Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

गाँजा अफिम लगाउनु भनेको पक्रन प्रहरीलाई निम्तो दिनु हो

SP-Sushil-Singh-Rathor-1581044035.jpg

सुशिलसिंह राठौर-प्रहरी उपरीक्षक, मकवानपुर

मकवानपुर जिल्लालाई लागुऔषध उत्पादक क्षेत्र र ओसारपसारको ट्रान्जिटको रुपमा लिने गरिन्छ । मकवानपुर प्रहरीको नेतृत्व समाल्न आईपुग्ने प्रहरी प्रमुखहरुलाई यहाँ लागुऔषध खेति, कारोबार र दुव्र्यसन नियन्त्रण चुनौतिपूर्ण हुने गर्दछ । पुस १२ गते मकवानपुर प्रहरीको नेतृत्व लिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठौर पनि लागुऔषध खेति, कारोबार र दुव्र्यसन नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरेको बताउँछन् । यही सेरोफेरोमा प्रष्टखबरका प्रमुख संवाददाता सुनिल शिवाकोटीले राठौंरसंग गरेको कुराकानीको सारसंक्षेप ।
मकवानपुरलाई लागुऔषध उत्पादक क्षेत्र र ट्रान्जिटको रुपमा लिईन्छ । यसको नियन्त्रणका लागि कसरीकाम भईरहेको छ ?
मकवानपुरको बिकट गाउँपालिकाका विभिन्न वडाहरुमा लागुऔषध गाँजा र अफिमको व्यापक खेती गरिदोरहेछ र हेटौँडाका युवाहरु लागुऔषध दुुव्र्यसनीमा फसेको पाईएको छ । यसको नियन्त्रणका लागि मकवानपुर प्रहरीले विद्यालय साझेदारी कार्यक्रम अन्र्तगत विभिन्न विद्यालय, क्याम्पसमा प्रहरी निरीक्षकसहितले जनचेतानामुलक कार्यक्रम गरिरहेका छन् । लागुऔषध कारोबार र ओसारप्रसार बढेको पाईएकाले सार्वजनिक यातायातमा सादा पोशाकका प्रहरी परिचालन गरेको, भारतीय नम्बर प्लेटका सवारीमा बढी गाँजा अफिम ओसारप्रसार हुने गरेकोले भारतीय नम्बरका सवारीलाई कडाईका साथ जाँच गर्ने गरेका छौँ । 
मकवानपुर प्रहरीको नेतृत्व सम्हालेपछि गाँजा तथा अफिम फडानी अभियान कसरी संचालन भईरहेको छ ?
मैले मकवानपुर प्रहरीको नेतृत्व समालेको करिब दुई महिना हुनै लाग्दा  प्रहरी निरीक्षकको कमाण्डमा राक्सिराङ गाउँपालिकाको विभिन्न वडामा तिन पटक लागुऔषध गाँजा र अफिमको खेति फडानी अभियान संचालन गरिएको छ । यसक्रममा विभिन्न गाउँपालिकाका वडामा लगाईएको ८९ बिगाहा ६ कठ्ठा क्षेत्रफलमा लगाइएको अफिम खेती फडानी गरेर नष्ट गरिएको छ । 
मकवानपुर प्रहरीको अबको योजना के छ ?
विषेशगरी राक्सिराङ गाँउपालिकाको विभिन्न वडामा गाँजा र अफिम खेती व्यापक गरिएको पाईयो । पटक–पटक फडानीमा गएको टोलीले स्थानीयलाई गाँजा तथा अफिम खेतीको विकल्पको बरेमा हातेपर्चा वितरण गरी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । यति गर्दा समेत गाँजा र अफिम खेती र कारोबारमा कमी नआउनु भनेको उहाँहरुले ‘प्रहरी आउ हामीले लगाएको खेती नष्ट गरी पक्रेर लैजाउ’ भनेर निम्ता दिनु हो । त्यसैले अब हामी गाँजा खेती लगाउने जग्गाधनीको पहिचान गरी मालपोतसंग समन्व्य गरी कारवाही गर्ने र गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना २०७४ को अधिनमा रही प्रहरी प्रधान कार्यालयले विशेष अभियान संचालन गरेकोले हामी पनि प्रहरी प्रधान कार्यालय तथा मन्त्रालयको नीति अनुसार कारोबारी र ओसारप्रसारमा संलग्नलाई पक्राउ गर्ने छौं ।
प्रहरीले विभिन्न अभियान संचालन गरेको भनिरहँदा लागुऔषध सेवनकर्ताको संख्या भने घट्नुको सट्टा बढिरहेको छ नि ?
मकवानपुरमा विषेशगरी हेटौँडा नगरभित्र सेवनकर्ताको संख्या बढी पाईएको छ । दिनहुँजसो प्रहरीले विभिन्न स्थानबाट गाँजा, चरेस, अफिम, प्रतिबन्धित ट्याब्लेट जस्ता लागुपदार्थ सेवन गर्दै गरेको अवस्थामा १६ देखि २२ बर्षका युवायुवतीलाई पक्राउ गर्ने गरेको छ । हामीले पक्राउ गरेकाहरुलाई तत्काल छोडदैनौ, उनीहरुलाई परिवार बोलाएर, सुधार केन्द्रका प्रतिनिधि बोलाएर सम्झाई बुझाइ गरेर पठाउछौँ । उनीहरुको माध्यमबाट लागुऔषध कारोबारीसम्म पुगेर कारोबारमा संलग्नहरुलाई कारवाही अभियान संचालन गरिरहेका छौं ।
न्युनीकरणका लागि के गर्न सकिन्छ ?
विश्वव्यापी समस्याको रुपमा रहेको लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । जनसंख्याको वृद्धि तथा भूमण्डलीकरणको कारणसँगै लागूऔषध प्रयोगकर्ता र यसका कारोबारीको संख्यामा वृद्धि भएको कारण समाजमा दिन प्रतिदिन गम्भीर असर परिरहेको छ । गलत मनसायका व्यक्तिहरुले अर्थोपार्जनको उद्देश्यले लागूऔषध ओसारपसार गरिरहेको देखिन्छ । विशेष गरी युवावर्ग दुुव्र्यसनमा लागेकोले परिवारका सदस्यहरू पनि आफ्ना बालबालिकाको क्रियाकलापबारे सचेत हुन आवश्यक छ । यसको न्युनिकरणका लागि संचारमाध्यले समेत जनचेतना अभिबृद्धिमा सहयोग गर्नु जरुरी छ । प्रहरी मात्रैले लागुऔषध खेति, कारोबार र दुव्र्यसन नियन्त्रण गर्नु कठिन छ । यसमा समुदाय–प्रहरीको साझेदारी आवश्यक हुन्छ । यसका लागि सबैसंग सहयोगको आग्रह गर्दछु ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार