रमेशप्रसाद लामिछाने
माघ १६ गतेलाई शहिद दिवस भनियो । माघ १० गतेदेखि १६ गतेसम्म नै शहिद सप्ताह मनाउने भनियो । कतै औपचारिकता पनि पूरा गरियो । पछिल्लो अवस्थामा शहिद ओझेलमा परेको अनुभूति सर्वत्र गरिएको छ । राष्ट्रका उच्च पदस्थ व्यक्तित्वलाई शहिदको स्मरण गर्ने फुर्सद देखिएन । शहिद कसलाई भन्ने विषय केहि चर्चामा आएकै हो । विभिन्न कारणले मृत्यु भएकालाई शहिद घोषणा गर भन्दैमा ल हुन्छ भन्नु वास्तविक शहिदको अपमान हो । शहिदको परिभाषा स्पष्ट छ । बुझन कठिन छैन् । ती व्यक्ति जसले व्यक्तिगत स्वार्थलाई रत्ति पनि पर्वाह गरेनन् । सधै यो देशको, यो भूमिको स्वतन्त्रता, स्वाभिमान र जनताको नागरिक अधिकारको लागि लडे ,संघर्ष गरे जुन सामन्त, दलाल, नोकरशाही, पुजीवादी, निरड्ढकुश शासकलाई पचेन र आफ्ना दास चाटकार मार्फत ती राष्ट्र र जनताका पक्षघर सिपाहीलाई दबाउने, जेलहाल्ने र मार्ने हत्या गर्ने काम भयो । आफुलाई सदा शक्तिशाली सतीसालसरह उभ्याएर कुनै लोभ लालचमा नफसी मृत्यु बरण गर्ने महान व्यक्तिहरु नै शहिद हुन । उनीहरुको मृत्यु सगरमाथा भन्दापनि गह्रुगो छ । तिनै सपुतको बलिदानले आजको अवस्थामा हामी उभिएका छौं । आफु उभिएको धरातल बिर्सेर जो कोहीलाई पनि शहिदको पदवी भिराउने वा शहिदसग राष्ट्रलाई लज्जित गराउने काम कदापी राम्रो होईन ।
नेपालमा राणाकालका निरंकुशता र जहानिया शासनको अन्त्यका लागि जीवन अर्पण गर्ने गंगालाल, दशरथचन्द्र, शुक्रराज, र धर्मभक्त शहिदको पदवीबाट सम्मान गर्न योग्य व्यक्तित्व बने, जो सदा सर्बदा अमर छन् । उही राणाकालमा पनि जीवनदान पाएका तर राष्ट्रबाट निष्काशित, अपहेलित र जेलमा राखिएकाहरुको सूची पनि लामै छ । नेपाललाई वैदेशिक हस्तक्षेप र विस्तारबाट जोगाउन जीवन बलिदान गर्नेहरु भिमसेन थापा, अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुबर आदि व्यक्तित्व राणाकाल भन्दा अघि नै शहिदको सूचीमा दर्जा भए । लखन थापा जसलाई पहिलो शहिद समेत भनिन्छ । अलिक अगाडी तर राणा कालकै अन्ततिर वि.सं. १९९८ मा जल समाधिबाट प्राण उत्सर्ग गर्ने योगमाया सहितका ६७ महिलाहरु पनि कुरीति, कुसंस्कारको अन्त्य गरी रामराज्य नेपालको सपना देख्नेहरुलाई शहिद भन्नै पर्छ । त्यस्तै राणा पश्चातको नेपालमा अनगिन्ती व्यक्तिहरुले देश र जनताको लागि संघर्ष गर्दा गर्दै मैदानमै प्राणको आहुती दिए ती सबै शहिद बने । पञ्चायती कालखण्डमा प्रजातन्त्रको लागि लड्ने विद्यार्थीवर्ग, कम्युनिष्ट वा काग्रेस भनिएका धेरै नेता तथा कार्यकर्ताले ज्यान गुमाउन प¥यौं जसले शहिदको सूची लामो बनायो । पञ्चायतको अन्त्य पश्चात पनि सयौं बलिदान भए । राजतन्त्र अन्त्य र गणतन्त्र स्थापित गर्न भएका युद्ध, आन्दोलन, सडक संघर्ष जसलाई इतिहासले कदापी भुल्न सक्दैन । यी सबै देशभक्तिसग जोडिएका आफ्नो मातृभूमिको विकास रक्षार्थसग गाँसिएका आन्दोलन थिए । उक्त आन्दोलनमा नेपालका पहाडबाट होस वा मधेसबाट कुनै पनि कुनाबाट आफ्नो भूमिको लागि तमाम कुसंस्कारको अन्त्यको लागि समग्रमा राष्ट्रमा विद्यमान सबै खाले भ्रष्टाचारका बिरुद्धमा उम्लिएको रगत थियो त्यो ।
आज नेपाल गणतान्त्रिक देश भएको छ । संघीय शासन व्यवस्थामा बदलिएको छ । सात प्रदेशमा प्रादेशिक सरकार स्थापना भएको छन । ७५३ वटा स्थानीय तह स्वयंमा अधिकार सम्पन्न बनेका छन् । जनताको मतले राष्ट्रपति र प्रधामन्त्री चुनिएका छन । यो अवस्थालाई अत्यन्त महत्वपूर्ण र गम्भिर विश्लेषण गरी आत्मसात गर्नुपर्छ । राष्ट्रिय भावना, राष्ट्रप्रेम तथा राष्ट्रिय एकता अखण्डता जस्ता विषयलाई स्पष्ट बनाउनु पर्छ । प्रत्येक जिम्मेवार अंग र व्यक्तित्वले शहिदको स्मरण गर्ने पर्छ । विद्यालय तहदेखि उच्च शिक्षासम्म शहिद को हो ? किन शहिद भए ? हामीले शहिदको भावना किन सम्मान गर्ने, अनुसरण गर्ने ? यस्ता विषय पाठ्यक्रम पाठ्यसामग्रीमा राख्नुपर्छ । मात्र औपचारिकता पूरा गर्न एक दुईको जीवनी प्रकाशन गरेर मात्र हैन । शहिदको मर्म, मूल्य, मान्यता, विचार तथा व्यवहारलाई कुनै पनि बेला स्मरणमा प्रत्येक नागरिकले राख्नै पर्ने अवस्था हुनु जरुरी छ ।
शहिदको प्रसंग र सन्दर्भले नागरिकलाई राष्ट्रझक्त र राष्ट्रप्रेमी बनाउन मद्दत गर्छ । प्रत्येक नागरिक राष्ट्रवादी हुनै पर्छ । आफ्नो भूमिलाई माया गर्न नसक्ने रुपका मात्र मान्छेबाट देशको सपना पूरा हुदैन । यहाँको माटो शहिदका रगतले सिचित भएको छु भन्ने मर्म हरेकले बुझनुपर्छ ।विद्यार्थी, शिक्षक, कर्मचारी, राजनितिकर्मी मात्र हैन यो सबैको विषय हो । जहा देशको माया गर्ने व्यक्ति हुनछन तिनले आफ्नो कर्तव्य कहिल्यै भुल्दैनन् । जसले राष्ट्रको भलो चाहान्छन उ सधै मर्यादित हुन्छ । शहिदका सपना त्यहि विकासमा जोडिएका छन् । शहिदका भावना र विचार नै मातृभूमिको प्रगतिसग लक्षित छन् । नागरिक अधिकारसगै नागरिक कर्तव्य पनि गासिएको छ । शहिद दिवस मनाईरहदा राष्ट्रिय भावनाको विकास विस्तारसगै शहिदप्रतिको सम्मान र स्मरण एकदिन एकसाता हैन वर्षै भरी प्रत्येकदिन हुनु जरुरी छ । सदाचारको भावनाले भ्रष्टाचार ध्वंस गर्ने हो । भ्रष्टाचारको अन्त्य बिन्दुबाट समृद्ध राष्ट्र प्रारम्भ हुन्छ । यसको लागि शहिदको मार्गदर्शन अहिले पनि सान्दभिक छ ा राष्टलुटाहाबाट शहिदको सम्मान कदापी हुदैन । शहिदको मार्गदर्शन अवलम्बन गर्नु भनेको सहज र ठट्टा पनि हैन । क्षणिक भाववेशमा आएका कुरा पनि हुन सक्दैनन् । शहिद सप्ताहलाई राष्ट्रिय भावना उजागरको रुपमा व्यापक गरिनु पर्छ । प्रत्येक शिक्षण संस्था सरकारी एवम् गैरसरकारी कार्यालय, स्थानीय कार्यालय सबै ठाउमा शहिद दिवसको सार्थकता बारे व्यापक चर्चा र बहस हुनुपर्छ । शहिदलाई राष्ट्रप्रेमी व्यक्ति भनेर चिनाउनु पर्छ ।
हामीले पनि राष्ट्रलाई माया गर्न सबैखाले भ्रष्ष्टाचारको अन्त्य गरेर तमाम विकृति र विसंगतीको अन्त्य गर्नुपर्छ । व्यापक परिश्रम गर्ने अध्ययन विश्लेषण गर्ने, सीप आर्जन गरी आफुलाई राष्ट्र विकासमा समाहित गर्नुपर्छ । यो आजको आवश्यकता हो । शहिदलाई किताबको एक पेजमा हैन् मष्तिस्कमा राख्नुपर्छ । शहिदलाई मुर्तिमा एकथान माला हैन, उनका विचार र भावनालाई आफ्नो जीवन दर्शनमा जोडनुपर्छ । शहिदप्रतिको दुईशब्द हार्दिक श्रद्धाञ्जलीमा सिमित नबनी शहिदका व्यवहार हाम्रा व्यवहारसग मेल खानुपर्छ अर्थात सदाचारको अनुसरण र भ्रष्टाचार निषेध अभियानलाई योसग जोड्न सकिन्छ । रहरले जीवनको बलिदानी पक्कै भएको हैन । म शहिद बन्न चाहान्छु ल यहा गोली हान वा काट भनेर कसैले भन्दैन । शहादत परिवेशको उपज हो । शासकको नीच र कायरतापूर्ण चरित्र हो । दुनियामा धेरै जनाले राष्ट्रको लागि जीवनको बलिदान दिएका छन् ।
हाम्रो अभिप्राय शहिदको संख्या बढाउने हैन तर शहिदको विचार र भावना फलाउने चाही पक्कै हो । अब कसैले शहिद बन्न नपरोस हाम्रो धारणा हो । सगै आम नागरिकमा शहिदका मर्मस्पर्सी पीडाहरुको अनुभूत र प्रवाह हुनैपर्छ । शहिदलाई हेर्ने बुझने स्पष्ट दृष्टिकोणको व्याख्या राज्यले गनुपर्छ । अलमल र हतारमा हैन । हामी शहिदको अवमूल्यन कदापी चाहदैनौं । शहिदप्रति अपव्याख्या गर्ने छुट कसैलाई छैन । शहिद दिवसको सार्थकता यसैमा छ । शहिद सप्ताहको सफलता नै त्यहा छ जहा शहिदहरु मर्यादित बनेका छन् । सगै शहिद परिवारको स्मरण, उनीहरुको अवस्था र राज्यको अभिभारा अर्को छोड्न नसकिने विषय हो । शहिदका परिवार को कहा कसरी बाचेका छन् । यो सातामा राज्यले तिनको सम्पर्क खोजी र सम्मान गर्न सकेको भए थप सकारात्मक बन्न सक्थ्यो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















