१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको विक्रि शुभारम्भ गरेको छ । बागमती प्रदेशका प्रदेश सभा सदस्य एवं पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले दुग्धजन्य पदार्थ विक्रि वितरण शुभारम्भ गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बानियाँले दुग्धजन्य पदार्थको विविधिकरणमार्फत आयआर्जन अभिबृद्धिमा लाग्नु सुखद भएको भन्दै यसलाई बृद्धि गर्दै लैजान आग्रह गरे । उनले पशुपालक कृषकको हितका लागि यस्ता कार्यले सहयोग गर्ने भएकाले आफ्नो तर्फबाट नीतिगत सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कृषकहरुमाफ उपस्थित हुन पाउँदा आफु आनन्दित भएको भन्दै कृषक हितका लागि संस्थाले गर्ने कार्यमा आफ्नो सहयोग रहने बताए । संस्थाका अध्यक्ष शिव प्रसाद सन्जेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादे, हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, सल्लाहकार श्रीराम खतिवडा, सहकारीका सचिव कृष्णप्रसाद दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य सरिता सापकोटा, बिजय पौडेल, लेखराज ढकाल, जिल्ला दुग्ध संघका सदस्य इन्द्र प्रसाद खतिवडा, गरिबी निवारण साकोसका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, बंशगोपाल दुग्ध सहकारी संस्थाका उपाध्यक्ष केशब धिताल, टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णु ढुंगाना सहकारीका कार्यसमिति, सल्लाहकार, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो । हेटौंडा ६ नम्बर वडा कार्यालयले दुग्धजन्य पदार्थको विविधिकरणका लागि ५ लाख रुपैैया सहयोग गर्ने जनाएको छ ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















