१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको विक्रि शुभारम्भ गरेको छ । बागमती प्रदेशका प्रदेश सभा सदस्य एवं पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले दुग्धजन्य पदार्थ विक्रि वितरण शुभारम्भ गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बानियाँले दुग्धजन्य पदार्थको विविधिकरणमार्फत आयआर्जन अभिबृद्धिमा लाग्नु सुखद भएको भन्दै यसलाई बृद्धि गर्दै लैजान आग्रह गरे । उनले पशुपालक कृषकको हितका लागि यस्ता कार्यले सहयोग गर्ने भएकाले आफ्नो तर्फबाट नीतिगत सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कृषकहरुमाफ उपस्थित हुन पाउँदा आफु आनन्दित भएको भन्दै कृषक हितका लागि संस्थाले गर्ने कार्यमा आफ्नो सहयोग रहने बताए । संस्थाका अध्यक्ष शिव प्रसाद सन्जेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादे, हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, सल्लाहकार श्रीराम खतिवडा, सहकारीका सचिव कृष्णप्रसाद दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य सरिता सापकोटा, बिजय पौडेल, लेखराज ढकाल, जिल्ला दुग्ध संघका सदस्य इन्द्र प्रसाद खतिवडा, गरिबी निवारण साकोसका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, बंशगोपाल दुग्ध सहकारी संस्थाका उपाध्यक्ष केशब धिताल, टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णु ढुंगाना सहकारीका कार्यसमिति, सल्लाहकार, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो । हेटौंडा ६ नम्बर वडा कार्यालयले दुग्धजन्य पदार्थको विविधिकरणका लागि ५ लाख रुपैैया सहयोग गर्ने जनाएको छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







