सुशिलसिंह राठौर-प्रहरी उपरीक्षक, मकवानपुर
मकवानपुर जिल्लालाई लागुऔषध उत्पादक क्षेत्र र ओसारपसारको ट्रान्जिटको रुपमा लिने गरिन्छ । मकवानपुर प्रहरीको नेतृत्व समाल्न आईपुग्ने प्रहरी प्रमुखहरुलाई यहाँ लागुऔषध खेति, कारोबार र दुव्र्यसन नियन्त्रण चुनौतिपूर्ण हुने गर्दछ । पुस १२ गते मकवानपुर प्रहरीको नेतृत्व लिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठौर पनि लागुऔषध खेति, कारोबार र दुव्र्यसन नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरेको बताउँछन् । यही सेरोफेरोमा प्रष्टखबरका प्रमुख संवाददाता सुनिल शिवाकोटीले राठौंरसंग गरेको कुराकानीको सारसंक्षेप ।
मकवानपुरलाई लागुऔषध उत्पादक क्षेत्र र ट्रान्जिटको रुपमा लिईन्छ । यसको नियन्त्रणका लागि कसरीकाम भईरहेको छ ?
मकवानपुरको बिकट गाउँपालिकाका विभिन्न वडाहरुमा लागुऔषध गाँजा र अफिमको व्यापक खेती गरिदोरहेछ र हेटौँडाका युवाहरु लागुऔषध दुुव्र्यसनीमा फसेको पाईएको छ । यसको नियन्त्रणका लागि मकवानपुर प्रहरीले विद्यालय साझेदारी कार्यक्रम अन्र्तगत विभिन्न विद्यालय, क्याम्पसमा प्रहरी निरीक्षकसहितले जनचेतानामुलक कार्यक्रम गरिरहेका छन् । लागुऔषध कारोबार र ओसारप्रसार बढेको पाईएकाले सार्वजनिक यातायातमा सादा पोशाकका प्रहरी परिचालन गरेको, भारतीय नम्बर प्लेटका सवारीमा बढी गाँजा अफिम ओसारप्रसार हुने गरेकोले भारतीय नम्बरका सवारीलाई कडाईका साथ जाँच गर्ने गरेका छौँ ।
मकवानपुर प्रहरीको नेतृत्व सम्हालेपछि गाँजा तथा अफिम फडानी अभियान कसरी संचालन भईरहेको छ ?
मैले मकवानपुर प्रहरीको नेतृत्व समालेको करिब दुई महिना हुनै लाग्दा प्रहरी निरीक्षकको कमाण्डमा राक्सिराङ गाउँपालिकाको विभिन्न वडामा तिन पटक लागुऔषध गाँजा र अफिमको खेति फडानी अभियान संचालन गरिएको छ । यसक्रममा विभिन्न गाउँपालिकाका वडामा लगाईएको ८९ बिगाहा ६ कठ्ठा क्षेत्रफलमा लगाइएको अफिम खेती फडानी गरेर नष्ट गरिएको छ ।
मकवानपुर प्रहरीको अबको योजना के छ ?
विषेशगरी राक्सिराङ गाँउपालिकाको विभिन्न वडामा गाँजा र अफिम खेती व्यापक गरिएको पाईयो । पटक–पटक फडानीमा गएको टोलीले स्थानीयलाई गाँजा तथा अफिम खेतीको विकल्पको बरेमा हातेपर्चा वितरण गरी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । यति गर्दा समेत गाँजा र अफिम खेती र कारोबारमा कमी नआउनु भनेको उहाँहरुले ‘प्रहरी आउ हामीले लगाएको खेती नष्ट गरी पक्रेर लैजाउ’ भनेर निम्ता दिनु हो । त्यसैले अब हामी गाँजा खेती लगाउने जग्गाधनीको पहिचान गरी मालपोतसंग समन्व्य गरी कारवाही गर्ने र गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना २०७४ को अधिनमा रही प्रहरी प्रधान कार्यालयले विशेष अभियान संचालन गरेकोले हामी पनि प्रहरी प्रधान कार्यालय तथा मन्त्रालयको नीति अनुसार कारोबारी र ओसारप्रसारमा संलग्नलाई पक्राउ गर्ने छौं ।
प्रहरीले विभिन्न अभियान संचालन गरेको भनिरहँदा लागुऔषध सेवनकर्ताको संख्या भने घट्नुको सट्टा बढिरहेको छ नि ?
मकवानपुरमा विषेशगरी हेटौँडा नगरभित्र सेवनकर्ताको संख्या बढी पाईएको छ । दिनहुँजसो प्रहरीले विभिन्न स्थानबाट गाँजा, चरेस, अफिम, प्रतिबन्धित ट्याब्लेट जस्ता लागुपदार्थ सेवन गर्दै गरेको अवस्थामा १६ देखि २२ बर्षका युवायुवतीलाई पक्राउ गर्ने गरेको छ । हामीले पक्राउ गरेकाहरुलाई तत्काल छोडदैनौ, उनीहरुलाई परिवार बोलाएर, सुधार केन्द्रका प्रतिनिधि बोलाएर सम्झाई बुझाइ गरेर पठाउछौँ । उनीहरुको माध्यमबाट लागुऔषध कारोबारीसम्म पुगेर कारोबारमा संलग्नहरुलाई कारवाही अभियान संचालन गरिरहेका छौं ।
न्युनीकरणका लागि के गर्न सकिन्छ ?
विश्वव्यापी समस्याको रुपमा रहेको लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । जनसंख्याको वृद्धि तथा भूमण्डलीकरणको कारणसँगै लागूऔषध प्रयोगकर्ता र यसका कारोबारीको संख्यामा वृद्धि भएको कारण समाजमा दिन प्रतिदिन गम्भीर असर परिरहेको छ । गलत मनसायका व्यक्तिहरुले अर्थोपार्जनको उद्देश्यले लागूऔषध ओसारपसार गरिरहेको देखिन्छ । विशेष गरी युवावर्ग दुुव्र्यसनमा लागेकोले परिवारका सदस्यहरू पनि आफ्ना बालबालिकाको क्रियाकलापबारे सचेत हुन आवश्यक छ । यसको न्युनिकरणका लागि संचारमाध्यले समेत जनचेतना अभिबृद्धिमा सहयोग गर्नु जरुरी छ । प्रहरी मात्रैले लागुऔषध खेति, कारोबार र दुव्र्यसन नियन्त्रण गर्नु कठिन छ । यसमा समुदाय–प्रहरीको साझेदारी आवश्यक हुन्छ । यसका लागि सबैसंग सहयोगको आग्रह गर्दछु ।
३० बैशाख, हेटौंडा । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि शुरु हुने...
३० बैशाख, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
३० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
२९ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २ दिने तालिम...
२९ बैशाख, हेटौंडा । आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...
२९ बैशाख, हेटौंडा । संघीय संसदको दुबै सदनबाट आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । दुबै...
२९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको...
२८ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा...
२८ बैशाख, हेटौंडा । नेपाल प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । तीनकुने घटनामा...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना फाट्मा शुक्रबारबाट जमीन भासिएर...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
२२ बैशाख, हेटौंडा । हेटौंडामा ३० दिने एडभान्स बुटिक तालिमको उद्घाटन गरिएको छ। हेटौँडा गार्मेन्ट उद्यमी समूह,...
२१ बैशाख, हेटौंडा। नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।नेपाल प्रहरी प्रधान...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...
१६ बैशाख, हेटौंडा । मकवानपुरको बागमतीमा रुखले च्यापिदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ बागमती गाउँपालिका...
१९ बैशाख, हेटौंडा । हेटौंडा १६ कर्रा खोला पारी फाट्मा खाडलमा डिआइ गाडी जमीन भासिएर धसेको छ। शुक्रबार दिउँसो...