भीमसेन पौडेल
१६ साउन, हेटौडा । सरकारले चुरे क्षेत्रलाई वातावरण संरक्षण ऐन २०५३ बमोजिम वातावरण क्षेत्र घोषणा गरेकोमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले विरोध गरेको जनाएको छ ।
वन ऐन २०४९ को उल्लघन हुने गरी सरकारले संचालन गरेको राष्ट्रपति चुरे मधेश तराई संरक्षण विकास समिति गठन बारेमा महासंघले शुरु देखिनै विरोध गर्दै आएको छ । स्थानीय उपभोक्ताहरुले परापूर्वकाल देखि नै संरक्षण र उपभोग गर्दै आएको वनलाई राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिले २० वर्षे गुरुयोजना बनाई स्वीकृतीको लागि वन तथा भू– संरक्षण मन्त्रालयमा पेश गरेको छ । महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतानद्वारा वितरित प्रेस विज्ञप्तिमा तत्काल उक्त गुरुयोजना खारेज नगरे कडा आन्दोलनमा उत्रने जनाईएको छ ।
स्थानीय उपभोक्ताहरुले आफूहरुलाई आवश्यक पर्ने काठ, दाउरा परापूर्व काल देखिनै उपभोग गर्दै आएको र सो गुरुगोजना तयार गर्दा उपभोक्ताहरु सँग सरसल्लाह नै नगरी एकतर्फी रुपमा गरि सरकारले गैर जिम्मेवारी चरित्र देखाएको आरोप लगाईएको छ । गुरुयोजनाले चुरे क्षेत्रमा पर्ने वनबाट २० वर्ष सम्म कुनै पनि प्रकारको वनपैदावार प्रयोग गर्नमा रोक लगाईएकाले जल, जंगल, जनावर, जडीबुटी, जराजुरी लगायतमा स्थानीय जनताहरको अधिकार माथि ठाडो हस्तक्षेप गरेको बताईएको छ ।
वनमाफियाहरुको मिलेमतोमा सरकारले २० वर्षे गुरुयोजना बनाएको आरोप लगाउदै महासंघले सामुदायिक वन समूहहरुको अधिकारलाई गुरुयोजनाले हस्तक्षेप गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...
५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १को विकट मानिएको घ्याङ्सिङटार जोड्ने...
५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...
५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र...
५ जेठ, हेटौंडा। मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...
५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस भएका...
४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...