Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

फागु पूर्णिमाको पौराणिक महत्व के छ?

20170312_103940-1489295432.jpg

हेटौंडा-६ मा फागु पूर्णिमामा रमाइलो गरिंदै।

 

फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपालभारत तथा अन्यराष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहनगरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउनेफागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकशिपु नामक एक जनाराक्षसको जन्म भएको थियो । हिराण्यकशिपुलाई भगवानविष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिराण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लाद भगवान विष्णुलाई भज्ने गरेको हिराण्यकशिपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो ।

एक योजना अनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका(जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।

अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी शेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो ।इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। 

भारतमा पर्ने विंध्यक्षेत्रको राम गढ भन्ने स्थानमा स्थित ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ। संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।

साभार : विकिपेडिया


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार