Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

रोग प्रतिरोधक क्षमता बढाउने ६ कुरा

Vegetable-1585101844.jpg

१२ चैत, हेटौंडा । रोग प्रतिरोधक क्षमता बढाउन हामीमध्ये धेरैजना भिटामिन एप्लिमेन्ट सेवन गर्छौं। हामी आफ्नो वरपर नै भएका ती कुरालाई बिर्सन्छौं जसलाई नियमित प्रयोग गर्न सके शरीरको रोग प्रतिरोधक क्षमता बढ्छ।
बदामः दैनिक ८ देखि १० वटा बदाम भिजाएर खानाले शरीरको रोग प्रतिरोधक क्षमता बढ्नुका साथै मस्तिष्कलाई तनावसित लड्ने क्षमता पनि प्राप्त हुन्छ। भिटामिन ईले शरीरमा प्राकृतिक रूपमा पाइने नेचुरल किलर सेल्स बढाउन मद्दत गर्छ। यसले विषाणुहरू तथा क्यान्सरयुक्त कोशिकालाई नष्ट गर्न सहायता पुर्‍याउँछ। बदामले शरीरमा बी टाइपको कोशिकाको संख्या बढाउने काम गर्छ। यी कोशिकाले एन्टिबडिज निर्माण गर्छन्, जसले शरीरमा भएका हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सहायता गर्छ। बदाममा पाइने भिटामिन ईले छालालाई स्वस्थ बनाउनुका साथै रिंकल निर्माण हुने प्रक्रियालाई पनि मत्थर गर्छ । यसले शरीरलाई कार्डियो भास्कुलर (हृदय र मांसपेशीसित सम्बन्धित बिरामी) बाट पनि बचाउँछ।

सुन्तलाः सुन्तला, कागती, अनार, कटहर आदि फलमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ। यसले हरेक संक्रमणसित लड्ने श्वेत रक्तकोशिका निर्माण गर्न मद्दत गर्छ। यस्ता फलको सेवनबाट बन्ने एन्टिबडिज कोशिकाको सतहमा एक प्रकारको आवरण बनाउँछ, जसले शरीरको भित्र भाइरस पस्न दिँदैन। यस्ता फलमा भएका भिटामिन सीले शरीरमा राम्रो कोलेस्ट्रोल बढाउँछ र ब्लडप्रेसरलाई पनि नियन्त्रणमा राख्छ। यसले हृदयको धमनीमा बोसो जम्ने प्रक्रियालाई कम गर्छ। यी फलमा पाइने नेचुरल केमिकल कम्पाउन्डले शरीरको रोग प्रतिरोधक क्षमतालाई सक्रिय तुल्याउँछ।

लसुनः लसुनले धेरै मात्रामा एन्टी अक्सिडेन्ट बनाएर मानव शरीरको इम्युन सिस्टमलाई बिरामीसित लड्ने शक्ति प्रदान गर्छ। यसमा सलिसिन नामक तत्व पाइन्छ, जसले शरीरलाई इन्फेक्सन र ब्याक्टेरियासित लड्ने शक्ति प्रदान गर्छ। प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट सुरक्षा प्राप्त हुन्छ। दैनिक बिहान लसुनका दुई पोटी सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।

पालुंगोः पौष्टिक तत्वले परिपूर्ण यो तरकारीलाई सुपर फुड पनि भनिन्छ। यसमा फोलेट नामक तत्व पाइन्छ। जसले शरीरमा नयाँ कोशिका बनाउनुका साथै ती कोशिकामा रहेका डिएनएको मर्मत गर्ने काम पनि गर्छ साथै यसमा भएको फाइबर आइरन, एन्टी अक्सिडेन्ट तत्व र भिटामिन सीले शरीरलाई हरेक तबरबाट स्वस्थ राख्छ। उमालेको पालुङ्गो सेवन गर्नाले पाचन तन्त्रले सही ढंगमा काम गर्छ र कब्जियतको समस्या पनि कम भएर जान्छ।

मसरुमः शरीरको रोग प्रतिरोधक क्षमता बढाउन मसरुम अत्यन्त लाभदायक साबित भएको छ। यसले श्वेत रक्त कोशिकालाई सक्रिय राख्छ। यसमा सेलेनियम नामक मिनरल, एन्टी अक्सिडेन्ट तत्व भिटामिन सी, रिबोफलेविन तथा नाइसिन नामक तत्व पाइन्छ। मसरुममा एन्टी भायरल, एन्टी ब्याक्टेरियल तथा एन्टी ट्युमर तत्व हुन्छ। प्रतिदिन ३० ग्राम मसरुम सेवन गर्न सके इम्युन सिस्टम बलियो रहन्छ। सलाद, सुप र पास्तासित यसको राम्रो प्रयोग हुन सक्छ।

ब्रोकाउलीः ब्रोकाउलीमा भिटामिन ए र सीबाहेक ग्लुटाथियोन नामक एन्टी अक्सिडेन्ट तत्व पाइन्छ। यसले इम्युन सिस्टमलाई बलियो बनाउँछ। पनीर मिसाएर स्टिम्ड ब्रोकाउलीको स्वादिष्ट सलाद तयार गर्न सकिन्छ। यसको सेवनबाट शरीरलाई पर्याप्त मात्रामा प्रोटिन तथा क्याल्सियम प्राप्त हुन्छ ।
साभार : नारी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार