Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

११ न्यायाधीशद्वारा शपथ

Sapath-1470044741.jpg


१७ साउन, काठमाडौं । सर्वोच्च अदालतमा नवनियुक्त ११ जना न्यायाधीशले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा  सोमबार उनीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति बिद्या भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा, डा. आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधानलाई  शपथग्रहण गराएकी छन् । न्यायपरिषद्ले गत फागुन १८ गते सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको ११ जनाको नाम संसदीय सुनुवाई विशेष समितिले आइतबार सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपति भण्डारीले सोमबार नियुक्त गरेकी हुन् । सर्वोच्चमा न्यायाधीशको संख्या तीन महिलासहित २० पुगेको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर  पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, संवैधानिक अङ्गका प्रमुखहरु, मुख्यसचिव डा. सोमलाल सुवेदी, महान्यायाधिवक्ता हरि फुयाँल, सर्वोच्च अदालतका न्यायाधीशहरु, पुनरावेदन अदालतका न्यायाधीशहरु, नेपाल सरकारका सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार