दिप न्यौपाने, हेटौंडा
सुचना प्रविधी, एकिकृत सञ्चार र टेलिकम्यूनिकेशनको संयोजनले नै सुचना सञ्चार प्रविधीको विकास सम्भव भएको छ । सुचना प्रविधीभित्र विषेशत कम्प्यूटरको प्रयोगबाट विभिन्न सुचना संग्रहित गर्ने, पूर्नप्रयोग गर्ने, तथ्यांक र जानकारीहरुको विष्लेषण गर्ने आदि पर्दछन् । यो व्यक्तिगत वा मनोरञ्जनका लागि भन्दा पनि व्यवसायिक परिपे्रक्षमा प्रयोग गरिन्छ ।
त्यस्तै शुरुका दिनहरुमा एकिकृत सञ्चार प्रविधीहरु सन्देश, ईमेल, वेब साइट, भिडियो आदिलाई व्यवसायिक प्रयोजनकालागी बढी प्रयोग भए तापनि यसको व्यापकता बढदै गएको पाइन्छ । सामान्यता संकेत, सन्देश, लेख, तस्विर, अवाज, सूचना आदि कुनै किसिमको विद्युतीय साधनबाट प्रवाह हुने पद्धतीलाई टेलीकम्यूनिकेशन भन्ने बुझिन्छ । यसले मानिसको जिवनमा प्रत्यक्ष वा परोक्ष, सकारात्मक र नकरात्मक असर पारिरहेको छ । विशेष गरी हाम्रो दैनिक जीवन, सामाजिक सञ्जाल र सञ्जालिकरण, शिक्षा, स्वास्थ्य, वाणिज्य, बैंकिङ, रोजगारी आदिमा यसले ठुलो असर पारेको हुन्छ । यी प्रविधीको प्रयोगले मानवजीवनको हरेक पक्षहरुलाई प्रभाव पार्दछ ।
मानिसको सामाजिक जीवनमा हुने विविध क्रियाकलाप, तौरतरिका र समग्र मनोसामाजिक पक्षमा समेत यसको व्यापक प्रभाव परेको विभिन्न अध्यनले देखाएको छ । मानिसको सामाजिक जीवनसंग जोडिएको विभिन्न पक्षहरु, स्वास्थ्य, शिक्षा, रोजगारी, आर्थिक, धार्मिक, सांस्कृतिक लगायत सामाजिक व्यवहार, बौद्धिकता, सिर्जनशिलता र तार्किकता आदिमा सुचना सञ्चार प्रविधिको ठुलो प्रभाव पारेको छ । राजनीतिक, आर्थिक र सामाजिक पक्षहरुको परिवर्तनमा यसले अहम् भूमिका खेल्दछ । व्यक्ति, परिवार, समूदाय, राष्ट्र र सिंगै अन्तराष्ट्रिय जगतलाई नै साँघुरो बनाएर समाजिक जीवनका आयामहरुलाई एक अर्कासंग सम्बन्धित गर्दै विश्वमा भाइचाराको भावना विकासमा मद्दत पुगेको छ ।
यस भित्रमा नवजिवनका सकारात्मक र नकारात्मक दुबै किसिमका प्रभावहरु पर्दछन् । यसले मानिसको दैनिकी व्यवस्थापन गर्ने, सहज बनाउने सामाजिक सम्बन्धलाई कायम र विकास गर्न मद्दत गर्ने, सुचना तथा जानकारी आदानप्रदान, सञ्चार र स्वरोजगार, ज्ञान प्राप्तिमा सहयोग, स्वास्थ्य साक्षरता र चेतना अभिवृदि गर्न मद्दत गर्ने जस्ता पक्षहरुलाई सकारात्मक प्रभावको रुपमा लिन सकिन्छ भने समाज र समाजिक जीवनलाई विकेन्द्रित गर्न, शारिरीक कार्यमा कमी हुनु, असुरक्षाको सम्भावना बढ्नु, प्रत्येक्ष भेटघाट र कुराकानीका कमी आउनु आदि नकारात्मक प्रभावको रुपमा लिन सकिन्छ ।
यसले मानवीय जीवनका महत्वपुर्ण पक्षसंगै सामाजिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । कुनै सुचना प्रवाहको लागि हप्ता,महिनासम्म समय लाग्ने अवस्था हटेर यति ठुलो ब्रम्हाण्ड भरि फैलिएको मानव संसारलाई एकै क्षणमा नियाल्न, बुझन र देख्न सकिने अवस्थाको सिर्जना भएको छ । जसले आर्थिक विकासमा समेत टेवा पुर्याएको छ र दैनिक जीवनमा सहजता ल्याएको छ । यद्यपि यस्ता प्रविधीहरुका अत्याधिक प्रयोगले मानिसको मनोसामाजिक स्वास्थ्य अवस्थालाई असर पारिरहेको छ । जसले विभिन्न अमानवीय व्यवहार र अपराधिक क्रियाकलापहरु गर्न मानिसहरुलाई प्रेरित गर्दछ भने अर्कातिर मानिसको सिर्जनशिलतामा पनि ह्रास आइरहेको पाइन्छ ।
नेपालको सम्बन्धमा हेर्ने हो भने सिमित श्रोतसाधन, बेरोजगारी, आर्थिक सामाजिक भिन्नतासंग लडिरहेको हाम्रो समाज कालान्तरमा सुचना र सञ्चारको सञ्जाल प्रयोग व्यवस्थीत र उद्धेश्यपरक बनाउन जरुरी छ । अन्यथा यसले मानवीय संवेदनशिलतालाई समेत नकारात्मक असर पार्दै समाजलाई उल्टो गतितिर धकेल्न सक्छ । यति हुँदाहुँदै सुचना र सञ्चार प्रविधिको समुचित र अर्थपुर्ण प्रयोगले मानव जीवनलाई सहजता प्रदान गर्दै समग्र विकासमा समेत टेवा पुर्याउछ । सूचना प्रविधिको प्रयोगलाई सकारात्मक ढंगले गर्दा समाज रुपान्तरणमा समेत टेवा पुग्नेतर्फ सबै सचेत हुनु जरुरी छ ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















