Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विचार

यसकारण हेटौँडा प्रदेश राजधानी

Bijaya-1578664633.jpg

विजया श्रेष्ठ के.सी.

प्रदेश सभा ३ को हिउँदे अधिवेशन यही पुस २१ गतेबाट शुरु भै रहेको छ । पुग नपुग ४ महिनापछि शुरु भै रहेको यो अधिवेशनलाई प्रदेशले मात्र नभएर सिंगो राष्ट्रले उत्सुकताका साथ हेरिरहेको छ । कारण यही अधिवेशनमा प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको टुंगो लाग्नेछ भन्ने धेरैलाई विश्वास छ ।
२३ गते दिउँसो ३ बजे शुरु भएको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदन माथि औपचारिक छलफल शुरु भएको छ । २०७५ असार २६ गते नै टेबुल गरिएको र २०७६ बैशाख ३१ गते सभामुख सानुकुमार श्रेष्ठले सदनमा स्थायी राजधानी र नामाकरण टुंग्याउन कार्यविधि पेश गरेका थिए । प्रदेशसभाबाटै प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समिति गठन भएको थियो र समितिले प्रतिवेदन समेत पेश गर्यो । तर प्रतिवेदनमाथि ढिलै भएपनि छलफल शुरु भई टुंगोमा पुग्ने कुरालाई धेरैले राम्रो संकेतको रुपमा लिएका छन् ।
राजधानीबारे छलफल गर्दा विविध विचारहरु आएका छन् । यसै सिलसिलामा मेरो मनमा पनि तमाम प्रश्नहरु उठेका थिए र मैले आफुले आफैलाई प्रश्न गर्दा ३ नम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौँडा नै उपयुक्त हो भन्ने लाग्यो ।
पूर्व प्रधानमन्त्री सम्मानीय शेरबहादुर देउवाको नेतृत्वको सरकारले गहन अध्ययन, अवलोकन, विज्ञहरुको सुझाव अनुसार राष्ट्रको हित हुने दरदृष्टि र दिर्घकालिन दृष्टिकोणले हेटौँडालाई अस्थायी राजधानी तोकेको कुरा सर्वविदितै छ । हाल नेकपाको बहुमतको सरकारले पछि सोही कुरालाई सरकारलाई हेटौँडा राजधानी राख्न निर्देशन दिएको कुरा हामीले सुन्यौ । संविधानको धारा २८८ (२) ले प्दान गरेको प्रदेशसभाको अधिकार हनन गरिएकोमा विरोध र खेद प्रकट गर्यौं । किनभने बृहत छलफलबाट प्रदेशको राजधानी र नामाकरण सर्वसम्मतबाट निर्णय हुनुपर्छ भन्ने मान्यता हाम्रो थियो र हामी प्रतिपक्षले पनि यो विषय टुंगो लगाउन सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने हामी सबैको धारणा रहेको छ ।
अर्को कुरा यो दुई तिहाईको प्रदेश सरकारले पूर्व सरकारले गरेको उचित निर्णयलाई अवलम्बन गरी त्यसैलाई निरन्तरता दिने निर्णय स्वागत योग्य छ जो राष्ट्रहितको पक्षमा छ । अनेक विचार, शंका उपशंका उठ्नु, बहस हुनुपर्छ जो भएको छ तर समितिले दिएको ५ वटा जिल्लाहरु काभ्रे, मकवानपुर, भक्तपुर, चितवन र नुवाकोटमध्ये मकवानपुर नै उत्तम हुनेछ भन्ने जनधारणा पनि आईसकेको छ ।
प्रदेशको अस्थायी राजधानी हेटौँडामा करिब डेढ लाख जनसंख्या भएको पुरानो हरित नगरी हो । यति मात्रै नभई विगतमा पाँच विकास क्षेत्र मध्ये मध्यमाञ्चल विकास क्षेत्रको रसुवादेखि बारासम्मको १९ जिल्लाको सदरमुकाम पनि रहेको सबैलाई अवगत नै छ । यस अर्थले पनि रणनीतिक दृष्टिले पनि स्थायी राजधानी हेटौँडा नै उपयुक्त छ । सुरक्षाको दृष्टिकोणले पनि प्रहरी र सेनाको प्रदेशस्तरीय कार्यालय समेत मकवानपुरमा रहेको दजर्नौ क्षेत्रीय कार्यालयहरुका सुविधा सम्पन्न भवनहरु रहेकोले राजधानीका लागि आवश्यक पूर्वाधारको पनि पर्याप्तता रहेको छ । हेटौँडा राष्ट्रियता, स्वाधिनता र अखण्डताको लागि पनि राजधानीका लागि उपयुक्त छ ।
व्यक्तिगत हिसाबले हेर्ने हो भने सबै माननीयहरुका लागि प्रदेशको राजधानी पनि काठमाडौं नै उपयुक्त स्थान हो । त्यहाँ हरेक सुख सुविधा छ, धेरै माननीयहरुको निवास छ तर राष्ट्रको समग्रीविकासको लागि, संघीयताको कार्यान्वयनका लागि व्यक्तिगत सुविधा न्यून स्थानमा रहन्छ ।
दुई बर्ष अस्थायी राजधानी हेटौँडामा भै सकेको छ र केही पूर्वाधार पनि निर्माण भैसकेको र धेरैको मनस्थिति पनि हेटौँडामा भएकाले राजधानी सारिरहनु पनि राष्ट्रलाई आर्थिक व्यय भार अवश्य पर्ने छ । दुई बर्षसम्म अस्थायी मनस्थिति, अस्थायी सरकार जस्तो अनुभव गरेको जनताले फेरी दुई ति बर्ष त्यही मनस्थिति र अन्यौलको वातावरणमा गुज्रनुपर्नेछ भन्ने कुरा विज्ञहरु भन्दछन् । सरकारको राम्रो प्रयासलाई हामी सबैले सहयोग गर्नुपर्ने हाम्रो कर्तव्य हो भने जनहित विपरितको कार्यलाई खबरदारी र बिरोध गर्नु हाम्रो कर्तव्य हुन्छ । स्थायी राजधानी बनाउने कार्यलाई सघाउने हाम्रो कर्तव्य हो र हेटौँडा नै राजधानी बनाउनु जरुरी छ भन्ने मेरो धारणा छ ।
kc.bijaya@gmail.com (उनी नेपाली कांग्रेसकी प्रदेशसभा सांसद हुन् ।)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार