१९ चैत, हेटौंडा । सरकारले लकडाउनको समयावधी थपेपछि विभिन्न जिल्लाबाट मकवानपुरगढीमा इट्टाभट्टाबाट १७४ फर्किएका छन् । धादिङ र काठमाडौंका इट्टाभट्टाका कामदार आफ्नो गाउँ फर्किएका हुन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बखानसिंह पाख्रिनका अनुसार बुधबारसम्ममा १ सय ७४ जना फर्किएका छन् । बुधबारमात्रै धादिङको इट्टाभट्टाबाट २ सुत्केरी र ३ गर्भवतीसहित ८९ जना फर्किएका छन् । जसमध्ये ९ जना गढी गाउँपालिका वडा नम्बर ७ सुकौराका रहेका छन् भने बाँकी २ नम्बर वडाका छन् । उनीहरुलाई मकवानपुरगढी स्वास्थ्य इकाई प्रमुख, गाउँपालिका अध्यक्ष विदुर हुमागाई सहित शिखरकटेरीस्थित गढी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले तापक्रम जाँचसहित स्वास्थ्यबारे सोधपुछ गरेका छन् ।
गर्भवती महिलालाई आईरन चक्की समेत वितरण गरिएको थियो । उनीहरुलाई वडा अध्यक्ष पाख्रिनले कोरोनाको संक्रमणबाट जोगिन अनावश्यक हिडडुल नगर्न, मदिरा सेवन नगर्न, छेवर, व्रतवन्ध लगायतका कार्यहरु नगर्न र स्वास्थ्यमा समस्या परे वडा कार्यालय वा स्वास्थ्य चौकीमा सम्पर्क गर्न सुझाव दिएका छन् । आएका सबैलाई सेल्फ क्वारेन्टाईनमा बस्ने गरी पठाईएको पाख्रिनले बताए ।
लकडाउन सकिने अपेक्षामा बसेका उनीहरु लम्बिने भएपछि इट्टाभट्टा संचालनको समन्वयमा गाउँ फर्किएको आएकाहरुको भनाई छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















