प्रेम विडारी (हेटौँडा–५ सानोपोखरा)
२ माघ । कुरा पुस २७ गतेको हो । विहान ९ बजेतिर खाना खाने बेला थियो । खाना खानु अघि नुहानु पर्यो भनेर म बाथरुममा पसें । बाथरुममा पसेर ढोका बन्द गरें, सानो भन्टिलेशन भने खुल्ला थियो । म गिजरबाट धेरै तातो पानी आउने भएकाले तातो पानीमा केही चिसो पानी मिसाएर नुहाउन थालें । बाथरुम एकछिनमा बाफले भरियो । नुहाउने क्रममा एक पटक साबुन लगाएर पखालेकोसम्म मलाई थाहा छ ।
त्यसपछि म अचेत भएछु । मलाई नुहाउने क्रममा असजिलो भएको त्यस्तो कुनै महसुस भएको थिएन । खाना खाने बेला भएको र म नुहाउन गएर नफर्किएकाले श्रीमतिले मलाई बोलाईछिन् । तर म नबोलेपछि उनी भान्साबाट बाथरुमकै ढोका नजिक आएर बोलाईछन् । नबोलेपछि ढोका फुटाएर हेर्दा मलाई अचेत देखेपछि हतार हतार बाथुरुमबाट बाहिर निकालेर एम्बुलेन्समा राखेर चुरेहिल हस्पिटलमा पुर्याएछन् । त्यहाँ पुर्याउँदा त थोरै ढिलो भएको भए ज्यान जाने अवस्था रहेको चिकित्सकले मलाई लैजानेहरुलाई सुनाएछन् । त्यहाँ ३ घण्टा उपचार गरेपछि मलाई चितवन लगियो । चितवन लैजाँदा समेत म अर्धचेत अवस्थामा थिए । अहिले म ठिक छु तर मृत्युको मुखमा पुगेर फर्किएको रहेछु ।
केही दिन एकान्तमा नबस्नु, मानिसहरु भएको ठाउँमै रहनु भन्ने सुझाव चिकित्सकको छ । यसअघि करिब २० दिन अघि गिजर प्रयोग गरेर नुहाउँदा पनि मलाई बाथरुममा रिंगटा लागेको थियो । मैले अन्य कुनै रोग हो कि भनेर जाँच पनि गराएँ । तर बाथरुममा ग्याँस गिजर प्रयोग गर्नु भनेको विष सेवन गर्नु बराबर रहेछ । चिकित्सकको मेडिकल रिपोर्टमा पनि ‘पोईजन’ भनेर लेखेको देखेपछि त मलाई लाग्यो ग्याँस गिजर प्रयोग गरेर नुहाउँदा मन्द विष सेवन गरिरहेको हुँदोरहेछौं ।
चिकित्सकका अनुसार ग्याँस गिजरमा पानी तात्ने क्रममा कार्बनमोनोअक्साइड ग्याँस उत्पन्न हुन्छ । बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए निस्सासिएर नुहाउने व्यक्तिको मृत्यु हुने रहेछ । गिजर प्रयोग हुँदा प्रोपेन ग्याँस भारी हुने भएकाले भुइँमा बस्ने र अक्सिजन कम भएर कार्वनमोनो अक्साईड ग्याँसको निर्माण हुने र यसले नुहाउने मानिसले स्वासप्रस्वासका क्रममा ‘मन्द विष’ सेवन गरी मृत्युसम्म हुने रहेछ ।
मेरो सबैलाई सुझाव सकभर ग्याँस गिजर प्रयोग नै नगर्नु र गर्नै परे ढोका बन्द नगरी नुहाउने वा पानी अन्य उपायबाट तताएर प्रयोग गर्दा राम्रो हुन्छ ।
(विडारीसंग गरिएको कुराकानीको आधारमा)
२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...
२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...
२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, गण्डकी प्रदेश...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...
२४ कार्तिक, काठमाडौं। मध्यरातमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी उपचारको...
२४ कार्तिक, हेटौंडा । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार...
२४ कार्तिक, हेटौंडा। कक्षा १२को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले...
२४ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री नेकपा (एमाले) मा फर्कने...
२४ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । कोशी प्रदेश र गण्डकी प्रदेशका...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
११ कार्तिक, हेटौंडा। हेटौंडा १० कर्रा खोलामा डुबेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । मंगलबार बिहान...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
१२ कार्तिक, सल्लेरी। सोलुखुम्बुको लोबुचेमा हिउँमा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको छ। बुधबार बिहान पर्यटक लिन...
२२ कार्तिक, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बाघले आक्रमणमा परेर दुई ओटा बाख्रा खाएको छ ।...
१२ कार्तिक, हेटौंडा । सप्तरीमा छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर सप्तरीमा एकजनाको मृत्यु भएको छ । मृत्यु...
१४ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य थयावत राखेको छ...
११ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ घटेको हो । नेपाल...











-1761633654.jpg)




-1761227295-1761703255.jpg)

