सुनसान सडक...आकाशमा कालो बादल मडारिन थालेको छ ....हावाहुरि तेज संग चल्दै छ ...थाहा छैन यो कालो बादल र हावाहुरी कयौं घरका छाना एकसाथ उडाउने होडबाजीमा नटुङ्गिदो यात्रामा दौडदै छन ...? यस्तै तुफान मेरो मनमा पनि चलिरहेछ, निरन्तर तिब्र गतिमा, फरक यत्ति छ कि बाहिरि तुफान सबैले देखिरहेका छन भने, म भित्रको तुफानले उडाएर कहा पुर्याउछ र यो कहा गएर बिश्राम लिन्छ, स्वयं मलाईनै थाहा छैन l
म अर्थात सदिक्षा गौतम ,बर्ष २३ l सानै उमेर देखि मलाई अरु भन्दा भिन्दै केहि गर्ने भुत सवार थियो l दिदि बैनि ले कुचो समात्दा म भने लुकिलुकी ममिको शिलाई मेशिनमा धागो छिराई रहेको हुन्थे l मेरि हजुर आमा अलि बढि बिरामी भै रहने ,उहां सधैं भन्नु हुन्थ्यो कि साच्चै बांच्ने हो भने परिवारको एक जनालाई मेडिकल फिल्डमा पढाउनु पर्छ l पढाईको शिलशिलामा एस एल सी पछी मैले मेडिकल फिल्ड रोजें, पढाई पुरा भयो तर मनको बेचैनी अझै बढ्दै गयो l यो छट्पटिको अर्थ बुझ्न सकिन, यस्तै छटपटाहटको बिचमा दिदिको माध्यम बाट नमुना कलेज काठमाण्डौ को फेशन डिजाइनिङ कोर्सको बिज्ञापनमा नजर गयो l गएर फर्म भरे ,नाम त निस्कियो तर घरमा कसरी भन्ने ? मध्यम बर्गिय परिवार त्यसमा पनी एउटा फिल्डमा पढाई सकेर जागिर खानको लागि तयार भएको म फेरि अर्को क्षेत्रमा पढ्न जान्छु भन्दा घर परिवार र ईष्टमित्रमा खैलाबैला मच्चियो l बल्ल तल्ल ममिबाबालाई मनाउन सफल भए र बिरानो शहर काठमाण्डौको यात्रामा लम्किए l
काठमाण्डौको बसाई ,महङ्गो कलेज फी ,घरभाडा आदि धानेर ४ बर्षको ब्याच्लर ईन फेशन डिजाईनिङ्ग कोर्ष पुरा गर्न झण्डै झण्डै हम्मे हम्मे भयो l पढाई पुरा भयो ग्राजुयएशन पछी साथि बिच छलफल भयो ,धेरैको आवाज एकै स्वरमा आयो कि नेपालमा बसेर केही हुदैन... केही गर्नु छ भने बिदेश जानु पर्छ l तर मेरो मनले मानेन l परिवारको योगदान र मेरो मेहनत सबै बिदेशमा
पसिना बगाउने भए यो सब किन गर्नु ?? म त आफ्नै देशमा केहि गर्छु बिदेश जान्न ,भन्दै साथिभाईको हुल बाट बिदेश नजानेमा लगभग एक्लै त्यहा बाट लुरुक्क निस्किए...!!! एकजना अग्रजले बिदेशमा राम्रो मुभिमा फेशन डिजाईनरको काम पनी अफर गर्नु भएको थियो l तर मनले मातृभुमी छोड्न मानेन ,अन्तत: कुम्लो कुटुरो बोकेर घर तिर लागें l मेरो घर चितवन ,नेपालमा चितवन लाई ७८औं जिल्ला पनि भनिन्छ l मैले कहीं कतै सुन्ने गर्थे, चितवनका महिला हरेक क्षेत्रमा पहिला l चितवनकि छोरि म पनि यसैलाई आफ्नो कर्म क्षेत्र बनाउछु भन्दै मन्मा दॄढ बिश्वास बनाए l वर्तमान अवस्थामा नेपालका महान ब्यबसायीक हस्ति हरुलाई त टिक्न गारो परिरहेको बेलामा महिला ब्यबसायीको उपस्थिती अत्यन्तै न्युन छ l र भएका महिला ब्यबसायी हरुपनि आफुलाई टिकाउन बढो संघर्ष गरिरहेका छन l नेपालमा अन्य देशको तुलनामा फेशनलाई यसैपनि डाक्टर ,ईञिनियर या अन्य पेशा जस्तो गरी महत्व वा ईज्जत दिएको देखिएको छैन l यस्तैमा चितवनको एउटा फेशन कलेजमा टिचिङको काम शुरु गरें र बिस्तारै आफ्नो ब्यबसाय शुरु गर्नको लागी कोठा खोज्दै हिड्न काम नियमीत जस्तै भयो l कतै नयां सटर देख्यो कि घरबेटि खोज्दै 2,4 दिन लाग्थ्यो l बल्ल घरबेटि भेट्यो उहाकै ब्यथा ठुलो l महङ्गाईमा रिन गरेर बनाएको घर भन्दै ५ देखि १५ लाख सम्म एडभान्स मागेको पाए l पुरानो सटर कुरा गर्यो घरबेटिको डिपोजिट ,कोठाभाडा त जायजै होला l तर जिवनमा कहिल्यै नसुनेको सलामी रे... ? ? हामिले सलामी त सानोमा बाबाको हात समाइदै कुनै बिशेष अवसरमा टुडिखेलमा आर्मि र प्रहरिले दिएको मात्रै थाहा थियो l भाडामा कोठा खोज्दा पनी सलामी रे ? म कुन देशमा छु ? कहां छ यस्तो कानुन ? अन्धाधुन्ध केही थाहा छैन ..!
बाबाको घर जग्गा धितो राखेर २५/३० लाख रुपैया ऋण लियर ब्यबसाय गर्ने सोच बनाएको मैले राजा महाराजा लाई जस्तो यत्रो पैशाको महङगो सलामि कताबाट दिनु ? यस्तै समस्याको बिचमा स्टिचिङ्ग ल्याब सहितको कोठा भाडामा लिने ६ महिना बर्ष दिनको घरभाड एडभान्स दिने सहमतिको साथ बुटिक संचालन गर्ने निर्णय गरियो l ब्यबसाय शुरु गर्दाको झन्झटिलो प्रकृया लाई पनी रमाईलो मान्दै अन्तत प्रकृतिकको बरदान छोरी मान्छे, बिहे गरेर घरजम गरेर बसे हुन्थ्यो भन्ने परिवार र समाजका अनेकन ताना लाई कहिले सुन्दै र कहिले नसुनेको जस्तै गर्दै आफ्नो रुचिको ब्यबसाय शुरु गरियो l फेशन संग रिलेटेड यो ब्यबसाय, बल्लतल्ल ग्राहकको उपस्थिती, शुरुवाती चरणमा केही समस्या भएपनी आउनु भएका ग्राहकको हौशला र सन्तुष्टि को साथै सानै उमेरको छोरिले गरेको ब्यबसाय भन्दै गर्नु भएको राम्रो प्रोत्साहनले मेरो हौशला र मेरो ब्यबसाय दुबै बिस्तारै गती लिने तरखरमा थियो ...!!!!
तर फेरी अचानक आकाशमा कोभिड १९ अर्थात कोरोना नामको कालो बादल मडारियो l यो कालो बादल म र म जस्ता सानै उमेरमा आफ्नो देशमा केहि गरौ र आफुजस्तै थोरै चेलिलाई स्वरोजगार प्रदान गरौ र अर्काको देशमा श्रम गरेर कमाउने पैशाको एक चौथाई मात्रै आफ्नो भुमिमा कमाउदा सन्तुष्टिको शास फेरुला भनेर संचालन गरेको ब्यबसाय महिनौ देखि बन्द छ l यसको मर्का ममा आश्रित हुने अन्य चेली लाई पनि परेको छ l अब न मैले बैकको सावा ब्याज चुक्ता गर्ने सामर्थ्य छ ,न अन्य नियमित कार्य गर्ने l अझ बन्द ब्यबशायको महङ्गो घरभाड सम्झियो भने त चक्कर लागेर आउछ l सुन्दा सामान्य लाग्ने मेरो ब्यथा त्यतिबेला अझै बढछ जतिबेला मेरो कानमा आफन्त हरुको गाईगुई आवाज पर्न जान्छ , यत्रो पडेर मेशिन चलाउने भए पढाईको के काम ? छोरी मान्छे भएर बिहे गरेर खुरुक्क घरजम गरेर बुडाको कमाई खाएर आनन्दले बसेको भए आज यो तनाव हुन्थ्यो र ? यो तिमी आफैंले निम्त्याएको समस्या हो l पडेलेखेर के के न गर्ली भनेको त शिलाई मेशिनै चलाउने भए किन खर्च गरेर पड्नु पर्थ्यो र ? मलाई थाहा छ यो म आफैले निम्ताएको तनाव हो l तर छोरी मान्छेले केहि गर्न किन नहुने ? किन मैले ब्यबसाय गरेर सक्षम भएर मेरो बाबुआमा र परिवारको जिम्मेवारि लिन नहुने ? हामि २१औ शताब्दिका मानिस समानता समानता भनिरहदा मैले बिहे पछि मेरो श्रिमानलाई एउटा शुरक्षित जिन्दगि दिनको लागी आज मेहनत गरेर सक्षम बन्न किन नहुने ? यो त भयो समाजिक समस्या..!
समस्याको शिलशिला यहि अन्त्य कहा हुन्छ र ? नेपाल सरकारले हालै यही महिनाको २५ गते भित्र कर तिर्ने उर्दि जारी गरेको थियो l ब्यापक जन बिरोध पछी यो समय सारेर असार पहिलो हप्ता सम्म पुर्याएको छ l भर्खै शुरुगरेको ब्यबसाय, त्यसमा पनी बन्द भएको महिनौ दिन हुदा कहा बाट ल्याएर कर तिर्ने ?? सरकारले भनेकै मान्ने हो भने पनि सापटि लिएर कर तिर्नु भन्या छ भन्दै धेरै संग सापटि मागे, तर सबैको हालत लगभग उस्तै छ l कोरोनाको कारण मेरा नेपाली दाजुभाई दिदीबहिनी क्वारेन्टाईनको बेन्चिमा सुतेर एउटै चर्पि घण्टौ पर्खेर सयौंले प्रयोग गरिरहदा १०औ अर्ब खर्च भयो भन्ने मेरो सरकार ,लौन तिमि सङ्ग अरबौं भ्रष्टाचार गरेको पैसा छ भने तिमिलाई कर तिर्नको लागी मलाई सापटि देउ न, म सकेको बेला सत्य सत्य कस्सम फिर्ता गर्नेछु l मलाई तिमीलाई जस्तो झुट बोल्न आउदैन l हैन भने म र मजस्ता छोरिहरु जसले यही समाजमा केहिगरौ भन्ने हेतुले भर्खर पाईला उचाल्न खोजेका छौं ..
हामिले त फुल्न नपाउदै ओईलिएर झर्नु पर्ने भयो..!
ऋणको ब्याज घरभाडा र कर तिर्न नसकेर कस्सिएर मर्नु पर्ने भयो..!!
त्यसैले सरकार तिमि कहिं कतै जिउदै छौ भने ...
सरकार तिमि कहिं कतै जिउदै छौ भने ...,
हामि जस्ता चेलिको लागि पनि केहिन केहि त गर्नु पर्ने भयो..!!!
नत्र हामिले निस्सासियर मर्नु पर्ने भयो..???
(कुमुदा द क्राफ्टि बुटिक, चितवन नारायणघढ)
१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...
१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...
१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...
१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...
१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...
१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...
१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...
१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...
१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा लक्ष्मी गुरुङलाई...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
११ चैत, हेटौंडा। हेटौंडाबाट काठमाडाैँ तर्फ जादै गरेको बस मकवानपुरको बकैया ११ मा दुर्घटनामा परेको छ। आइतबार...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
४ चैत, हेटौंडा । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-५...
१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी –७ रमौली बांगेटोल...
२ चैत, हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ...
३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४...