देबकी गौतम
एक पटक स्वामि बिबेकानन्दसंग केहि सन्त महन्त ज्यु हरुले प्रश्न गर्नु भएछ कि स्वामीज्यु हजुर सधैं युबाको मात्रै बिकासको कुरो ,युवाको मात्रै चर्चा गर्नु हुन्छ कहिले काहि त महिलाको बिकासको कुरा पनि गर्नु पर्यो । त्यस पछि स्वामि ज्युले उहाँहरुलाई केहि उपाय सोचेर भोलि आउनको लागि भनेर बिदा दिनु भएछ । भोलि पल्ट जम्मा हुनु भएका सन्तज्युहरुलाई केहि उपाय पत्ता लगाउनु भयो त तपाईहरुले भनेर प्रश्न गर्नु हुँदा,सबै महन्तज्युहरुले केहि उत्तर पाईएन, महिला जहिले अज्ञानि छन, पछाडि छन, यिनिहरुको प्रगतिको कुरा गर्नु बढो मुश्किल रहेछ । भन्ने उत्तर पाऊनु भयो । तव स्वामी बिवेकानन्द ज्युले भन्नु भयो, यदि साच्चै महिलाको स्तर उन्नति र प्रगति चाहने हो भने जम्मा ३ वटा कुरा गर्नु सर्वप्रथम महिलालाई शिक्षामा पुर्ण पहुच पुर्याउनु , मन लागेजति पढ्न दिनु त्यसपछि उनिहरु वास्तबमै के गर्न ,के बन्न चाहन्छन त्यो आफै लाई सोच्न दिनु र तेस्रो नम्बरमा त्यो आंटेको कुरा गर्न दिने हो भने मात्रै साच्चै महिलाको बिकास हुन्छ र मातृ शक्त्तिको बिकास र उन्नति भयो भने यो समाज ,राष्ट्र समृद्ध वन्छ भनेर भन्नु भएको प्रसङ्ग आज फेरि एक पटक नेपालको वर्तमान अवस्था र सन्दर्भमा मन भित्रै बाट सम्झन मन लाग्यो ।
बर्तमान परिपेक्षमा नेपालको संबिधानमा नारी र पुरुष बराबरी ,यीदुबैमा कुनैपनि आधारमा भेदभाव गरिने छैन भनिएको छ तर बिहान उठे देखि पल्लो घरको साईलि दिदी को कुरा होस ,वा एउटा कम्पनिमा काम गर्ने सरिताको कुरा होस अथवा दिनभरि पुरुष संगसंगै कोदालो खन्दा पनि ज्यालामा बिभेद गरिएको रिताको कुरा होस अथवा सामाजिक राजनैतिक क्षेत्रमा लागेर जिवन र जवानि सामाजिक कार्यमै निष्कलंक भएर काम गर्ने शिवमाया ,राममाया आदि नाम ,पात्र र परिबेश फरक फरक भएपनि नियतिले उनि हरुको कर्म क्षेत्र फरक ,फरक भएपनि नियतवस जहिले पनि कुनै न कुनै प्रकारका बिभेदमा परिरहेका छन िनारी हरु चाहे ति गाँउका हुन या शहरका , हुदा खाने हुन या हुनेखाने हुन, हिमालका हुन या तराईका ,पहाडका हुन या मधेशका महिला भएकै कारण उनीहरुको क्षमता माथि शंका गर्ने मानसिकता बोकेको नेतृत्व भएसम्म समानता सम्भव देखिएन ।
जवसम्म राजनितिक दल भित्रको संकुचित मानसिकता र ब्यत्तिलाई हेर्ने नजरियामा परिवर्तन हुदैन तवसम्म जति सुक्कै तिहाईको वा धार्निको सरकार आए पनि समग्र महिलाले अपनत्व लिने अवस्था देखिदैन दुइ चार जना जना छोरि बुहारी या नातागोता भएको आधारमा बिना क्षमता पदाशिन गराए भन्दैमा समग्र महिलाको बिकासमा जोडेर सन्तुष्टि मान्नुपर्ने उदाहरण बिरलै देख्न पाईन्छ । महिला भएकै कारणले कयौं शिबमायाहरु पाईला पाईलामा बिभेदमा छन् ।
अझै गहिरिएर हेर्ने हो भने समानता ,समता र सहभागिताको कुरा गरिरहदा यहा बिनाक्षमता र योग्यता पद र जिम्मेवारिको भारी थोपरेर राष्ट्रले एउटा सक्षम र लायकमान्छेको नेतृत्व पाउनबाट बन्चित होस भन्ने पक्षको बहस गर्ने खालको मान्छे म पनि हैन तर क्षमता भएका ब्यक्तिलाई महिला भएकै आधारमा अधिकारबाट बन्चितगराउदाको चित्त दुखाई मात्रै हो । अधिकारका लागि आन्दोलन, क्रान्ति र संघर्षको गीत गाएर नथाक्ने हाम्रो चलन र सँस्कार परेको वेला चरम पक्षपाती वन्छ र हरुका अधिकार अरुको अस्तित्व स्वीकार्न हच्किने पनि गरेको छ । आजको यो वेला ल्याउनका लागि नेपाली महिलाहरुले निर्वाह गरेको भुमिकालाइ नजरअन्दाज गर्ने चलन आजको होइन पुरानै हो तर यसलाइ सधैं स्थिर रहन नदिने कुरामा हाम्रो ऐक्यवद्धता र सक्रियता जरुरी छ ।
हाम्रो क्षमता र योग्यता माथि सधैं थरी थरीका प्रश्नहरु प्रहार गर्ने यो समाज र सस्कारलाइ खुलेआम चुनौती दिन हामीले धेरै पर्खालहरु नाघ्न जरुरी छ । पहिला हामीले सक्षम बन्ने र बनाउने यत्रामा इमान्दारीता नैतिकता र सक्रियता देखाउन जरुरी छ अनि त्यसपछि हाम्रो अधिकार र अस्तित्व प्राप्तीको निर्णायक तहमा महिलाको भुमिका स्थापित गर्नेतिर पनि ध्यान नदिने हो भने हाम्रा सन्न्ततिले हामीलाइ धिक्कर्न वाहेक केहि गर्छन जस्तो मलाइ लाग्दैन । हाम्रो आफनो लागि र आउने सन्ततिको लागि समेत हामीले सवै प्रकारका उल्झनहरुसंग जुध्ने हिम्मत गर्नुपर्छ किन कि शिवमायाको हार उनको मात्र होइन हाम्रो पनि हार हो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















