हिन्दूधर्मावलम्बीहरुले शिवको पूजा आरधना गरी शिवरात्री मनाउँछन् । भगवान् ब्रह्माले रूद्ररूपि शिवजीलाई उत्पन्न गरेको दिनको रुपमा शिवको पूजा आरधना गरिन्छ । आजकै दिन शिव पार्वतीको विवाह भएको थियो । नेपालमा पशुपतिनाथ मन्दिर परिसर तथा देशैभरका शिवमन्दिरहरुमा यस दिन भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।
सृष्टिकालमा आज भगवान् शिव मध्यरात्रीकालमा ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएको विश्वास गरिन्छ । शिवले ताण्डव नृत्य गर्दै तेस्रो नेत्र खोल्दा त्यसबाट निस्किएको ज्वालाले ब्रह्माण्डलाई समाप्त पार्ने प्रलयकालका रुपमा आजको दिनलाई लिइन्छ । आजकै दिनबाट ब्रम्हाले पनि नयाँ वैदिक शक्तियुक्त श्रृष्टिको शुरुवात गर्दछन् । त्यसैले यस पर्वलाई महाशिवरात्री भनिएको हो । महाशिवरात्रीकै रात शिव पार्वतिको विवाह भएको विश्वास गरिने हुँदा, आज राती शिवजीको जन्ती निकालिन्छ ।
कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा पनि मनाउने गरेका छन् । निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमायुक्त किर्तन गरी शिवरात्रीको ब्रत उत्सव मनाइन्छ । शिवरात्रीलाई धार्मिक अनुष्ठानको राजा दिन भनिन्छ । शिवरात्रीका बेला पूजन वा शिवार्चनमा इशानमूर्तिको दूधले स्नान गरिन्छ भने अघोरमूर्तिमा दहिले स्नान गराइन्छ ।
त्यस्तै वामदेवमूर्तिलाई घिउले र सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ ।शिवभक्तहरुले कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार वटा रात्रीहरु विशेष रुपमा मनाउँदछन् । उक्त रात्रीमध्ये सवैभन्दा महत्वपूर्ण र पवित्र भएकाले शिवरात्रीलाई महाशिवरात्री भन्ने गरिएको हो । शिवले महाशिव महादेव र रात्री शब्दले अज्ञानतायुक्त अन्धकार बुझाउँदछ ।
त्यहि अज्ञानतायुक्त अन्धकारबाट मुक्त हुन शिवरात्रीका दिन शिवभक्ति गर्नुपर्ने मान्यता छ । शिवरात्रीलाई कष्टकर जीवन विताईरहेका समस्त प्राणीका हृदयमा शिव भाव छर्ने र उनीहरुको सुखमय दिनको शुरुवातको रेखा कोर्ने दिनका रुपमा लिइन्छ । व्रतोत्सवहरु मध्ये सर्वोत्तम मानिएको महाशिवरात्रीका दिन उपवास बसी ॐ नमः शिवायू मन्त्र जपेमा, सर्वसिद्धी लाभ हुने विश्वास छ । यसो गर्दा यमलोक जानु नपर्ने धार्मिक विश्वास गरिन्छ ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















