतिक्रिया देखायो । जसको प्रतिक्रिया स्वरुप भाद्र २४ को स्वस्फुर्त बिद्रोहमा थप अकल्पनीय दुखद घटनाहरु भए । धेरै आमाका आश्रय र काखहरु उजाडिए । देशले धेरै क्षति बेहोर्नु पर्यो । त्यही आन्दोलन (जसलाइ जेन जि आन्दोलन भनिन्छ) ले दिएको म्यान्डेट अनुसार फाल्गुन २१ मा भएको प्रतिनिधिसभाको चुनाव सम्पन्न भएको छ । उक्त चुनावले दिएको परिणाम हेर्दा उक्त चुनाव चुनाव मात्र नभएर मौन मत क्रान्ती पो भै दियो जस्ले अहंकारी र भ्रष्ट शासकहरुलाई त बढारिदियो नै, त्यो सुनामीमा लामो ईतिहास बोकेको, जनताको पक्षमा पटक पटक आन्दोलन गरेको नेपाली कांग्रेस पनि बढारिदियो ।भ्रष्टहरुमात्र बढारिन पर्नेमा आन्तरिक द्वन्दकै कारण हुनुपर्छ धेरै आशा लाग्दा अनुहारहरु पनी बढारिए ।
भाद्र २३/२४ को आन्दोलनको राजनीतक दलहरुलाई एउटा महत्त्वपुर्ण सन्देश दियो अब यथास्थितिमा देश चल्दैन । दुईमध्ये कुनै एउटा बाटो रोज "सच्चिने कि सकिने" ।
नेपाली कांग्रेसभित्रको परिवर्तन चाहने युवाहरुले पार्टी भित्रको मतभिन्नताकाबीच जेनजि आन्दोलनको भावनालाई बुझेर विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन गर्दै आफुलाई सच्याउने भन्दै चुनावमा होमियो। तर नयाँ नेतृत्वले सोचे अनुरुप आम मतदाताको बिश्वास जित्न सकेन। कार्यकर्ताको उत्साह, उर्जा मतमा परिणत भएन किन त? (तर के पनि सत्य हो भने पुरानै नेतृत्वमा चुनावमा गएको भए यो भन्दा पनी नराम्रो परिणाम आउने सुनिश्चित थियो।)
किन त? यहि प्रश्नको उत्तर खोज्ने सेरोफेरोमा यो आलेख रहने छ।

१)रबि लामिछानेमाथि एकोहोरो प्रहार
सहकारी संस्थाहरुको काम कर्तब्य र भुमिकाको बारेमा जानकारी नभएको वा सहकारी नपुगेको ठाउँ सायदै होला। सहकारी को सदस्य हुन, बचत गर्न र ऋण लिन कुन कुन प्रक्रिया अपनाउनु पर्छ भन्ने प्रयास सबैलाई थाहा भै सकेको छ । सहकारीको सदस्य नभएको ब्यक्तिलाई सहकारीले ऋण दिंदैन भनेर सबैले बुझेका छन्। छानबिन आयोगले पनि रबि लामिछाने कुनै पनि सहकारीको सदस्य नभएको र कुनै सहकारीबाट ऋण पनि नलिएको भनेर प्रतिबेदन पनि दिईसकेको अवस्थामा पनि रबि लामिछाने सहकारी ठग हो भनी अप्रमाणित कुरालाई लिएर संसदमा गगन थापाको एकोहोरो अलापलाई जनताले  पत्याएनन् ।
रबिमाथी एकोहोरो प्रहार भै रह्यो। संसदमा उनलाइ सफाइ दिने मौका समेत दिइएन। सहकारी काण्ड कमजोर बन्ने देखिएपछी सम्पत्ति शुद्धिकरण, संगठित अपराध आदि जस्ता अभियोग लगाई उनको संसद पद निलम्बन मात्र गरिएन जिल्ला-जिल्लामा मुद्दा दर्ता गर्दै जेल चलान गरियो । यसले रबि लामिछानेमाथि जबर्जस्ती अन्याय गरिंदै छ भन्ने  जबर्जस्त छाप आम जनता पर्यो भने यसको सम्पूर्ण दोष गगन थापा र नेपाली कांग्रेस माथी पर्यो । फलस्वरूप पार्टी कार्यकर्ता माझ गगन लोकप्रिय भएपनी आम जनताले उनको भुमिकालाई मन पराएनन् । रबि लामिछाने प्रति व्यापक सहानुभूति बढदै गयो ।खोइ त प्रमाण ? भन्ने प्रश्नको सामना अहिले पनि गगन थापाले गरिरहनु परेको छ भने भोलिका दिनमा पनि यो प्रश्नको सामना गर्नु पर्नेछ ।त्यसैले यो प्रश्नको जवाफ जनतालाई चित्त बुझ्ने किसिमले कांग्रेस सभापति गगन थापाले दिनुपर्नेछ ।
२) ७ बुदे सम्झौतामा र महामन्त्री गगनको भुमिका
तत्कालीन गृहमन्त्री रबि लामिछाने रोष्टमबाट कुर्लन्छन्  फलानो फलानो भ्रष्टाचारको फाइल खुल्दैछ, भुटानी शरणार्थी काण्डको ठुलै माछा समातिए समातिदैछन आदि इत्यादि । भोलि पल्टै मध्यरातमा भाउजुले दाइ शेर बहादुरको हात समातेर 'केपि बा' कहाँ पुर्याउनु हुन्छ। पार्टी पङ्ति कसैसंग सल्लाह नै नगरी नयाँ सरकार बनाउने सहमति हुन्छ । दाई महान त्यागी बन्दै प्रधानमन्त्रीको पद 'केपि बा' लाई चढाउनु हुन्छ । आ-आफ्नै पार्टी पङ्तिलाई र जनतालाई बेवकुफ बनाउन संविधान संशोधन लगायत ७ बुँदे सहमती भनिन्छ । वास्तवमा त्यो मध्यरातमा बन्दकोठाभित्र अस्वभाबिक तरिकाले भएको सहमति आफू र आफ्नाहरु भ्रष्टाचारको केसमा समातिदैछन् भन्ने डरले आफू र आफ्नाहरुलाई बचाउन भएको थियोे र जनताले त्यसरी नै बुझे । तर त्यति ठूलो  निर्णय हुँदा पनि किन यो अप्रत्याशित निर्णय? पार्टिभित्र किन छलफल गरिएन? मध्यरात, त्यो पनि कुनै ब्यापारीको घरमा किन? आदि कुनै प्रश्न गरिएन नेतृत्वसंग। प्रश्न गरेको आम जनताले सुनेनन्।अरुको त कुरै भएन महामन्त्रीहरुको मौनताले कांग्रेस शुभेच्छुक बुद्धिजीवी लगायत आम मतदातालाई समेत क्षुब्ध बनायो ।
रबि लामिछानेको पद गयो । जेल बसे । उनिप्रति आम जनताको सहानुभूति र बिश्वास बढदै गयो । यता भने शेरबहादुर र गगन थापामा के नै फरक रहेछ र दुबै उस्तै भन्ने छाप आम जनतामा पर्यो। त्यसपछी भए गरेका भ्रष्टाचारका काण्डमा र भएको भनिएको ७ बुँदे सहमतिको सरकार बनाउने एउटा सहमतिबाहेक अरु कुनै बुँदामा काम नहुँदा पनि महामन्त्रीको मौनताले  आम शुभेच्छुकहरुमा कांग्रेस प्रती बितिष्णा बढाउने काम गर्यो। जसको परिणाम यो निर्वाचनमा देखियो ।यसको जवाफ पनि पार्टी सभापति गगन थापाले दिनुपर्नेछ ।
३) महाधिवेशन र विशेष महाधिवेशनको कथा तत्कालीन नेतृत्वको सत्ता मोहले आम जनतामा कांग्रेसको साख गिर्दै गएको बुझेका शेखर कोइरालाले  झन्डै एक/ढेड वर्ष अघिदेखि नै ८२ मंसिरभित्रै १५ औं महाधिवेशन गर्नुपर्छ भन्ने दबाब लेखेर बोलेर गरिरहेका थिए ।महामन्त्रीहरुलाइ क्रियाशिल सदस्यताको काम टुङ्याउन जिम्मेवारी पनि दिइएको थियो सायद। तर बहुमत केन्द्रीय समिति र सम्भवत महामन्त्रीहरु समेत ८२ मंसिरमा महाधिवेशन गर्ने मुडमा देखिएनन्। दबाब बढाउन शेखर कोइरालाले आफुसंग बिचार मिल्ने साथिहरुलाई विशेष महाधिवेशनको लागि हस्ताक्षर अभियान चलाउन सुझाव दिनुभयो र त्यही अनुसार  हस्ताक्षर अभियान बढदै गयो । केन्द्रीय समितिले वास्तै गरेन । त्यही बिचमा भाद्र २३/२४ को घटना घट्यो ।त्यसपछि मात्र महामन्त्रीहरु तातो लाग्यो र महाधिवेशन वा विशेष महाधिवेशन भन्न थाले । शेरबहादुरजि जिम्मेवारी छोडेर उपचारार्थ भन्दै हिडे । कार्यवाहक सभापतिले आलटाल गर्दै महिनौ बिताए । अब विशेष महाधिबेशनको बिकल्प रहेन । शेखर कोइराला चाहान्थे केन्द्रिय समितिले नै विशेष महाधिवेशन गराओस्।अन्यथा पार्टी फुटने सम्भावना रहन्छ। केन्द्रीय समितिले अधिबेशन वा विशेष अधिबेशन नगर्ने निर्णय नै गरेपछि शेखर मध्यमार्गी बाटो खोज्न चाहन्थे तर महामन्त्री लगायत विशेष महाधिवेशन पक्षहरू पछि हटन मानेनन् ।अन्तिम अवस्थासम्म पनि केन्द्रीय समितिले अपनत्व लिइदेओस भन्ने प्रयत्न भने शेखर कोइराला लगायत महामन्त्रीहरुले नगरेका होइनन, नभएको होइन। तर उल्टो प्रतिक्रिया देखायो केन्द्रीय समितिले । परिणाम बिधिबश विशेष महाधिवेशन भयो । महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गर्यो। सरोकारवाला निकायबाट मान्यता पनि पायो । कार्यकर्ता र शुभेच्छुकहरुलाई उत्साहित पनि बनायो । तर पुरानो नेतृत्व जो कांग्रेस रहे रहोस नरहे नरहोस् तर हामी भने रहनुपर्छ भन्ने सोच भएकाहरु निर्वाचन आयोग हुँदै अदालत पुगे जसले गर्दा कांग्रेसभित्रको द्वन्द्व छताछुल्ल हुन पुग्यो। जसको परिणाम निर्वाचनमा देखियो।
विशेष महाधिवेशनको अन्तमा शेखर कोइरालाको भुमिकाको पनि आलोचना हुन पुग्यो। आफ्नै सल्लाहमा अघि बढेको विशेष महाधिवेशन (भलै त्यो केन्द्रीय समितिलाइ महाधिवेशन छिटो गर्न दवाव स्वरुप अघि बढाइएको किन नहोस्) मा दवावले काम नगरेपछी वहाँ अन्तिम दिन विशेष महाधिवेशनमा जानू पर्थ्यो। यदि त्यहाँ आफुपनी जाँदा पार्टी फुटछ कि भन्ने डर ले त्यहाँ नजानुभएको सम्म त ठिकै बुझ्न सकिन्छ तर विशेष महाधिवेशनको परिणाम आइसकेपछी शेखर कोइराला जस्तो कांग्रेसभित्रको सम्मानित 'टल पर्सनालिटी' जसप्रती विशेष महाधिवेशन पक्षधरहरुको मात्र नभै आम कांग्रेस शुभेच्छुकहरुले समेत आशा र भरोसा गरेका नेता विशेष महाधिवेशनको बिरुद्ध लुरुलुरु निर्वाचन आयोग गएको अधिकांश शुभेच्छुकहरुले मनपराएनन्। नेपाली कांग्रेसको भावी सभापति भनेर अधिकाशंले रुचाएका पात्र शेखर कोइरालाको यो कदमलाई अस्वाभाविक कदमको रुपमा लिइयो। यसले पनि निर्वाचन परिणाममा फरक पारेको छ ।
जे भएतापनी बिशेष महाधिवेशनको बिजारोपण शेखर कोइरालाबाट नै भएको हुँदा  र १५ औं महाधिवेशन पछिको सभापति भनेर आफुले पहिला नै घोषणा गरिसकेको हुँदा निर्वाचनमा वहालाई अघि लगाएरै हिडौं भन्ने सोच नयाँ नेतृत्वमा आइदिएको भए र शेखर कोइरालाले यसलाई स्वीकार गरिदिएर संयुक्त रुपमा शेखर गगनको टोलि मेची महाकालीको छोटो चुनावी भ्रमण गरिदिएको भए अबस्य पनि परिणाम यो भन्दा धेरै राम्रो हुने थियो भन्ने पङ्तिकारको बुझाइ छ। यसतर्फ पनि कांग्रेस नयाँ नेतृत्व ले पुनर्बिचार गर्नुपर्ने छ ।
यसको अलावा निर्वाचनको मुखमा शेरबहादुरको घरमा जलेको पैसा वारे पत्रकारहरुले सोधेको प्रश्नमा स्मेत जवाफ दिन नयाँ नेतृत्वको हिच्किचाहटले समेत कांग्रेसप्रति मतदाता रुष्ट बन्न मद्दत पुगेको देखियो। यसको पनि स्पष्ट वक्ता भनेर चिनिएका सभापति गगन थापाले जवाफ दिनुपर्नेछ।
अन्तमा, विशेष महाधिवेशन नगरी पुरानै नेतृत्व लिएर पार्टी चुनावमा गएको भए अहिलेको राप्रपाको हबिगत हुने निश्चित थियो । परिवर्तनको भोक कांग्रेसका युवाहरुमा रहेको  र नेतृत्वको गलत क्रियाकलापको बिरुद्ध उभिन सक्छन् भन्ने विशेष महाधिबेशनको सन्देशले कार्यकर्तामा केही उर्जा थपिएको कारण पार्टी दोस्रो नम्बरमा रहन सफल भएको हो । यो अधिबेशनले नेतृत्व परिवर्तन नगरेको भए पार्टीका आधा मतदातालाई सुर्य चिन्हमा मतदान गर्ने आदेश हुने थियो र पार्टिको अस्तित्व मात्र मेटिने हैन कांग्रेसको इतिहास नै मेटिने अबस्था थियो । तसर्थ यो विशेष अधिवेशनले कार्यकर्तालाई उर्जा दिएको मात्र हैन शुभेच्छुकहरुमा समेत आश र भरोसा बढेको छ । त्यसैले यो चुनावी परिणामलाई हेरेर नेतृत्वले पद छोडने कुरा बिल्कुलै उचित हुँदैन । बरु बिगतका कमिकम्जोरिलाइ सुधार गर्दै  यथाशिघ्र शेखर कोइरालालाई साथमा लिएर १५ औं महाधिवेशन जाने र  नयाँ कार्यादेश लिएर थप उर्जासहित जनताकोमा जाने सुगम बाटो अपनाउनु उचित हुनेछ । नेपाली कांग्रेसको गौरवशाली ईतिहास र बीपी कोइरालाको बलिदानीपुर्ण संघर्ष (ईतिहास) सम्झेर  तदनुरुप काम गर्दै जनतामा जान सके कांग्रेसको भबिस्य उज्ज्वल छ।
कि अधिकम !!!
(लेखक बीपी बिचार समाज मकवानपुरका अध्यक्ष हुन्)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार