Google Photo
डा. प्रकाश पौड्याल
जनरल फिजिसियन (नेपाल नेसनल अस्पताल)
सामान्यतया चिसो मौसममा वातावरण प्रदूषण हुने र हावामा ब्याक्टेरीया रहने हुँदा अन्य समयको तुलनामा यो समयमा स्वास्थ्य जटिलता धेरै देखिन्छन् । वृद्धवृद्धा, बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन् । छातीको समस्या भएका व्यक्तिमा रोग बढेर जाने जोखिम रहन्छ ।
रुघाखोकी
सामान्यतया यस समय रोगका कीटाणु हावामा तैरिरहने भएकाले रोगको संक्रमण छिटो हुने गर्छ । रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिमा रुघाखोकीको संक्रमण छिटो हुन्छ । यो एउटा भाइरल संक्रमण हो । रुघाखोकी एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुँदा धेरैजना प्रभावित हुन्छन् । बालबालिका (शिशुहरू), वृद्धवृद्धाको विशेष ख्याल राख्नुपर्छ । शरीरलाई न्यानो राख्न सकेमा भाइरल संक्रमणबाट बच्न सकिन्छ ।
निमोनिया
निमोनियाबाट प्रायः दुई वर्षमुनिका बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । निमोनिया भाइरस ब्याक्टेरिया र फंगल्सका कारण हुने गर्छ । निमोनिया हुँदा रुघाखोकी र स्वासप्रश्वासको पनि समस्या आउने हुँदा उपचारमा जटिलता हुने गर्छ ।
फोक्सोमा संक्रमण
जाडो मौसममा फोक्सोको संक्रमण बढ्ने सम्भावना अत्यधिक हुन्छ । वायुमण्डल चिसो हुने हुँदा रोगका कीटाणु बढी समय सक्रिय रहन्छन् । खासगरी स्वासप्रश्वासका बिरामी वृद्धवृद्धामा फोक्सोमा समस्या देखिन सक्छ । उनीहरूमा प्रतिरोधी क्षमता पनि स्वतः कम हुने हुँदा बढी प्रभावित हुने गर्छन् ।
श्वास–प्रश्वासमा समस्या
श्वास–प्रश्वासको समस्या भएका व्यक्तिका लागि चिसो मौसम निकै कष्टकर हुने गर्छ । खासगरी दम, आस्थमा र अन्य समस्या यो मौसममा बल्झिन सक्छन् । थोरै काम गर्दा पनि दम फुल्ने, काम गर्न गाह्रो हुने, सास फेर्नै समस्या हुनेजस्ता जटिलता देखापर्छन् । दम धेरै बढेमा मुटुमा पनि समस्या देखिने हुँदा दमका बिरामीले जाडोको मौसममा स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ ।
हृदयाघात
जाडो मौसममा हृदयाघातको जोखिम पनि बढेर जाने गर्छ । चिसोले गर्दा रगतमा कोलेस्ट्रोल, सिपिआर, फ्रिब्रिनोजेन र फ्याक्टर सेभेनजस्ता तत्व बढेर जान्छन् । जसले गर्दा नसा खुम्चिन्छ र हृदयाघातको जोखिम बढेर जान्छ ।
कसरी स्वस्थ रहने ?
- चिसो लाग्नबाट बच्नका लागि न्यानो पारेर बस्नुपर्छ । बालबालिका र वृद्धवृद्धालाई पनि न्यायो लुगा लगाइदिनुपर्छ । तर, कोठा न्यानो बनाउँदा उचित भेन्टिलेसन पनि राख्नुपर्छ, अर्थात् कोठा गुम्स्याएर राख्नुहुँदैन ।
- गाउँघरमा न्यानो बनाउन आगो ताप्ने चलन छ । आगो बाल्दा कोठा बन्द राख्नु हुँदैन । धुवाँमा कार्बनमोनोअक्साइड हुने हुदाँ शरीरमा प्रतिकूल असर पर्छ ।
- बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्स्याउनुहुँदैन । भित्रभित्रै तातो भएर पसिना आँउछ र त्यसैको चिसोले अन्य समस्या निम्त्याँउछ ।
- बिहानको समयमा हिँड्डुल गर्नुपरेमा बाक्लो लुगा लगाउनुपर्छ ।
- भाइरल संक्रमण भएका व्यक्तिबाट टाढै बस्नुपर्छ ।
- झोलिलो खानेकुरा र भिटामिन सीयुक्त फलफूल बढी सेवन गर्नुपर्छ ।
- छाला सुक्खा हुनबाट बचाउन मोस्चराइजरको प्रयोग गर्नुपर्छ । चिसोका कारण धेरै नुहाउने गर्नुहँुदैन । यसले छालामा समस्या देखिन सक्छ ।
- श्वासप्रश्वासका बिरामीले स्वास्थ्यको बढी ख्याल गर्नुपर्छ । केही समस्या देखिएमा चिकित्सकको परामर्श लिन सकिन्छ ।
साभार : नयाँपत्रिका
१० बैशाख हेटाैडा । हेटाैडा - ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २७ औ...
१० बैशाख, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाता भित्र महिला प्रहरीका निर्माण भएको आवासीय व्यारेकको...
१० बैशाख, हेटौंडा। हेटौंडा ६ गौरीटारमा रहेको रंगशालाको उद्घाटन गरिएको छ । बुधबार बिहान एक कार्यक्रमका बीच...
१० बैशाख, हेटौंडा। हेटौंडाको तिन वटा वडा जोड्ने दुईवटा कल्भर्ट पुलको उदघाटन गरिएको छ । सोमबार बिहान हेटौंडाका...
१० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा...
१० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन बुधबार प्रतितोला सात हजार ५०० रुपैयाँले घटेको हो...
१० बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आज बाट सुरु गर्ने भनिएको कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई...
१० बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले कोशी...
९ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले २२५ बोतल अवैध लागूऔषध ओनेक्ससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले...
५ बैशाख,हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको...
२९ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा १६ मा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बिहीबार राति धरान चतरा...
३० चैत, हेटौंडा ।हेटौंडामा बि लेवलको स्नोकर प्रतियोगिताको आयोजना गरिएको छ। हेटौंडा स्नोकर हाउसको आयोजनामा...
२७ चैत, हेटौंडा। मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ। बुधबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया...
३१ चैत, हेटौंडा ।मकवानपुरको हेटौंडा १ मा रहेको हेटौँडा अस्पतालको नाम परिवर्तन गरिएको छ। आइतबार बिहान युवाहरूको...
३१ चैत, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा १८ भक्तिचोकमा मोटरसाइकल र बस ठोक्किदा दुर्घटना...
२ बैशाख, हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा ...
३१ चैत, हेटौंडा । भोजपुरको भोजप नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ...
३० चैत, सिमरा । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा झडप भएपछि विरगंजको छप्कैया चोक अशान्त बनेको...