७ माघ, हेटौँडा । कोठा तताउन हिटर प्रयोग गर्दै हुनुहुन्छ भने सावधानी अपनाउनु जरुरी रहेको छ । मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिर्सोटमा कोठा तताउन प्रयोग गरिएको हिटरका कारण अचेत भई ८ जनाको ज्यान गएसंगै यस्तो सावधानी अपनाउनु जरुरी देखिएको हो ।
जाडोयाममा हिटर प्रयोग गरी कोटा तताउने क्रम बढ्ने गरेको छ । हिटर प्रयोग नगर्दा बर्षेनी धेरेको ध्यान जाने गरेको छ । मंगलबार पनि रिसोर्टको कोठा नम्बर १०४ मा बसेका पर्यटकले कोठा तताउन हिटर प्रयोग गरेका थिए । झ्याल, ढोका बन्द गरेर हिटर चलाएका उनीहरु मंगलबार विहान ९ः३० बजे कोठा खोलेर हेर्दा अचेत अवस्थामा भेटिएका थिए ।
यो पनि पढ्नुस्
ग्याँस गिजरमा नुहाउँदा मृत्युको मुखमा पुगेका विडारीको अनुभव
कोठामा सुतेका दुई पुरुष, दुई महिला र ४ बालबालिका अचेत भेटिएका थिए । एकजनाको होटलमै र बाँकी ७ जनालाई काठमाडौंको ह्याम्स हस्पिटल पुर्याउने वितिकै चिकित्सकले मृत घोषित गरेका थिए । हस्पिटलको आकस्मिक सेवा विभागका अनुसार उनीहरुको होटलमै मृत्यु भईसकेको थियो ।
यस्तो छ खतरा
हिटर प्रयोग गर्दा उत्पन्न हुने आगोले कोठामा अक्सिजनको खपत बढी हुन्छ र कार्बन डाइअक्साइडको मात्रा बढ्छ । यही क्रममा कार्बन मोनोअक्साइडसमेत बन्छ । मन्द विषको रुपमा लिईन रङ र गन्धहिन कार्बन मोनोअक्साइडका कारण मानिसको मृत्यु हुने गरेको छ । कहिलेकाही रिगटा लागेको वा वाकवाकी लागेपनि कतिपय अवस्थामा मानिस लठ्ठिएको जस्तो हुने र अचेत भई मृत्यु हुने गरेको छ । सुतेको अवस्था थाहै नपाई अधिकांशको मृत्यु हुने गरेको चिकित्सकहरुको अनुभव छ । हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्यास गिजर, खाना पकाउने ग्यास, स्टोभ प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ ।
यस्तो छ समस्या
टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, असावधानीका कारण अचेत भई मृत्यु हुने
कसरी जोगिने ?
सानो र हावा ओहोरदोहोर नहुने कोठामा आगो नबाल्ने, बन्द कोठामा हिटर अन गरेर नगर्ने, हिटर बालेर नसुत्ने, मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका हिटरको प्रयोग नगर्दा राम्रो, हिटरको प्रयोग गर्नुको सट्टा बाक्लो सिरक ओड्ने
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















