Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

सम्माननीय प्रधानमन्त्री ज्यूलाई खुल्ला पत्र

Narayan-Adhikari-1588689764.jpg

नारायण अधिकारी

सम्माननीय प्रधानमन्त्री ज्यु
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय
सिँहदरबार, काठमाडौं

                   विषय : बिदेशबाट आउने नेपाली नागरिकको ब्यस्थापन सम्बन्धमा ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु, बिश्व अहिले कोरोना (कोभिड–१९) भाइरस को संक्रमणबाट गुज्रिरहेको अबस्था सबैमा सर्बविभित नै छ । सन्सारभर यस्को असर दिनानुदिन बददै गइरहेको यस विषम परिस्थितिमा कोरोना भाइरसको संक्रमणबाट आफ्नो राष्ट्र र आफ्ना नागरिकलाई बचाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै गम्भीरताका साथ नेपाल सरकारको तर्फबाट गरिएको लक डाउन एकदमै स्वागत योग्य छ भन्ने हामी सम्पुर्ण आप्रवासी नेपालीहरुले महशुस गरेका छौं त्यस्को लागि प्रधानमन्त्री ज्यु प्रति आभारी छौं ।
नेपाल आमाका लाखौं लाख सन्ततिहरु कोही रोजगारीको सिलसिलामा त कोही अध्ययनको सिलसिलामा परदेशिएको यथार्थ अबस्था प्रधानमन्त्री ज्युलाई पनि अवगत नै छ । अहिले हरेक देशमा कोरोना भाइरसको संक्रमण उच्च जोखिममा रहेको अबस्थामा कति नेपाली रोजगारबिहिन भएर बस्नुपर्ने अबस्थामा छन त कतिपय नेपालीहरु बाध्य भएर आफ्नो जीवन नै जोखिममा राखेर काम गर्नुपर्ने अबस्था छ । यहाँको अबस्था भनेको सम्माननीय प्रधानमन्त्री ज्युले सोच्नु भएको भन्दा नि दयनीय र पीडादायी छ । यस्तो विषम परिस्थितिमा पनि आफ्नो मुलुकको अन्तर्राष्ट्रिय उडान बन्द हुँदा हामी नेपालीहरु झनै मर्माहित भएका छौं ।

वैदेशिक रोजगारीको मार्फतबाट देशमा भित्रिने रेमिटेन्सले देशकै मेरुदण्डको रूपमा काम गरि देशको अर्थतन्त्र मजबुत बनाएको सत्यलाई आत्मसात गर्दै हामी सम्पूर्ण आप्रवासी नेपालीहरुको भुमिकालाई पनि सम्माननीय प्रधानमन्त्री ज्यु ले बुझ्नु भएर आफ्ना नागरिक प्रति गम्भीरताका साथ प्रस्तुत भई अन्तर्राष्ट्रिय उडानलाई चाँडो भन्दा चाँडो खुलाएर बिदेशबाट आएका सम्पुर्ण नेपाली नागरिकहरुलाई नेपाल एयरपोटमा नै कोरोना भाइरस (कोभीड–१९) को परिक्षण गर्ने ब्यबस्था मिलाई जो कोरोनो पोजेटिभ छन् उसका लागि नेपाल सरकारले छुट्टै स्थानमा क्वारेन्टाइनको ब्यबस्था गरेर उसलाई त्यहाँ रहँदा बस्दा लाग्ने लागत खर्च के कति लाग्छ सम्बन्धित ब्यक्तिले ब्यहोर्ने हिसाबले र्यापिड टेष्टको ब्यबस्थापन गर्ने र जो कोरोनो परिक्षण गर्दा नेगेटिभ देखिएका छन उसलाई घरमै १४/१५ दिन क्वारेन्टाइनमा बस्नका लागि पठाउने ब्यवस्था मिलाई अन्तरास्ट्रिय उडानले पहिलेको जस्तै निरन्तरता पाउँछ भन्ने आशा अनि भरोसा हामी सम्पुर्ण नेपालीहरुले हाम्रा सम्माननीय प्रधानमन्त्री ज्युबाट गरेका छौं ।

नारायण अधिकारी (हाल युएई) लगायत
सम्पुर्ण आप्रवासी नेपाली


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार