Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

हाम्रो आजको राष्ट्रवाद

Aalok-1590715638.jpg

- आलोक कोइराला

अखण्ड राष्ट्रवादको तुरूप फ्याँकेर सत्तारोहणको सुबिधा पाएका केपी ओलिले अनायास अर्को नयाँ राष्ट्रको तीखो ढुंगा पल्टाई दिएर सम्पुर्ण देश राष्ट्रवादको तापले फेरि एकपटक तरंगित पारिदिएका छन् । 
ओलिलाई भलिभाँती थाहा छ, राष्ट्रवाद कसरी आफ्नो हुन्छ। कसरी आफ्नो वरिपरि घुम्छ । राष्ट्रवादको रापले नेपाली समाजलाई कसरी उद्वेलित बनाउँछ । यस्ले कसरी संंकटमोचनको काम गर्छ । उनलाई यो पनि थाहा छ कि राष्ट्रवाद लिम्पियाधुरा, लिपुलेक र कालापानीमा पुगेर कसरी अल्मलिन्छ । अनि त्यही अलमलिएको राष्ट्रवादले कसरी आफ्नो बिरुद्ध लागेका आफ्नै पार्टीका नेताहरुलाई तह लगाउँछ । एमसीसी परियोजना पास गराउँछ। देशमा कोरोना माहामारी नियन्त्रणको लागि सरकारी असक्षमतालाई सहजै मत्थर तुल्याउछ ।  र, अन्ततः शासन सत्ता फेरि दिलाउन मद्दत गर्छ ।
केपी ओलि मात्र यस सन्दर्भमा अपवाद होइनन् । राजनैतिक दलका सबै जसो पात्रहरु ( देउवा, प्रचण्ड, बाबुराम, कमल थापा लगायत अन्य सबै) यहि  चाहन्छ्न्  कि आफु र आफ्नो दल राष्ट्रवादको पर्याय बनोस् र यस्को सहज सोपानले शासन सत्तामा सदैव आफुलाई उकाल्न मद्धत गरिरहोस् । 
हाम्रो रास्ट्रवादको परिभाषा सधैं यसरी अनौठो भै दिएको छ।  आ–आफ्नो फाईदा र सुबिधा अनुरुप विभिन्न समयमा यस्को फरकफरक ब्याख्या भै रह्यो । गरिव, मजदुर र किसानहरुको भोक । युवाहरुको रोजगारी, आम–जनताका लागि शुलभ शिक्षा तथा स्वस्थ्य प्रणालीको उचित प्रवन्ध, कहिले पनि हाम्रो राष्ट्रवादको परिभाषा र प्राथमिकताभित्र अट्न सकेन । 
स्वतन्त्र न्याय प्रणाली  र जन अधिकारको सुनिश्चितता, राज्य संयन्त्रहरुको स्वतन्त्र परिचालन, सुशासन र भ्रस्टाचारको नियन्त्रण, जनपिडाको समअनुभुति, उनीहरुको चिन्ता र उनीहरुप्रतिको माया कहिल्यै कसैको रास्ट्रवादको प्राथमिकता र परिभाषा भित्र पर्न सकेन । हाम्रो राष्ट्रबाद देशका जनता प्रतिको माया कहिल्यै हुन सकेन । यो फगत सत्ता र शक्ति प्राप्तिको नारा भई दियो । अनि त्यसैको वरिपरि घुम्ने ठुलो भिड बनिदियो । यहि सत्ता र ब्यक्ति केन्द्रित राष्ट्रवादको निरन्तरताले आम नेपालीको मन भित्र रहेको लोकतान्त्रिकताको चरणबद्ध रूपमा हत्या गरिदिई सकेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार