Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पुरुष क्रिकेटमा नेपालको फाइनल प्रवेश सम्भावना कायमै

N8B8d3QiDxHVzoDiSeDc-1575680883.jpg

२० मंसिर, हेटौंडा । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार माल्दिम्स विरुद्ध जित निकाल्दै नेपालले फाइनल प्रवेशको सम्भावनालाई पनि जीवितै राखेको छ ।
नेपालले शुक्रबार माल्दिभ्समाथि ८४ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धात् ि२० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो ।
करण केसीले ४० रन, उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३९, विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९ रन बनाए । यस्तै आरिफ शेखले १७ रन जोड्दा पूर्वकप्तान पारस खड्काले ११ रनको योगदान दिए । माल्दिभ्सका लिम शफिगले सर्वा्धिक ३ विकेट लिए ।
जवाफमा माल्दिभ्सले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागी सुशन भारी र ललित राजवंशीले समान २÷२ विकेट लिए भने पवन सर्राफले १ विकेट लिए ।
यसअघि, बिहीबार नेपालले भुटानमाथि १४१ जित निकालेको थियो भने मंगलबार श्रीलंकासित ६ विकेटले पराजित भएको थियो । तीन खेलमा दुई जित निकालेको नेपाल अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार