देबकी गौतम
एक पटक स्वामि बिबेकानन्दसंग केहि सन्त महन्त ज्यु हरुले प्रश्न गर्नु भएछ कि स्वामीज्यु हजुर सधैं युबाको मात्रै बिकासको कुरो ,युवाको मात्रै चर्चा गर्नु हुन्छ कहिले काहि त महिलाको बिकासको कुरा पनि गर्नु पर्यो । त्यस पछि स्वामि ज्युले उहाँहरुलाई केहि उपाय सोचेर भोलि आउनको लागि भनेर बिदा दिनु भएछ । भोलि पल्ट जम्मा हुनु भएका सन्तज्युहरुलाई केहि उपाय पत्ता लगाउनु भयो त तपाईहरुले भनेर प्रश्न गर्नु हुँदा,सबै महन्तज्युहरुले केहि उत्तर पाईएन, महिला जहिले अज्ञानि छन, पछाडि छन, यिनिहरुको प्रगतिको कुरा गर्नु बढो मुश्किल रहेछ । भन्ने उत्तर पाऊनु भयो । तव स्वामी बिवेकानन्द ज्युले भन्नु भयो, यदि साच्चै महिलाको स्तर उन्नति र प्रगति चाहने हो भने जम्मा ३ वटा कुरा गर्नु सर्वप्रथम महिलालाई शिक्षामा पुर्ण पहुच पुर्याउनु , मन लागेजति पढ्न दिनु त्यसपछि उनिहरु वास्तबमै के गर्न ,के बन्न चाहन्छन त्यो आफै लाई सोच्न दिनु र तेस्रो नम्बरमा त्यो आंटेको कुरा गर्न दिने हो भने मात्रै साच्चै महिलाको बिकास हुन्छ र मातृ शक्त्तिको बिकास र उन्नति भयो भने यो समाज ,राष्ट्र समृद्ध वन्छ भनेर भन्नु भएको प्रसङ्ग आज फेरि एक पटक नेपालको वर्तमान अवस्था र सन्दर्भमा मन भित्रै बाट सम्झन मन लाग्यो ।
बर्तमान परिपेक्षमा नेपालको संबिधानमा नारी र पुरुष बराबरी ,यीदुबैमा कुनैपनि आधारमा भेदभाव गरिने छैन भनिएको छ तर बिहान उठे देखि पल्लो घरको साईलि दिदी को कुरा होस ,वा एउटा कम्पनिमा काम गर्ने सरिताको कुरा होस अथवा दिनभरि पुरुष संगसंगै कोदालो खन्दा पनि ज्यालामा बिभेद गरिएको रिताको कुरा होस अथवा सामाजिक राजनैतिक क्षेत्रमा लागेर जिवन र जवानि सामाजिक कार्यमै निष्कलंक भएर काम गर्ने शिवमाया ,राममाया आदि नाम ,पात्र र परिबेश फरक फरक भएपनि नियतिले उनि हरुको कर्म क्षेत्र फरक ,फरक भएपनि नियतवस जहिले पनि कुनै न कुनै प्रकारका बिभेदमा परिरहेका छन िनारी हरु चाहे ति गाँउका हुन या शहरका , हुदा खाने हुन या हुनेखाने हुन, हिमालका हुन या तराईका ,पहाडका हुन या मधेशका महिला भएकै कारण उनीहरुको क्षमता माथि शंका गर्ने मानसिकता बोकेको नेतृत्व भएसम्म समानता सम्भव देखिएन ।
जवसम्म राजनितिक दल भित्रको संकुचित मानसिकता र ब्यत्तिलाई हेर्ने नजरियामा परिवर्तन हुदैन तवसम्म जति सुक्कै तिहाईको वा धार्निको सरकार आए पनि समग्र महिलाले अपनत्व लिने अवस्था देखिदैन दुइ चार जना जना छोरि बुहारी या नातागोता भएको आधारमा बिना क्षमता पदाशिन गराए भन्दैमा समग्र महिलाको बिकासमा जोडेर सन्तुष्टि मान्नुपर्ने उदाहरण बिरलै देख्न पाईन्छ । महिला भएकै कारणले कयौं शिबमायाहरु पाईला पाईलामा बिभेदमा छन् ।
अझै गहिरिएर हेर्ने हो भने समानता ,समता र सहभागिताको कुरा गरिरहदा यहा बिनाक्षमता र योग्यता पद र जिम्मेवारिको भारी थोपरेर राष्ट्रले एउटा सक्षम र लायकमान्छेको नेतृत्व पाउनबाट बन्चित होस भन्ने पक्षको बहस गर्ने खालको मान्छे म पनि हैन तर क्षमता भएका ब्यक्तिलाई महिला भएकै आधारमा अधिकारबाट बन्चितगराउदाको चित्त दुखाई मात्रै हो । अधिकारका लागि आन्दोलन, क्रान्ति र संघर्षको गीत गाएर नथाक्ने हाम्रो चलन र सँस्कार परेको वेला चरम पक्षपाती वन्छ र हरुका अधिकार अरुको अस्तित्व स्वीकार्न हच्किने पनि गरेको छ । आजको यो वेला ल्याउनका लागि नेपाली महिलाहरुले निर्वाह गरेको भुमिकालाइ नजरअन्दाज गर्ने चलन आजको होइन पुरानै हो तर यसलाइ सधैं स्थिर रहन नदिने कुरामा हाम्रो ऐक्यवद्धता र सक्रियता जरुरी छ ।
हाम्रो क्षमता र योग्यता माथि सधैं थरी थरीका प्रश्नहरु प्रहार गर्ने यो समाज र सस्कारलाइ खुलेआम चुनौती दिन हामीले धेरै पर्खालहरु नाघ्न जरुरी छ । पहिला हामीले सक्षम बन्ने र बनाउने यत्रामा इमान्दारीता नैतिकता र सक्रियता देखाउन जरुरी छ अनि त्यसपछि हाम्रो अधिकार र अस्तित्व प्राप्तीको निर्णायक तहमा महिलाको भुमिका स्थापित गर्नेतिर पनि ध्यान नदिने हो भने हाम्रा सन्न्ततिले हामीलाइ धिक्कर्न वाहेक केहि गर्छन जस्तो मलाइ लाग्दैन । हाम्रो आफनो लागि र आउने सन्ततिको लागि समेत हामीले सवै प्रकारका उल्झनहरुसंग जुध्ने हिम्मत गर्नुपर्छ किन कि शिवमायाको हार उनको मात्र होइन हाम्रो पनि हार हो ।
३ चैत, हेटौंडा । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...
३ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल...
३ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा...
३ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ...
३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
२ चैत, हेटौंडा । आगामी चैतको ३ गते काठमाडौँमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति...
२ चैत, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। एमाले केन्द्रीय...
२ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...
२५ फागुन, हेटौंडा । हेटौंडा-१ स्थित राप्ती खोलामा डुबेर हेटौंडा ५ पिप्लेका एक युवकको मृत्यु भएको छ । आइतबार...
१९ फागुन, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु...
२१ फागुन, हेटौंडा । बागमती प्रदेशको काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्ने...
१९ फागुन, हेटौंडा। हेटौंडा ७ न्युरेनी चिसापानि स्थित कर्रा खोलामा तटबन्ध निर्माण कार्यको शिलान्यास गरिएको छ।...
२६ फागुन, हेटौंडा। मकवानपुरमा सडक खन्ने क्रममा पहिरोमा परेर स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी...
१९ फागुन, हेटौंडा। हेटौंडाको टिसिएनचौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न भएको...
२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना...
२४ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा-६ नम्बर कार्यसमितिले शनिबार क्रियाशील जागरण तथा वनभोज कार्यक्रम...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...