Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

दलीय एकताको खाँचो

Aalok-Dulal-1497420578.jpg

आलोक दुलाल

२० बर्षपछि भर्खरै मात्र स्थानिय तहमा गरेको यो निर्बाचनको दोस्रो चरण बाँकी नै छ । चार क्षेत्रमा चुनाव बाँकी नै रहँदा केही भन्नू हावादारी हुनसक्छ। तर पनि के हो भने नेपाल को ६/७ दशक राजनैतिक अभ्यास र जनयुद्ध गरेका तथा मधेस आन्दोलनका नाउमा गठन भएका पार्टीहरुको अहिले असली पहिचान पाउँन ठ्याक्कै गाह्रो देखिन्छ ।

यी मध्ये बामपन्थी या दक्षीण पन्थी कुनै पनि पार्टीको चरित्र र व्यवहार बिल्कुलै मेल नखाको प्रष्ट भएको छ ।  नेपाली कांग्रेस र माओबादी या एमाले र राप्रपाबीचको ताममेलले उनहरुको बैचारिक धरातलमा ठूलै प्रश्न खडा गरेको छ । भिन्न कालखन्डमा नेपालका राजनैतिक दलहरु सरकारका लागि आफ्नो बैचारिक आस्थालाई तिलाञ्जली दिन पछि पर्दैनन । उनीहरु सत्ता प्राप्तिका लागि जहिले पनि आफ्नो अडानबाट ‘यु टर्न’ हुन सक्छन् भन्ने अब लुकाउनुपर्ने विषय रहेन । तर देशको राजनैतिक तरलतालाई ध्यानमा दिएर देशहरुबीच समन्वय र गठबन्धन हुनु जरुरी त छ तर आफ्नो राजनैतिक धरातल जोगाउनु पनि उत्तिकै आवश्यक छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्दै २०७४ माघभीत्र प्रदेश र संघिय चुनाव हाम्रो सामु बाँकी रहेको अवस्थामा राजनैतिक धु्रविकरणको मोडमा रहेको देखिन्छ । तर यसलाई मिलाउन दलहरुले पार्टीभन्दा माथि उठेर ठोस निर्णय गर्नु आवश्यक छ न कि सत्ताका लागि मिल्ने तर देश समस्यामा पर्दा विभाजन होइन । अहिले देशमा देखिएको आन्तरिक समस्या मिलाउँदै जानुपर्ने देखिन्छ । यसका लागि संविधान संशोधन गर्नै परेपनि सबै दलले मध्यविन्दु पहिल्याएर संशोधन गरी मधेशमा आन्दोलनरत पक्षलाई समेत मिलाएर अघि बढ्नु बुद्धिमानी देखिन्छ । संविधान संशोधनकै विषयमा अलमलिंदा रात रहे अग्राख पलाउँछ भन्ने उखान सम्झदै यसलाई बेलैमा सम्बोधनको खाँचोतर्फ दलहरुले ध्यान दिनु आवश्यक हुन्छ ।

दलहरुले अहिले बुझ्नुपर्ने मूल विषय के हो भने सत्ताका लागि मात्रै मिल्ने भन्दा पनि देशको हित र प्राप्त उपलव्धीलाई संस्थागत गर्न चाँही दलहरुबीच समान धारणा आवश्यक छ । २००७ सालदेखि लोकतन्त्रका लागि सधैं लडिरहेका नेपाली जनताको पक्षमा दृढ संकल्पका साथ जुट्नु दलहरुको दायित्व हो । त्यसैले इतिहासमा गरेका गल्तिबाट पाठ सिक्दै सबैले आफ्नो दलिय स्वार्थलाई त्यागेर केही लचक हुँदै राष्ट्रिय हित र स्वार्थलाई ध्यान दिन सक्ने नेतृत्व अहिलेको खाँचो हो । यसतर्फ उनीहरुको आँखा खुल्नु आवश्यक छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार