Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विचार

मकवानपुरको एसईई नतिजा-२०८१ संक्षिप्त बिश्लेषण र समिक्षा

Ramesh-Sir.-1752487987.jpg

✍️ रमेश प्रसाद लामिछाने

१. मिति २०८१ साल चैत ७ गते देखि १९ गते सम्म संचालित माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईईको नतिजा मिति २०८२ असार १३ गते साँझ प्रकाशित भयो । देशभर २०७९ र जापानमा १ वटा समेत कूल २०८० केन्द्रहरुबाट नियमित तर्फ छात्र २,११,८५७ र छात्रा २,०९,७०५ साथै अन्य २३ जना गरि साधारण तर्फ जम्मा ४,२१,५८५जना सहभागी रहेको परीक्षा बोर्डले उल्लेख गरेको छ । परीक्षा बोर्डका अनुशार बिगतकाबाट ग्रेडबृद्धिगर्नेहरु छात्र ३४,५७० र छात्रा ४०,९६२ साथै अन्य ७ समेत यो शिर्षकमा ७५,५३९ जना सहभागी भएका थिए । त्यस्तै प्राविधिक तर्फ छात्र ९,८४८ र छात्रा ७,०६३ गरि जम्मा १६,९४७ जना यो परीक्षामा सहभागी भएका थिए । उल्लेखित तिनै शिर्षकबाट कूल छात्र २,५६,३११ जना र छात्रा २,५७,७३० साथै अन्य ३० जना समेत जम्मा ५,१४,०७१ जना परिक्षार्थी भएको बोर्डले जनाएको छ । परीक्षा बोर्डका अनुशार नियमित तर्फ साधारण र प्राविधिक गरि जम्मा ४,३८,५३२ जना परिक्षार्थीहरु मध्ये ३.६ देखि ४.० सम्म जिपिए ल्याउने विद्यार्थी संख्या ४८,१७७ जना अर्थात १०.९८ प्रतिशत ३.२ देखि ३.६ सम्म जिपिए ल्याउने ८१,३८५ जना अर्थात १८.५५ प्रतिशत, २.८ देखि ३.२ सम्म जिपिए ल्याउने ८९,१२४ जना अर्थात २०.३२ प्रतिशत,२.४ देखि २.८ सम्म जिपिए ल्याउने ४८,४७९ जना अर्थात ११.०५ प्रतिशत त्यसै गरि २.० देखि २.४ सम्म जिपिए ल्याउने ४,१२६ अर्थात ०.९४ प्रतिशत र १.६ देखि २.० सम्म जिपिए ल्याउने मात्र ८ जना अर्थात ०.००१८ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका  अर्थात कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । बाँकीरहेका १,६७,५९७ अर्थात ३८.२१ प्रतिशत विद्यार्थीहरु ननग्रेडेड भएका छन् । समग्रमा गत वर्षको भन्दा यो नतिजा १३ प्रतिशत बढि विद्यार्थीहरु ग्रेडेड भएकाले पनि सकारात्मक र सुधारोन्मुख रहेको स्पष्ट देखिन्छ । 
२. कुनैबेला मकवानपुर जिल्लाको शैक्षिक स्तरीयताको चर्चाले सिङ्गो राष्ट्रकै ध्यानाकर्षण गरेको तथ्य हामी बिर्सन सक्दैनौ । जिल्ला भित्र पनि हेटौंडा नगरको शिक्षा ब्यवस्था र यहाँको परीक्षा प्रणालीले शिक्षा मन्त्रालय समेत प्रभावित भएको र उदाहरण दिंदा हेटौंडाका स्कूल जस्ता भन्ने गरेको हामी सबैको सामु छर्लङ्ग छ । पछिल्ला वर्षहरुमा यहाँको शिक्षा ब्यवस्था र परीक्षा अनि नतिजा समेत ओरालो लाग्दै गएको र सन्तोषप्रद नभएको टिप्पणी बाहिर आईरहेका छन् । मकवानपुरमा संस्थागत ३७ र सामुदायिक १०१अनि खुल्ला १ समेत गरि १३९ वटा विद्यालयबाट, शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरको तथ्याङ्क अनुशार साधारण तर्फ ५,६५८ जना र प्राविधिक तर्फ २२९ जना गरि कूल जम्मा ५,८८७ जना परीक्षार्थीहरु सहभागी भएकोमा साधारण तर्फ २,६६२ अर्थात ४७.०४ प्रतिशत र प्राविधिकधारतर्फका ९७ जना अर्थात ४२.३५ प्रतिशत गरि जम्मा २७५९ जना विद्यार्थीहरु  अर्थात ४६.८६ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भै कक्षा ११ मा प्रवेशका लागि योग्य भएका छन् । बाँकी साधारणतर्फका २९९६ जना र प्राविधिक तर्फका १३२ जना गरि जम्मा ३,१२८ जना अर्थात ५३.१४ प्रतिशत विद्यार्थीहरु ननग्रेडेड भएकाले अर्को परीक्षाको परिक्षार्थी बन्ने तथ्याङ्क बाहिर आएको छ । गत वर्ष भन्दा राष्ट्रिय नतिजा १४ प्रतिशतले बृद्धि हुँदा यस जिल्लाको समग्र नतिजामा ११ प्रतिशतले सुधार भएको पाईएता पनि संस्थागत विद्यालयहरुको नतिजाले (८६.३६ %) कुल प्रतिशत बृद्धिमा उलेख्य योगदान गरेको भन्न सकिन्छ । संस्थागत विद्यालयहरुको नतिजा शत प्रतिशत अपेक्षा गरिएता पनि सो हासिल नदेखिनु भनेको चिन्ताजनक त हो नै । त्यस्तै सामुदायिक तर्फ पनि कम्तिमा राष्ट्रिय नतिजा त भेट्नै पर्दथ्यो , सो हुन नसक्नु गम्भिर चुनौतिका रुपमा लिनै पर्दछ । 
३. मकवानपुरका पालिकागत सामुदायिक विद्यालयहरुको एसईई नतिजा-२०८१
क्रम         पालिका              सहभागी स्कूल      परिक्षार्थी    ग्रेडेड संख्या    ग्रेडेड प्रतिशत       कैफियत
१         हेटौडा उपमहानगर            २८                  २,११५         १,०६९             ५०.५४            ४ जिपिए १ जना
२         थाहा नगर                         ११                     ३६५          ११९                 ३२.६    
३         मकवानपुरगढि गापा           १०                      २१३          ९३                 ४३.६६    
४         मनहरि गाउँपालिका            ९                      ३६८          ९४                २५.५४     
५         ईन्द्र सरोबर गापा                ६                      १०५           ३८                  ३६.२    
६         भिमफेदी गापा                    ८                      १९६           ४६                 २३.४७    
७         कैलाश गाउँपालिका            ६                       १६१           ४५                 २७.९५    
८         बकैया गाउँपालिका             १२                      ४११           ७४                १८.०    
९         बागमती गापा                      ५                      २७७          ४६               १६.६    
१०       राक्सीराङ्ग गापा                    ६                      १८६           १२               ६.४५    
                जम्मा                           १०१                   ४३९७     १६३६               ३७.२    
उल्लेखित तथ्याङ्क सम्वन्धित पालिकाले प्रकाशन गरेको सूचनामा आधारित रहेको छ । सामुदायिक  विद्यालय तर्फ मकवानपुर गढी वडा नं. ५ स्थित शारदा माध्यमिक विद्यालयबाट सहभागी २५ जना विद्यार्थीहरु सबैजना ग्रेडेड हुन सफल भै उक्त विद्यालयले शतप्रतिशत सफल नतिजा हासिल गरेको छ । त्यस्तै हेटौंडा उपमहानगर वडा नं.५ स्थित बालज्योति माध्यमिक विद्यालय, पिप्लेबाट छात्रा अस्मिता घिमिरेले ४.० जिपिए ल्याउन सफल भएकि छन् । राष्ट्रिय ग्रेडेड प्रतिशत ६१.८६ भन्दा माथि नतिजा ल्याउने विद्यालयहरुमा हेटौंडा उपमहानगरका ७ वटा विद्यालयहरु वडा नं.१७ स्थित बालबोध मावि बाट ३३ जना सहभागी भएकोमा २७ जना ग्रेडेड भै ८१.८२ प्रतिशत,वडा नं.९ स्थित प्रगति माविबाट ११९ जना सहभागीमध्ये ९६ जना ग्रेडेड भै ८०.६७ प्रतिशत, वडा नं.५ स्थित बालज्योति माविबाट १०३ जना सहभागीमध्ये ७७ जना ग्रेडेड भै ७४.७६ प्रतिशत, वडा नं. ४ स्थित आधुनिक राष्ट्रिय माविबाट ३९९ जना सहभागी भएकोमा २७५ जना ग्रेडेड भै ६८.९२ प्रतिशत, वडा नं. २ स्थित सिद्धार्थ माविबाट सम्मिलित १४१ जना मध्ये ९४ जना ग्रेडेड भै ६६.६७ प्रतिशत, वडा नं.१६ स्थित जनप्रिय मावि हटियाबाट १३५जना सम्मिलित मध्ये ८८ जना ग्रेडेड भै ६५.१८ प्रतिशतर वडा नं. ४ स्थित भूटनदेवी माविबाट सम्मिलित २४४ जना मध्ये १५६ जना ग्रेडेड भै ६३.९३ प्रतिशत सफल भएका छन् । बाँकी सबै विद्यालयहरु राष्ट्रिय ग्रेडेड प्रतिशत भन्दा कम विद्यार्थी ग्रेडेड गराउने सूची अन्तर्गत परेका छन् । त्यस्तै थाहा नगरपालिकाको सुन्दरी देवी मावि, बकैया गाउँपालिकाका प्रशिद्ध मावि र कालिका मावि,मनहरि गाउँपालिकाको सीता मावि र राक्सीराङ्ग गाउँपालिकाका प्रजा जागृति मावि,कालिका मावि , मावि देवीटार समेत गरि जम्मा ७ वटा विद्यालयहरु नील भएका छन् । साथै उल्लेखित पालिकागत तालिकाबाट मकवानपुरका सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर स्पष्ट बुझ्न सकिने बिश्वास गरिएको छ ।  
४.  त्यस्तै संस्थागत तर्फ मकवानपुरका १० वटा स्थानियतहहरु मध्ये हेटौंडा उपमहानगरका २८ वटा विद्यालयबाट १,१२२ जना सहभागी भएकोमा ९६९ जना विद्यार्थी ( ८६.३६ %) ग्रेडेड  र थाहा नगरका ६ वटा विद्यालयहरुबाट  सहभागी १३० जना विद्यार्थीमध्ये ९८ जना (७५.३८%) ग्रेडेड अनि मनहरि गाउँपालिकाका ३ वटा विद्यालयहरुबाट ६१ ज्ना सम्मिलित मध्ये ४८ जना (७८.६९%) ग्रेडेड भएका छन् । जिल्लाका  संस्थागत विद्यालयहरु ३७ वटाबाट जम्मा सम्मिलित विद्यार्थीहरु १,३१३ जना मध्ये १,११५ जना (८४.९२%)  ग्रेडेड भएका छन् । संस्थागतहरुमध्ये शतप्रतिशत सफल गराउने विद्यालयहरुमा बालजागृती ई.बो.स्कूल हेटौंडाबाट सहभागी ९० जना सबै ग्रेडेड, सुनगाभा ई.बो.स्कूल चौघडाबाट सहभागी २१ जना सबै ग्रेडेड, त्यस्तै मकवानपुर बाल विद्या सदन बाट सम्मिलित १८ जना सबै ग्रेडेड र जेम्स ई. बो. स्कूलबाट सहभागी १८ जना सबै ग्रेडेड भएका छन् । त्यस्तै ४.० जिपिए ल्याउन सफल नवोदय शिशु सदन हेटौंडाबाट २ जना, बालजागृति ई. स्कूलबाट १ जना , सोलीड्यारिटी ई. स्कूलबाट १ जना गरि जम्मा ४  जना विद्यार्थीहरु रहेका छन् । त्यस्तै हेटौंडा नगरका ४ वटा संस्थागत विद्यालयहरु रिलाईन्स ई. बो. माविबाट सहभागी २२ जना मध्ये १२ जना मात्र ग्रेडेड (५४.५५%), हेटौंडा मोडर्न आमाविबाट सम्मिलित १३ जना मध्ये ६ जना मात्र ग्रेडेड(४६.१५%),उज्वल शिशु निकेतन माविबाट १३ जना सम्मिलित मध्ये ५ जना मात्र ग्रेडेड (३८.४६%) र फ्याम्कोल एकेडेमी माविबाट सहभागी १७ जना मध्ये ६ जनामात्र (३५.२९%) ग्र्रेडेड भएकाले राष्ट्रिय ग्रेडेड प्रतिशत भन्दा कम विद्यार्थी ग्रेडेड गराउने सूची अन्तर्गत परेका छन् । 
५. अन्तमा, माथि उल्लेखित बिवरणबाट मकवानपुरको शैक्षिक स्तर प्रशंशनीय छैन भन्नै पर्दछ । नतिजा राम्रो हुँदा जस लिन प्रतिस्पर्धा गर्ने महानुभावहरु, कमजोर नतिजाको पनि जिम्मेवार बन्नै पर्दछ  । प्रत्यक्षतः शिक्षक र विद्यार्थी नै सतहमा देखिएता पनि विद्यालयको प्रशासक, ब्यवस्थापन समिति, पालिकाको शिक्षा शाखा, जनप्रतिनिधिहरु, शिक्षा विकास तथा समन्वय ईकाई, अभिभावक वर्ग, सबैले पदिय जिम्मेवारी अनुशार जस अपजस बोक्नै पर्दछ । हालका अवस्थामा स्थानिय सरकारकै चासो र सक्रियतामा कतिपय पालिकाको नतिजामा बिगतमा भन्दा सुधार भएकोलाई सकारात्मक रुपमा लिनै पर्दछ । राम्रा काम र असल अभ्यास जहाँबाट भए पनि प्रशंशा र प्रोत्साहनका साथ अनुसरण गर्नाले नतिजा स्तरीय बन्न सक्ने बिश्वास गर्न सकिन्छ । सरोकारवर्गको थप चासो र सक्रियता अनि सरकारको प्राथमिकता नै शिक्षा सुधारका आधारस्तम्भ हुन् ।  जग बलियो नभै घर मजबुत हुन्न भन्ने भनाई यहाँ बिर्सन सकिन्न । प्रथमिक तहका कक्षाहरु नै उपल्लोतहका नतिजाका आधारहुन् । तसर्थ, कक्षा १ देखि नै बिशेष चासो र लगानी बृद्धि गर्ने हो भने कक्षा १० मा राम्रो नतिजाका लागि कक्षा ९ मा नै रेटेर लानुपर्ने स्थिति आउँदैन । माथिल्ला कक्षामा प्रविधिको प्रयोगले शिक्षण सिकाईलाई आकर्षक र स्तरीय बनाउँदै लगेको त जगजाहेर नै छ । यसैगरि नतिजा सुधारका सबालमा हतार नगरी गम्भिरतापूर्वक योजनावद्ध रुपमा लाग्ने हो भने अपेक्षित नतिजा हासिल गर्ने बिश्वास गर्न सकिन्छ ।
(लेखक बंशगोपाल मावि, हेटौंडा ६ का पूर्व प्रधानाध्यापक हुन् ।)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार