Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

रक्षादेवी टोलको नमूना अभियानका लागि फूलसहितका गमला हस्तान्तरण

Screenshot_20230808_16343-1691491830.jpg

२३ साउन, हेटौंडा । हेटौडा-६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको 'नमूना टोल अभियान' का लागि फूलसहितका गमला हस्तान्तरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाले टोल विकास संस्थाका अध्यक्ष रमेश कुमार बानियाँलाई धुपी लगायतका फूलसहितका ७० वटा गमला हस्तान्तरण गरेकी हुन् ।
सुन्दर एवं विकसित हेटौंडा बनाउने आफ्नो योजना रहेको बताउँदै मेयर लामाले रक्षादेवी टोलको कामको प्रशंसा गरिन् । उपमेयर राजेश बानियाँले नवजीवन ज्योति क्लवले टोललाई नमूना बनाउने अभियान थालेकोमा संस्थाको कामलाई उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा हेटौडा-६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, नवजीवन जयोति क्लबका अध्यक्ष राजकुमार बास्तोला, निवर्तमान अध्यक्ष श्रीराम पुडासैनी, टोल विकास संस्था हेटौंडा ६ नम्बर वडा समन्वय समितिका सचिव राजकुमार फुँयाल, टोल विकासका प्रतिनिधि, स्थानीय लगायतको सहभागिता थियो ।
नवजीवन ज्योति क्लबको सहयोगमा रक्षादेवी टोल विकास संस्थालाई २०८१ साल जेठ २२ गते विश्व वातावरण दिवसको दिन नमुना टोल घोषणा गर्ने कार्यक्रम छ ।

Screenshot_20230808_16351-1691491832.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

तराई मधेशमा अझै पाँच दिन तातो हावा चल्ने
Capture-1713789483.JPG

१० बैशाख, हेटौंडा । तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले...

थप समाचार