- आलोक कोइराला
अखण्ड राष्ट्रवादको तुरूप फ्याँकेर सत्तारोहणको सुबिधा पाएका केपी ओलिले अनायास अर्को नयाँ राष्ट्रको तीखो ढुंगा पल्टाई दिएर सम्पुर्ण देश राष्ट्रवादको तापले फेरि एकपटक तरंगित पारिदिएका छन् ।
ओलिलाई भलिभाँती थाहा छ, राष्ट्रवाद कसरी आफ्नो हुन्छ। कसरी आफ्नो वरिपरि घुम्छ । राष्ट्रवादको रापले नेपाली समाजलाई कसरी उद्वेलित बनाउँछ । यस्ले कसरी संंकटमोचनको काम गर्छ । उनलाई यो पनि थाहा छ कि राष्ट्रवाद लिम्पियाधुरा, लिपुलेक र कालापानीमा पुगेर कसरी अल्मलिन्छ । अनि त्यही अलमलिएको राष्ट्रवादले कसरी आफ्नो बिरुद्ध लागेका आफ्नै पार्टीका नेताहरुलाई तह लगाउँछ । एमसीसी परियोजना पास गराउँछ। देशमा कोरोना माहामारी नियन्त्रणको लागि सरकारी असक्षमतालाई सहजै मत्थर तुल्याउछ । र, अन्ततः शासन सत्ता फेरि दिलाउन मद्दत गर्छ ।
केपी ओलि मात्र यस सन्दर्भमा अपवाद होइनन् । राजनैतिक दलका सबै जसो पात्रहरु ( देउवा, प्रचण्ड, बाबुराम, कमल थापा लगायत अन्य सबै) यहि चाहन्छ्न् कि आफु र आफ्नो दल राष्ट्रवादको पर्याय बनोस् र यस्को सहज सोपानले शासन सत्तामा सदैव आफुलाई उकाल्न मद्धत गरिरहोस् ।
हाम्रो रास्ट्रवादको परिभाषा सधैं यसरी अनौठो भै दिएको छ। आ–आफ्नो फाईदा र सुबिधा अनुरुप विभिन्न समयमा यस्को फरकफरक ब्याख्या भै रह्यो । गरिव, मजदुर र किसानहरुको भोक । युवाहरुको रोजगारी, आम–जनताका लागि शुलभ शिक्षा तथा स्वस्थ्य प्रणालीको उचित प्रवन्ध, कहिले पनि हाम्रो राष्ट्रवादको परिभाषा र प्राथमिकताभित्र अट्न सकेन ।
स्वतन्त्र न्याय प्रणाली र जन अधिकारको सुनिश्चितता, राज्य संयन्त्रहरुको स्वतन्त्र परिचालन, सुशासन र भ्रस्टाचारको नियन्त्रण, जनपिडाको समअनुभुति, उनीहरुको चिन्ता र उनीहरुप्रतिको माया कहिल्यै कसैको रास्ट्रवादको प्राथमिकता र परिभाषा भित्र पर्न सकेन । हाम्रो राष्ट्रबाद देशका जनता प्रतिको माया कहिल्यै हुन सकेन । यो फगत सत्ता र शक्ति प्राप्तिको नारा भई दियो । अनि त्यसैको वरिपरि घुम्ने ठुलो भिड बनिदियो । यहि सत्ता र ब्यक्ति केन्द्रित राष्ट्रवादको निरन्तरताले आम नेपालीको मन भित्र रहेको लोकतान्त्रिकताको चरणबद्ध रूपमा हत्या गरिदिई सकेको छ ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...


















