Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

दशैंमा मासु खाँदा ध्यान दिनुपर्ने कुराहरू

masuka-parikar01-1698039371.jpg

६ कार्तिक, हेटौंडा । नेपालीहरूको ठूलो चाड दशैंको महाअष्टमीको दिन घर घरमा मार हानेपछी हरेकजसो मांशहारी घरमा मासुका परिकारहरु धेरै पाक्ने गर्दछन् ।
मासु खाँदा धेरैको के चलन छ भने ‘दशैंमा त खाने हो नी खाने’ भन्दै आफ्नो स्वास्थ्यको ख्यालै नगरी खाने । तर, हाम्रो यही बानीले हाम्रो स्वास्थ्य बिग्रन्छ र हामी बिरामी पछौँ । दशैंमा हामीले खानपिनमा सामान्य ध्यान नदिँदा दशैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा पनि उल्लेख्य वृद्धि हुन सक्छ ।
एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केहि पौष्टिक पोषण नपाइने चिकित्सकहरू बताउँछन् । रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरा बढ्न सक्छ ।
दशैंमा मासु खाँदै नखाने भनेर रोक्न सकिँदैन ।  तर, खाँदा सावधानी अपनाएर खानुपर्छ । बासी नखाने, मासु मात्र नखाने, त्यसमा सागसब्जी र गेडागुडी पनि समावेश गर्ने । माछाले बरु त्यति धेरै असर गर्दैन । दशैंमा मासु खाँदा के–के कुरामा ध्यान दिनुपर्ने हुन्छ तल बताईएको छ ।   

१. रातो हैन सेतो मासु खानुस् 
दशैंमा माछा मासुको प्रयोग अत्याधिक हुन्छ । धेरैका घरमा खसीबोका र च्याङ्ग्रा काटिन्छन् । माछा मासुमा पनि दशैंमा रातो मासुको प्रयोग ज्यादा हुन्छ । रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ । यस्तो मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ । यसले मुटु रोगीलाई सबै  भन्दा बढी हानी गर्छ भने निरोगीलाई पनि मुटु रोगको खतरा निम्त्याउँछ । सेतो मासु भन्नाले कुखुरा, माछा, अष्ट्रिज लगायतको मासुलाई जनाउँछ ।

२. छालायुक्त मासु नखानुस्
छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमाचिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ। यसले पनिविभिन्न रोगहरुलाई निम्तो दिन्छ ।

३. मसलाको प्रयोग कम गर्नुस्
दशैंको परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ । चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित हुँदैन ।

४. धुम्रपान र मद्यपान नगर्नुस्
दशैंको बाहनामा धेरै धुम्रपान र मद्यपान नगर्दा नै बेस हुन्छ । रोगी मान्छेले त झन् बिल्कुल गर्नु हुँदैन । धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ । मद्यपानले मुटुरोगको खतरा बढाउँछ । झन् रोगी त त्यसबाट टाढा नै बस्दा राम्रो हुन्छ ।

५. ड्राइफुड र कोल्ड ड्रिंक्स कम गर्नुस्
दशैंका बेलाचिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ । यसैगरी विभिन्न कोल्ड ड्रिंक्स, आइसक्रिम, मह, जाम, केकलगायत पनि खानु मधुमेहका रोगीहरुलाई हानिकारक छ । सुगर, प्रेसर र मुटुका बिरामीलाई पनि यसले लाभ गर्दैन ।

६. फुड प्वाइजनबाट जोगिनुस्
प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय भएकाले आराम बढी गरिने हुँदाहामीले खाएको खानेकुरा अपचभएर धेरै बिरामी पनि हुने गरेको पाइने गरेको छ । खानपिनकै कारण दशैं दशा बनेको कतिपय उदाहरण छन्। चाडवाडमा आम नेपालीहरुले चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउने गरेको पाइन्छ । तर, तिनीहरूले मात्रा नमिलाई खाँदा शरीरलाई हानिगर्ने गर्छ ।

७. शाकाहारीमा जोडदिनुस्, व्यायाम गर्नुस्
दशैंमा खानाको मात्रा एकनास हुँदैन । धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै कामगर्नेले थोरै खानुपर्छ । कामकम, माम धेरै गर्नुहुँदैन । शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ । तर, नियन्त्रित रूपमा माछा मासु खाएमा हानि हुँदैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संसदीय सुनुवाइ समितिको बैठक बस्दै
1671007837-zowj1-1784599188.jpg

५ साउन, हेटौंडा । संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ । राज्य...

नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै
nepali-cricket-team-2-1784598805.jpg

५ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी...

जिप दुर्घटनामा दुई जनाको मृत्यु
accident.-1784597421.jpg

५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784596740.jpg

५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...

कांग्रेस मकवानपुरद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Messenger_creation_5BF4EC-1784554041.jpg

४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...

आज साउनको पहिलो सोमबार
pashupatinath-saune-somba-1784516026.jpg

४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...

एमबाप्पेलाई लगातार दोस्रो पटक ‘गोल्डेन बुट’
GettyImages-2284678444-sc-1784514603.jpg

४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...

स्पेनलाई विश्वकप २०२६ को उपाधि
Argentina-Spain-WCup-Socc-1784514303.jpg

४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...

भारी वर्षाको सम्भावना
water-1784513893.jpg

४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

थप समाचार