१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाली टोली श्रीलंकासँग पराजित भएको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलाबार भएको खेलमा नेपाली टोली श्रीलंकाको यु–२३ टोलीसँग ६ विकेटले पराजित भएको हो। घरेलु टोलीले पहिले ब्याटिङ गर्दै दिएको १ सय ७३ रनको लक्ष्य पाहुना टोली श्रीलंकाले १९.१ ओभमा मात्र ४ विकेट गुमाएर भेटाउन सफल भएको हो।
लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले पहिलो ३ विकेट ४९ रनमा गुमाएको थियो। आक्रामक ब्याटिंग गरेका ओपनर पाथुम निस्संका ३० रन बनाएर सोमपाल कामिबाट आउट भए पछि लगातार विकेट गुमेको थियो। पाथुमले १२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। त्यसपछि कामिन्दु मेन्डिस १ रन, चरिथ असलंका ६ रन बनाएर आउट भएका थिए।
तेश्रो विकेटको लागि निशान फर्नान्डो र शम्मु अशानले ९१ रनको साझेदारी गर्दै श्रीलंकालाई बलियो स्थितिमा पु¥याएका थिए। ४२ बलमा ५ चौका र १ छक्का मदतले ४६ रन बनाएका फर्नान्डोलाई पवन सर्राफले १७ औं ओभरमा क्याच आउट गराएका थिए। श्रीलंकाका लागि उत्कृष्ट इनिंग खेलेका अशानले अविजित ७२ रन बनाउ। अशानले ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। अशेन बान्डाराले अविजित १४ रन बनाउँदा १ चौका र १ छक्का प्रहार गरे।
बलिङतर्फ नेपालका पवन सर्राफले सर्वाधिक २ विकेट विकेट हात पार्दा सोमपाल कामी र सुशन भारीले समान १÷१ विकेट लिए।
यस अघि खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रनको योगफल बनाएको थियो। नेपालको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ७२ रन बनाए। ४४ बल खेलेका दीपेन्द्रले ४ चौका र ३ छक्का प्रहार गरे। पवन सर्राफले २२, बिनोद भण्डारी र ज्ञानेन्द्र मल्ल समान २१ रन तथा आरिफ शेखले १९ रन बनाएका थिए।
नेपालको सुरुवात राम्रो हुन सकेको थिएन। १ रन बनाएका पारस खड्का दोश्रो ओभरमा कभिस्का अन्जुलाबाट विकेटकिपरबाट क्याच आउट भएका थिए। त्यसपछि आरिफ शेख १९ तथा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर पवेलियन फर्किएका थिए।
चौथो विकेटको लागि दिपेन्द्र ऐरी र बिनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे। ५६ रनको साझेदारी गरे पछि बिनोद २१ रनमा बोल्ड भए। पाँचौ विकेटका लागि दिपेन्द्रले पवनसंग ६२ रनको साझेदारी गरे ।
साभार ः नागरिकन्यूज
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















