Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

बिश्वमानव बेच बिखन तथा ओसार पसारविरुद्धको दिवस र ब्लु हर्ट अभियान

20200730_074841-1596074714.jpg

अधिवक्ता कृष्ण प्रसाद भण्डारी

 

बिषय प्रबेशःआज विश्व अनेकौ समस्याबाट आक्रान्त छ । विश्व जतिजति विकसित हुदै गएको छ त्यतिनै समस्याहरु पनि थपिदै जाने क्रम चलिरहेको छ । हिजोे र आजै बीचपनि विश्वमा धेरै अन्तरहरु देखिने गर्छन । भनिन्छ हिजो शक्तिको राज्य थियो, आज कानूनी राज्य छ । हिजो मानिसहरुको पनि बस्तु जस्तै खरिद विक्री हुन्थ्यो ।त्यस्तो मान्छेको कुनै अधिकार र अस्तित्व हुँदैनथ्यो । उ दास वा कमारा कमारी हुन्थ्यो ।कमारा कमारीलाई पशुतुल्य व्यवहार गरिन्थो । भनिन्छ समय परिवर्तनशील हुन्छ । समयको गति संगै हिजोको समाज, परम्परा र प्रथा आज पर्यन्त उस्तै रहेनन् । सवै मानिसहरुको अस्तित्व समान मानिन थालियो । मानव हुनुको नाताले सवैले समान अधिकार पाउने अवधारणाको विकास भयो । यस्तो अवधारणागत चिन्तनलाई मानवाधिकार भन्न थालियो । यद्यपि अहिलेको आधुनिक विश्वमा पनि प्राचीन दासत्वको अवशेषको रुपमा विभिन्न प्रकृतिका विसंगतिसमस्याको रुपमा देखिइनै रहेका छन् । यी विसंगतिहरु मध्ये मानव बेच बिखन र ओसार पसार सम्बन्धी आधुनिक दासत्वको समस्या विश्वव्यापि रुपमा आज पनि रही आएको पाइन्छ ।

मानव बेच विखन भनेको के हो ?
सामान्य अर्थमा कुनै मानिसलाई कसैले रकम लिइ बेच्ने र अर्को ब्यक्तिले रकम तिरी खरिद गर्ने कार्य गरेमा त्यस्तो कामलाई मानव बेच बिखन भन्न सकिन्छ । मानव बेच विखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ अनुसार मानव बेच विखन भन्नाले निम्न कुरा भएको हुनु पर्छ 
 उद्देश्य जे सुकै भएपनि मानिस बेच्ने वा किन्ने काम,
 फाइदा लिई वा नलिई जुनसुकै किसिमले बेश्याबृत्तिमा लगाउने काम,
 कानून बमोजिम बाहेक गैर कानूनी तरिकाले मानिसको अंग झिक्ने काम, 
 बेश्यागमन,
मानव ओसार पसारको भनेको कस्तो अवस्था हो?
मानव बेच विखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कसैले कुनै मानिसलाई निम्न बमोजिमका क्रियाकलापहरु गरे भएको अवस्था मानव ओसार पसार भएको अवस्था हो 
बेश्याबृत्तिमा लगाउने वा शोषण गर्ने,
कुनै प्रकारले ललाइ फकाई गर्ने, 
प्रलोभनमा पार्ने, 
झुक्याउने,जालसाजी गर्ने,
प्रपञ्च मिलाउने,
जवर्जस्ती गर्ने, 
करकापमा पार्ने, 
अपहरण गर्ने,
शरीर बन्धक बनाउने,
नाजाय स्थितिको फाइदा लिने,
बेहोस पार्ने,
पद वा शक्तिको दुरुपयोग गरी अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी डर, त्रास,धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसीरहेको घर, स्थान वा व्यक्तिवाट छुटाई लाने, वा 
आफूसंग राख्ने वाआफ्नो नियन्त्रणमा लिने वा
कुनै स्थानमा राख्ने वा 
नेपाल भित्रको एक ठाउबाट अर्को ठाउमा लैजाने वा
विदेशमा लै्रैजाने वा 
अरु कसैलाई दिने कार्य भन्ने बुझनु पर्दछ ।
के प्रयोजनका लागि मानव ओसार पसारको कार्य हुन सक्छन् ?
देहायका प्रयोजनको लागि मानव तस्करहरुले मानवको ओसार पसार गर्छन ।
यौन व्यापार, यौन शोषण 
बलपूर्वक श्रम 
बाध्यतापूर्वक दास 
जवर्जस्ती बिवाह 
ऋण दास वा बाँधा 
मागन्ते, भिखारी
बालबालिका बेचबिखन
मानव अंग झिक्न 
मानव तस्करहरुले मानव ओसार पसार कहाँ गर्छन ?
स्वदेश भित्रै एक ठाउबाट अर्को ठाउमा,
अन्य मुलुक (बिदेश) मा,

मानव तस्करको चंगुलमा परेका पीडितहरुको अवस्था कस्तो हुन सक्छ ?
यस्ता व्यक्तिहरुलाई बल पूर्वक बेश्याबृत्ति लगायत अन्य ज्यादै निकृष्ट र कष्टपूर्ण काममा लगाइन्छ । काम गरेबापत पारिश्रमिक नदिइने,उनीहरुसंग भएको कागजपत्र खोसिने र पहिचान विनाको वनाउने काम समेत हुन्छन् ।कुनै उपायले भागेमा मारिदिने सम्मको डरत्रासर धम्की पनि दिने गरिन्छ । यसरी ओसार पसारको शिकार भएका पीडित मानिसहरुलाई कुनै प्रकारको सहायता पाउन नसक्ने, भाषा नजान्ने मुलुकमा पुरयाइन्छ । यस्ता व्यक्तिहरु कतिपयले कहिल्यै आफनो परिवार भेटन नपाई अन्ततःत्यही मर्न विवश र बाध्य समेत तुल्याइन्छ ।
बिश्व मानव बेच विखन बिरुद्धको दिवस 
संयुक्त राष्ट्र संघले प्रत्येक बर्ष जुलाई ३० लाई बिश्व मानव ओसार पसार विरुद्धको दिवसको रुपमा मनाउने गरेको छ । मानव ओसार पसार विश्व व्यापी समस्या हो । यसको समाधानको लागि विश्वव्यापी रुपमै कार्यगर्नु जरुरी छ ।यो समस्याबाट जोगिनको लागि सं.रा.संघले सचेतना अभिबृद्धिमा जोड दिनुका साथै मानव ओसार पसारबाट सरंक्षण गर्ने, निगरानी गर्न प्रोत्साहित गर्ने, त्यस्ता गिरोहमा संलग्न व्यक्तिलाई कानून बमोजिम सजाय दिलाउन र विश्वभरीनै पीडितलाई संरक्षण गर्ने कार्यक्रम अघि सारेको छ । यो दिवस मनाउदै गर्दा बेचखिनमा परेका पीडितहरुको मुक्तिका लागि पनि विश्व समुदायले उत्तिकै सक्रियता र चासोका साथ कार्यक्रमहरु अगाडि ल्याउनु जरुरी छ ।
किनकि समस्या दिनानु दिन बढदो छ । प्रत्येक बर्ष बिश्वमा मानव ओसार पसार गर्ने मानव तस्करहरुको जालमा हजारांको संख्यामा पुरुष,महिला तथा बालबालिका पर्ने गरेका छन् । एकातर्फ यी गिरोहहरुले राम्रो आम्दानी हुने काममा लगाई दिने, जीवनस्तर राम्रो वनाइदिने जस्ता विभिन्न बहानामा विश्वासमा पारेर वा दवाव दिएर वा अपहरण गरेर गरिव परिवारलाई बच्चा बेच्न विवश पारी सोझा सीधा मानिस बेचविखनमा पर्ने गर्छन् । परिणामतः उनीहरुले आफ्नो पहिचान र अधिकार गुमाउन पुग्छन् र उनीहरु दुरुपयोगमा तथा दुव्र्यसनमा प्रयुक्त हुन पुग्छन । अर्कातर्फ यस्ता मानव ओसार पसार र बेचबिखनमा संलग्न गिरोहको निमित्त नाफा कमाउने प्रयोजनार्थ मानव बेचबिखन र ओसार पसारको काम लागु औषध र हातहतियारको कारोवार भन्दा भिन्नहुँदैन । तसर्थ ती उत्तकै सक्रिय रहेका भान हुन्छ ।
राष्ट्रिय मानव ओसार पसार सचेतना दिवस
यो दिवस सन् २०११ देखि प्रारम्भ भएको हो । जनवरी ११ मा अमेरिकी राष्ट्रपति ओवामाले राष्ट्रिय दासत्व र मानव ओसार पसार संरक्षणको लागि घोषणा गरेका थिए । सो घोषणा भएको बार्षिक दिनलाई राष्ट्रिय मानव ओसार पसार सचेतना दिवसको रुपमा प्रत्येक बर्ष जनवरी ११ मा मनाइदै आएको देखिन्छ । बिशेषत सचेतना कार्यक्रम ग्रासरुट स्तरमा सञ्चालन गरिनु पर्ने हुँदा यस्ता क्रियाकलापका लागि स्थानीय सरकारलाई सक्रिय रुपमा परिचालन गर्न सक्नु पर्दछ । ग्रामीण जनसमुदाय चनाखो र सचेत हुन नसक्दा सम्म मानव बेच बिखन र ओसार पसार रोगको रुपमा रही रहन्छ ।
यो कार्यक्रममानव ओसार पसार विरुद्धको अभियानको अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई विशेष ध्यान दिने, मानिसहरुको पहिचान गर्ने,सहयोग गर्ने, परामर्श दिने, न्याय इन्साफ खोज्ने, अन्याय विरुद्ध चुनौती दिने आदि बिषयहरु समेटिएका  छन् ।

ब्लू हर्ट अभियान
ब्लू हर्टमानव ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय प्रतीक चिन्ह हो ।ब्लू हर्ट अभियानले मानव ओसार पसार विरुद्ध एक्यबद्धता दर्शाउछ । ब्लु हर्टले जो ओसार पसारमा परेका छन् तिनको पीडा र आफूजस्तै मानवजातिको खरिद विक्रीगर्ने हृदयबिहीनता (संबेदनहीनता) स्मरण गराउने विषयको प्रतिनिधित्व गर्छ । ब्लू हर्ट अभियान विश्वव्यापी रुपमा मानव ओसार पसार विरुद्ध लडने र यसबाट समाजमा परेको प्रभावबारे सचेतना अभिबृद्धि गराउने अभियान हो । यो अभियानले  सरकार, नागरिक समाज, कर्पाेरेट क्षेत्र, व्यक्ति बिशेष सवै क्षेत्रका मानीसलाईमानव ओसार पसार विरुद्ध लडन उत्पे्ररित गर्ने गर्दछ ।
नेपालमा मानव बेच बिखन र ओसार पसारको अवस्था
नेपालमा मानव बेच बिखन तथा ओसार पसार मुलुक भित्रर मुलक बाहिरसमेत हुने गरेको कहाली लाग्दो दृश्य देखिन्छ । मुलुक भित्रको हकमा गाउँका युवती र महिलाहरुलाई गाउँबाट शहरमा यौन शोषणको लागि ल्याउने गरिएको भेटिएको छ । यस्ता युवति र महिलाहरु क्याविन तथा डान्स रेष्टुरेण्ट, मसाज पार्लरमा संलग्न भएका भेटिन्छन । त्यस्तै मुलुक बाहिर प्रत्येक बर्ष ५देखि १० हजार युवतीभारतमा पु¥याइन्छन् । हालको अनुमानमा १ देखि २ लाखको संख्यामा नेपाली महिला तथा युवतीहरु भारतमापु¥याइएका छन् । भारत बाहेकका अन्य मुलुकहरु साउदी अरेबिया, हङ्गकङ्ग, मलेशिया, रसिया, संयुक्त अरव इमिरेट्स र अन्य खाडी मुलुकहरुमा पनि ओसार पसार गरिएका छन् । ती मुलुकहरुमा पु¥याइएकाहरु यौन व्यवसाय तथा घरेलु दासको रुपमाप्रयोग भएका भनिन्छ ।
नेपालमामानव बेच बिखन तथा ओसार पसार हुनुको मुल कारणमा घरेलु तथा लैङ्गिक हिंसा, बेरोजगारी, सामाजिक बहिस्करण, गरिवी, भ्रष्टाचार, द्वन्द, गलत सास्कृतिक तथा धार्मिक अभ्यास, प्राकृतिक विपद,जनचेतनाको अभाव आदि मानिएका छन् । रोजगारी  अन्य कुरा संग पनि गासिएको बिषय हो । मुलुकमा रोजगारी सृजना गरी मुलुकमानै आर्थिक गतिबिधि बढाउन सकियो भने यी समस्याका अतिरिक्त गरिवी न्यूनीकरणको समस्या समेतलाई सम्बोधन गर्न सकिन्छ । तसर्थ यी मानव बेच बिखन तथा ओसार पसारका कारकहरुलाई समयमै समुचित सम्बोधन गर्नु राज्यको दायित्व हुनाले यसमा राज्य दृृढ संकल्पित भएर लाग्नु पर्दछ । 
नेपालमा मानव बेच बिखन तथा ओसार पसारगर्ने कार्य नियन्त्रण गर्नमानव बेच विखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ तर्जुमा गरी लागू गरिएको छ । यो ऐन बमोजिम कसूरदारलाई कसूर अनुसार बढीमा २० बर्ष कैद र दुईलाख रुपैया सम्म जरिवाना हुन सक्ने प्राबधान समेत रहेको छ । यो दण्डात्मक प्राबाधानले निषेधलाई मुखरित गर्ने र सुधारात्मक पद्धतिलेआमूल परिवर्तन गर्न सकिन्छ । तसर्थ मानव बेच बिखन तथा ओसार पसारको कारणलाईनै सम्बोधन गर्न सकिएमा त्यसको प्रतिफल राम्रो आउने हुनाले पहिचान भएका कारकहरुको यथासमयमानै सम्बोधन गर्ने तर्फ राज्यले कदम चाल्नु पर्दछ । समयमै सम्बोधन गरिएन भने हामीले यो समस्याबाट पार पाउन कठीन हुनेछ ।
र अन्तमा,अन्तर्राष्ट्रिय मानव ओसार पसार विरुद्धको दिवसमनाउने क्रममा ओसार पसारमा परेका ब्यक्तिको पीडा अनुभूत गर्दे आफ्नै मानवजातिको खरिद विक्रीमा संलग्न संबेदनहीन मानवमात्रको कलंकलाई घृणाले स्मरण गरौं ।

(सन्दर्भः विश्व मानव बेच बिखन तथा ओसार पसार विरुद्धको दिवस जुलाई ३०,२०२०)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

एसईई दिने विद्यार्थीलाई गाउँपालिकाको खाद्यान्न सहयोग
df-1711587678.jpg

१५ चैत, राक्सिराङ । गाउँपालिकाको विभिन्न विकट क्षेत्रबाट माध्यामिक शिक्षा परीक्ष (एसईई) मा सहभागी हुन परीक्षा...

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने
Nagarik-unmukti-parti-Log-1711537636.jpg

१४ चैत, कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ...

थप समाचार