प्रेम विडारी (हेटौँडा–५ सानोपोखरा)
२ माघ । कुरा पुस २७ गतेको हो । विहान ९ बजेतिर खाना खाने बेला थियो । खाना खानु अघि नुहानु पर्यो भनेर म बाथरुममा पसें । बाथरुममा पसेर ढोका बन्द गरें, सानो भन्टिलेशन भने खुल्ला थियो । म गिजरबाट धेरै तातो पानी आउने भएकाले तातो पानीमा केही चिसो पानी मिसाएर नुहाउन थालें । बाथरुम एकछिनमा बाफले भरियो । नुहाउने क्रममा एक पटक साबुन लगाएर पखालेकोसम्म मलाई थाहा छ ।
त्यसपछि म अचेत भएछु । मलाई नुहाउने क्रममा असजिलो भएको त्यस्तो कुनै महसुस भएको थिएन । खाना खाने बेला भएको र म नुहाउन गएर नफर्किएकाले श्रीमतिले मलाई बोलाईछिन् । तर म नबोलेपछि उनी भान्साबाट बाथरुमकै ढोका नजिक आएर बोलाईछन् । नबोलेपछि ढोका फुटाएर हेर्दा मलाई अचेत देखेपछि हतार हतार बाथुरुमबाट बाहिर निकालेर एम्बुलेन्समा राखेर चुरेहिल हस्पिटलमा पुर्याएछन् । त्यहाँ पुर्याउँदा त थोरै ढिलो भएको भए ज्यान जाने अवस्था रहेको चिकित्सकले मलाई लैजानेहरुलाई सुनाएछन् । त्यहाँ ३ घण्टा उपचार गरेपछि मलाई चितवन लगियो । चितवन लैजाँदा समेत म अर्धचेत अवस्थामा थिए । अहिले म ठिक छु तर मृत्युको मुखमा पुगेर फर्किएको रहेछु ।
केही दिन एकान्तमा नबस्नु, मानिसहरु भएको ठाउँमै रहनु भन्ने सुझाव चिकित्सकको छ । यसअघि करिब २० दिन अघि गिजर प्रयोग गरेर नुहाउँदा पनि मलाई बाथरुममा रिंगटा लागेको थियो । मैले अन्य कुनै रोग हो कि भनेर जाँच पनि गराएँ । तर बाथरुममा ग्याँस गिजर प्रयोग गर्नु भनेको विष सेवन गर्नु बराबर रहेछ । चिकित्सकको मेडिकल रिपोर्टमा पनि ‘पोईजन’ भनेर लेखेको देखेपछि त मलाई लाग्यो ग्याँस गिजर प्रयोग गरेर नुहाउँदा मन्द विष सेवन गरिरहेको हुँदोरहेछौं ।
चिकित्सकका अनुसार ग्याँस गिजरमा पानी तात्ने क्रममा कार्बनमोनोअक्साइड ग्याँस उत्पन्न हुन्छ । बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए निस्सासिएर नुहाउने व्यक्तिको मृत्यु हुने रहेछ । गिजर प्रयोग हुँदा प्रोपेन ग्याँस भारी हुने भएकाले भुइँमा बस्ने र अक्सिजन कम भएर कार्वनमोनो अक्साईड ग्याँसको निर्माण हुने र यसले नुहाउने मानिसले स्वासप्रस्वासका क्रममा ‘मन्द विष’ सेवन गरी मृत्युसम्म हुने रहेछ ।
मेरो सबैलाई सुझाव सकभर ग्याँस गिजर प्रयोग नै नगर्नु र गर्नै परे ढोका बन्द नगरी नुहाउने वा पानी अन्य उपायबाट तताएर प्रयोग गर्दा राम्रो हुन्छ ।
(विडारीसंग गरिएको कुराकानीको आधारमा)
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...
११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...
१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण गरेकाे छ । हेटाैडा-६...
१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...
१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...
९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...


















